शब्दहरूलाई यसरी शुद्ध लेखौँ
यी शब्दहरूलाई यसरी शुद्ध लेखौँ बिकास : विकास बिस्नु : विष्णु बाग्लुङ : बागलुङ् बिषय: विषय कालोपाटि: कालोपाटी हरु : हरू कालोपाटी तिरै : कालोपाटीतिरै सुझाय : सुझाए बिज्ञान : विज्ञान पत्रीका : पत्रिका राखें : राखेँ सम्बत : सम्बत् मिती : मिति ------------------------------ ------- हुन त - हुनत अरु - अरू हरु - हरू उपाधी - उपाधि कहिल्यै उधारोमा पिउँदै - कहिल्यै उधारोमा पिउँदैनथ्यो तर्क थियो कि - तर्क के थियो भने ('कि' को प्रयोग हिन्दी शैलीको हो, 'भने' नेपाली हो) विहान - बिहान दुइ - दुई दिनभर (हिन्दी) - दिनभरि यौटा (कविता, छन्दमा मान्य) - एउटा उसको सामुन्ने - उसका सामुन्ने यौटी - एउटी आईमाई - आइमाई हिँडेको - हिँडेकी एकासी - एक्कासि ठूटो - ठुटो त्यो आईमाईलाई - त्यस आइमाईलाई आएको ठाउँमा - आएका ठाउँमा काटे जस्तो - काटेजस्तो पछाडी - पछाडि थाहा पाएको - थाहा पाएकी आइपुग्यौ । – आइपुग्यौ ? चीसो - चिसो धुलो - धूलो टकटकाउन - टकटक्याउन ------------------------------ -----------------------------...