कथा :– १९ दिने जनआन्दोलन नजिकबाट हेर्दा
कथा :– १९ दिने जनआन्दोलन नजिकबाट हेर्दा कथाकार :– बिजु सुवेदी “विजय” २०५२साल फागुण १ गतेदेखि राजतन्त्र अन्त्यको लागि नेकपा माओवादीले एक्लैले १० वर्षसम्म जनयुद्धबाट आन्दोलन गरेको थियो । त्यसै दौरानमा २०६३ मंसीर ७ गते दिल्लीमा नेकपा माओवादीसँग ७ दलले शान्तिपूर्ण आन्दोलन गर्ने तय गरेको थियो । सातदलले १२ बुँदे सम्झौता जुन नेकपा माओवादीसँग दिल्लीमा गरेका थिए जसमा तात्कालीन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र तात्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । यसरी शान्तिपूर्ण आन्दोलनको सुरुवात भएको थियो तर त्यसैका विरुद्धमा शाहीसत्ताले कफ्र्यु लगाउने सिलसिला सुरु गरेका थिए । आठदल मिलेर कफ्र्युको प्रतिकार गरेका हुनाले जनताले पनि विभाजित नभई कफ्र्युको अवज्ञा गरेका थिए । शाही सत्ताले आन्दोलनकारीहरुको भित्रभित्रै भिजिलान्ते प्रयोग गरी धरपकड गरी चर्को दमन गरेका थिए । प्रहरी अधिकृतको घर, सेनाहरु बस्ने घर, सरकारी अधिकृत कर्मचारीहरुको घरबाट समेत जनताहरुलाई आतङ्ककारी सफाया गर्ने निहुमा सर्बसाधारण जनताहरुलाई छानीछानी लाठी, बुटदेखि गोलीसम्म बर्साएका थिए । बास्त...