Posts

Showing posts from March, 2018

विश्व कविता दिवस

Image
विश्व कविता दिवस बिजु सुवेदी “विजय” मैले हजारभन्दा बढी कविता लेखिसकेँ तर म कवि हुँ भन्ने घमण्ड चुर भयो त्यसैले ए कविहरु ! तिमीहरु पनि त्यहाँ हेर्न जाऊ जहाँ बच्चा दुधै नखाई जवान भइसकेको छ जहाँ गिट्टी कुटेर आमाको हात छलनी भएको छ कतिले पैसाका लागि आफ्नै बाबुको लाश बेच्नु परेको छ आफूले आफैलाई कमारा बनाई परिवार पाल्नु परेको छ बुद्धले जब दरबारकानु्न नमानी बाहिर निस्के तब दुःख के हो भन्ने बुझे ए कविहरु तिमीहरु पनि त्यसरी हेर्न जाओ वेदना प्रत्यक्ष केहो भनेर सत्ताको गुणगान कत्ति गछौं ? कति पुरस्कारको गुलामी गछौं हे नेताहरु ! कति गरिवका नाममा सभा , समारोह गर्छौ कति गरिबका नाममा डकाछौं के हो पीडा सम्बन्धित ठाउँमा प्रत्यक्ष हेर यो देखेर धर्तीमाता रोइरहेकी छिन् आर्टनाद सुन्ने कोही भएन यहाँ त्यसैले सुन कवि भनाउँदाहरु जब पीडितका पक्षमा बोल्न सक्दैनौ भने तिमीहरु कवि होइनौ तिमीहरु गद्दार हौ गुण्डाराजलाई गुण्डाराज भन्न हिम्मत गर अनि हुन्छौ तिमीहरु कवि अनि हुन्छ  आज विश्वकविता दिवस मनाउनुको सार्थकता जुन कविताले भोकोका लागि भोजन देओस् प्यासीलाई अमृत देओस् जुन कविताले अन्यायलाई परास्त गरोस् त्यो हो...

“होली र रङ्ग”

Image
  धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूर्णिमाको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होली पूर्णिमाका दिन यसले पहाडमा धुमधामको रुप लिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट धुमधामको रुप लिन्छ । जसरी होलीको बेला नाचगान ढोल , मादर , मञ्जीरा , ध्रुपद , धमार होस् या खैंजडी आदिबाट मोजमस्ती गरिन्छ , यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभित्र हिस्सा हुन्छ । मध्ययुगमा राधाकृष्णले होली खेलेको दृश्य राजपूत , मुगल , मिनियेचर शैलिका चित्रहरु काँगडा कलमको मुख्य कथ्य र प्रेरणा श्रोत हो । हरेक ठाउँमा होलीले गर्दा वीतराग , वीतशोक , वीतमोह हुन्छ । होली खेल्दा ढोलकको थापका साथ कसैले “जोगिरा सरर” गरेर त कसैले “होली खेलेँ रधुवीरा अवधमें , किनके हाथ कनक पिचकारी , किनके हाथ अविरा” भनेर आनन्द र उमङ्गको यो धमाका फाग , फगुवा , होली , वारमासा गीतका साथ प्रेम बाँडिरहेका हुन्छन् । होली रङ्गैरङ्गमा खेलिने भएको हुनाल...