Posts

Showing posts from April, 2022

देश बन्छ

देश बन्छ काम गरेँ सयौँ ठाउँमा दिँदैनन् स्यालरी घोटीघोटी काम गर्नुपर्छ घोडाजस्तो नत्थी बाँधिएर एक तमासले भारी बोकी सधैँ कुदिनै रहनुपर्छ खानाको ठेगान हुँदैन घाउ चोटमा मलम हुँदैन पसिना पुछ्ने फुर्सद हुँदैन ग्यान्टीसले जीउ फुलेको छ उसउस कनिरहनुपर्छ “अनलाइन भ्यानको आग्रह गर्दा मोबाइल यातायातले गन्तव्यमा पु¥याउनुपर्छ हो ! त्यस्तो हुनुपर्छ सेवा” साहु यस्तै भनी थर्काइरहन्छ गर्न पनि त्योभन्दा बढी गरेँ अलि बढी कमिन्छ कि भनेर त्यस्तै घोटिएँ जोल्टिनहरुमा पौडिएँ  जीवनस्तर उधिन्छ कि भनेर तर उध्रिँदै गयो स्यालरी दिने समयमा यो राजधानीमा साहु भन्छ “यो समाजसेवा हो पाउँदैन तिमीले धेबा यो ट्रेनिङ पिरियड हो राम्रो गरेमा टरक्की हुन्छ” यस्तै आश्वासन सबै ठाउँमा ! काम यत्ति गरियो कि फुर्सद भन्ने मेरो शब्दकोषमा थिएन ज्यान फलामको भइसक्यो तैपनि औँला दिँदा डुँडुलो निलिदिन्छ क्षमताभन्दा हदैसम्म भारी बोकिदिँदा त्यसमाथि अरु भारी थपिदिन्छ के साहु पोस्ने समाजसेवा हुन्छ ? पैसा नआउने खल्ती सुक्दैजाने भएपछि वास्तबमा अहँ ! यो पटक्कै समाजसेवा भएन कहीँ पनि राम्रो काम गराएनन् फटाहाहरुले शोषक महाजालीहरुले जानेको कामभन्दा ढ...

सपुतलाई चिनेर समर्थन गरौँ ।

 सपुतलाई चिनेर समर्थन गरौँ । ००७ सालमा बीपीको र मातृका प्रसादको कांग्रेसको गरी कांग्रेस पार्टी विभाजन । ०५९मा शेरबहादुरको र गिरिजाको गरी फेरि कांग्रेस विभाजन । ०५४मा एमाले बामदेवको गरी २ पार्टीमा विभाजन ।  नेकपा माओवादीको बाबुराम भट्टराई, मोहन वैद्य, नेत्र विक्रम चन्द विप्लव, पुष्पकमल दाहाल आदि गरी हालसम्म विभाजित अवस्थामा । फेरि एमाले एमाले र एकीकृत समाजवादी गरी २ पार्टीमा विभाजन । यस्तै अन्य थुप्रै पार्टीको पनि कहिल्यै एकीकरण कहिल्यै विभाजनको श्रृङ्खला । यसमा जनताको मत के भने “नेपाल विकास हुन हुन आँट्दा विदेशले फुटाएर राज गर्न नेताहरुलाई अकुत सम्पत्ति घुस दिन्छन् ।” हुन पनि उनीहरुको यसरी पार्टी फुट्दा जनता एकदम दुःखी हुन्छन् भने उनीहरु जनता नै इल्लीविल्ली पार्ने गरी एकदम खुसी हुन्छन् र फेरि अलिपछि पार्टी एकताको ढोँग जनतालाई देखाउँछन् । यसले गर्दा पनि विदेशी ऋणमा डुबेको हाम्रो देश झन् झन् बन्धकीमा परिरहेको छ । सरकार बनाउने विकल्प बाँकी हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीद्वारा पुस ५ र जेठ २ मा दुई पटक सरकार विघटन गरे पनि चुनावको घोषणालाई सर्वोच्चद्वारा सामान्य बहुमतको अहिलेको क...

देश नबिर्सौँ (गीत)

 देश नबिर्सौँ (गीत) देशको अस्मिता जोगाई मुहार फेर्नैंपर्छ तिमीले अहिले । स्वाभिमानलाई गिर्न नदेऊ, मुटुभरिको माया देशलाई देऊ पहिले ।। पढेलेखेका नौजवान परदेश नजाने दिन आउनैपर्छ , आफूले बनाएको नाना आफूले लाउन पाउनैपर्छ , युवा जति किन विदेशमा ? के पायो स्वदेशले !? देश बनाउन, देशैमा सबै मिलेर, देशकै सबैको छाना छाउनैपर्छ । के पाए हाम्रा जनताले ? अब विकास आउनैपर्छ , तिमीलाई पुकारेको छ , अब देश उठाउनैपर्छ , ओरालो लागिरहेको छ देश,  तिमीलाई आह्वान गरेको छ ! यसरी भट्कियौ धेरै, अब देशको गीत गाउनैपर्छ । बुढा र बच्चा मात्र भए हाम्रो देशमा, अब उन्नत पार्नैपर्छ , रगत पसिना पोख्ने विदेशमा होइन, स्वदेशमा सिँच्नैपर्छ , देशलाई खण्डहर नबनाऊ, तिम्रो अस्तित्त्वको पनि प्रश्न हो यो ! आँखा उघार, बेलैमा सोच, अब त चेत खुलाउनैपर्छ । उच्च प्रविधि स्वदेशमा पुग्न सकेन, त्यसैले त विदेशिनु हुँदैन,  देशलाई असह्य भइसक्यो, पछुताउने दिन आउन दिनु हुँदैन, देश दुखेको छ , पराकाष्ठाको सकस छ , देशको व्यथा बुझिदेऊ ! जन्मभूमिलाई अङ्कमाल गर, सपुत बन कपुत बन्नु हुँदैन ।। देशको अस्मिता जोगाई मुहार फेर्नैंपर्छ तिमीले अहि...

माझी दाइ

 माझी दाइ डुङ्गा चालक हौ तिमी ! पार लगाउने काम धेरै ग¥यौ । कसैले अपुग दिए त कसैले मनग्गे ज्याला ! आपतबाट बचाई धेरैलाई त्यत्तिक्कै पार लगायौ । गोताखोरले पार लगाउन नसक्ने, अँध्यारोलाई निभ्न नदिई, एक मुठ्ठी आँतको अदम्य आँट र साहसले, ज्यान हत्केलामा राखी, अचूक समजसेवी उपचारले, बिनाभेदभाव पार लगाउँदै गयौ । उत्कृष्टै भएता पनि, आज कसैले नमान्ने दिन आयो तिम्रो । फोहोरी राजनीति यति गरे कि, समुन्द्रको बीचमा फसेका छौ तिमी । तिम्रै कारण देशले फोहोरबाट मुक्ति पाएथे । तर आज जताततै फोहोर छ छ्यास्छ्यास्ती । कस्तो उल्टो रहेछ समाज ! कस्तो भँडुवा ! कस्तो विचलनको मापदण्ड ! यो तिम्रै कारण सावित गराइरहेछन् सबजना । अनि तिमीलाई फोहोरी चेतावनी दिँदैछन् । तिमी हारेकोमा खुसीको उन्माद छ सबमा । योभन्दा बिडम्बना अरु के होला ? हेर्दा भट्किएको सावित गराए सबले तिमीलाई । यस्तो भेल उर्लियो, यस्तो नकारात्मकता फैलियो, किनाराको अत्तोपत्तो छैन । मसीहा भन्थ्यौँ हामी तिमीलाई ! तिमी त्यस्तो छैनौ थाहा छ सबलाई । इमानदारले बोल्ने वातावरण छैन । फोहोरको छिटा पर्ने डर छ । षडयन्त्रको सञ्जाल भयङ्कर छ । तिमीलाई फसाइएको छ । तर फेरि ...