नव-वर्ष २०६८मङ्गलमय बनोस् ।
नव-वर्ष २०६८मङ्गलमय बनोस् । हाम्रो देश नेपालमा ००७ साल , १७ साल , ३६ साल , ४६/४७ साल , ०६२/०६३ सालमा ठूला-ठूला उलठ-पुलठ भए । नयाँ युग आउन सकेन । गरिब जनता गरिबका गरिब रहे । धनी झन-झन धनी बने । प्रजातन्त्र दिवस , लोकतन्त्र दिवस , गणतन्त्र दिवस मनाइनै रहे । अबको नयाँ संबिधान बनेपछि संविधान दिवस एउटा थपिनेछ । अहिलेसम्म जति पनि यी दिवसहरु आए वर्षभरिमा एकदिन सम्झना गर्नेमा मात्रै सिमित रहे । शहीदहरुका सपना जिउँ का तिउँ रहे । कागजमा त सबै राम्रा-राम्रा जनतालाई राहत दिने कुराहरु आए तर व्यवहारमा आएन । जनताको मनमा अटाउने संबिधान बनोस् अनि मात्रै एकदिन दिवस मनाउने बेलामात्रै चर्चा-परिचर्चा गर्ने होइन कि सधैंभरि लागू भइरहनेछ । नयाँ-वर्षले पनि यस्तै गरेर नेपाली जनतालाई व्यवहारमै राहत देओस् यही अपेक्षा गरेका छन् आम नेपाली जनताले । हरेक साल नयाँ-वर्ष आउँछ , नयाँ पात्रो आउँछ , नयाँ क्यालेण्डर आउँछ । बिक्रम संबतमा नयाँ एउटा अङ्क थपिन्छ । हामी अझ परिपक्व हुँदै जान्छौं । नयाँ वर्षको शुभ-कामना आदान-प्रदान हुन्छ । पहिलेको वर्षमा गरिएका भूलहरु नदोहोर्याउने प्रण गरिन्छ । पुरानो वर्षमा गरि...