Posts

Showing posts from June, 2016

अङ्ग्रेजीमा पनि आयो "सत्य सङ्घर्षका कथाहरु" TRUE TALES OF STRUGGLE

विदेशी शुभचिन्तक साथीहरु पाठकहरुका लागि अङ्ग्रेजीमा पनि आयो लौ मेरो यो पुस्तक "सत्य सङ्घर्षका कथाहरु" TRUE TALES OF STRUGGLE https://ratnapustakinc.com/second2/fiction/anthologies-collections/romance/satya-shangharsa-ka-kathaharu.html

कथा :– बाबालाई पत्र

---------------------------------------------------------------------------------बिजु सुवेदी “विजय” बाबा तपाईं आरामै हुनुहुन्छ ? साह्रै खुसी लाग्यो । मलाई यति साह्रो तकलिफ गरेर हेरचाह गर्न फेरि आउनु भएकोमा । दुनियाँ स्वार्थी छ । तपाईंको मुसुमुसु चेहराको सम्झनाको झोँकाले तपाईं आउनु भो भन्ने थाहा पाएँ, मैले साथ पाएँ । तपाईंको दुनियाँ र मेरो दुनियाँ फरक छ । मैले तपाईंलाई भ्रूणको हत्या नगरौंबाट मेरो पहिलो सन्तानलाई भेटेसरी भेट्ने चाहना राखेको थिएँ तर त्यो बाटोमा जानु अगाडि नै तपाईं आइपुग्नु भो । यत्ति साह्रो आजसम्म पनि मलाई हेरचाह गर्नुहुन्छ । यो मैले सोचेको पनि छैन । तपाईंले सोच्नु होला मलाई कत्ति डर लाग्छ भनेर । तर होइन म कुनै पनि डर मान्दिन । बरु तपाईंको मुस्कान मलाई मनपर्छ । तपाईं अग्रज हुनुहुन्छ । तपाईंको भुसुनाको रुप देखेँ । तपाईंको बत्तीकीराको रुप देखेँ बिपनीमा भने सपनीमा लेटिएको उत्तराङ्ग सशरीर साक्षात दर्शन पाएँ । यो आजको संसारको चिढचिढापन सँग मलाई सरोकार छैन । म आज तपाईंको सामिप्यताले गर्दा धेरै नै एकाङ्कीपनबाट टाढा भएको छु । आज म तपाईंलाई धेरै सम्झिरहेको छु । तपाईं धरोहर...