धर्ती–आमा र म
गद्य कविता :– धर्ती–आमा र म बिजु सुवेदी “विजय” हे धर्ती–आमा ! हे मेरी आमा हे आमा मलाई चाहिन्छ आशीर्वाद किन जाने चारधाम नजिकको आत्मा देवतालाई हेला गर्दिन म तिमी मेरो धर्तीं आफ्नै देवता हौ तिमी मेरी जननी , मेरो टेका स्थान हौ तिम्रा सन्तानहरू किन ठूला साना छन् किन समान छैनन् तिमीले समान देखे पनि तिमीले समान माया दिए पनि तिम्रो सन्तान भएपनि किन कोही धनी कोही गरिव छन् तिम्रो पीडा बुझ्छु म तिमीले हुर्कायौ, बढायौ सबै कर्तब्य गर्यौ मानिस बनाएर हुर्काएर उभ्यायौ तैपनि परिवार भएर बाँच्दैनन् उनीहरू त्यसैले धनीसँग लिएर गरिवलाई दिने मेरो चलन नगरौ है यसमा कसैले तेरो–मेरो गरी जलन त्यसैले सारा झुपडीको प्यारो म सारा वस्तीको प्यारो म सुख चैन छैन मेरो सारा म छु आमाको आँखाको तारा आमाको काँधलाई दिएको छु टेवा सकेसम्म गरिरहेछु दुःखीहरूको सेवा साथ त्यसैले छ ममताको धारा आमाको म छु अझसम्म प्यारा उसलाई दुनियाँले कसरी मार्छ जसले जो सर्वसाधारणको सेवा जो गर्छ तैपनि दुःखीहरू देखिरहेको छु मन मैले अझै दुखाइरहेको छु आँखामा आँसु छ मेरो आँखाको नानीमा छ नागको फण बहाइरहेछु बलिन्द्र पसिना म दुःखीयारीहरूका लागि जि...