कथा ः— फर्किने बाटो
कथा ः— फर्किने बाटो गाउँको पुरानो बरिपिपलको चौतारी, दिउँसोको हल्का रवि । ब्रह्मा गुरुङ काखमा किताब खोलेर बसेका छन् । दुई जना युवाहरू— अर्जुन र दीपा— उनको छेउमै आएका छन् । त्यसै बेला गाउँका चर्चित नेता नकुल सापकोटा लट्ठी ठटाउँदै चौतारी चढेर आउँछन् । चौतारीमो आरोप–प्रत्यारोप सुरु भइरहेको थियो । नकुल (छाती फुलाउँदै)ः यस्तो राजनीतिक अस्थिरता, देश बिग्रनुहुने कारण ? बाहिरका शक्तिहरू ! हामी त देशकै लागि युद्ध गरिरहेका छौँ, बुझ्नुस् न ! ब्रह्मा (शान्त स्वरमा)ः नेता साप, युद्ध त बाहिर होइन, भित्र भइरहेको छ । बाहिरका पार्टीसँग “पानी बारबार” हुनु — यही त मूल समस्या हो नि । दीपा (भित्तामा काग सुतेजस्तो गहिरो स्वर)ः हामी जनताले त भोट घरभित्र राखेर दिन्छौँ, तर तपाईँहरू निर्णय घरबाहिरको आदेश हेरेर गर्छौं जस्तो देखिन्छ । अर्जुन (खाडीबाट आएको पीडा मिसाएर)ः देशमा भित्रका समस्या छोडेर नेता नै बाहिरका पार्टी–दलसँग कहिले दिल्ली, कहिले बेइजिङ, कहिले अर्को शक्तिसँग आफ्नो स्वार्थ मिलाइरहन्छन् — म त त्यही देखेर भागेँ देशबाट । ––– त्यही बेलामा, चौतारी नजिक हावा चल्छ , पातहरु सुसाएको आवाज आउँछ । ब्रह्मा आफैँलाई...