“होली र रङ्ग”
धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड
मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूर्णिमाको एक हप्ता अगाडि
चीर ठड्याइसकेपछि औपचारिक रुपमा होली सप्ताह शुरु हुन्छ र आज हामी होलीको
प्रत्यक्ष अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होली पूर्णिमाका दिन यसले
पहाडमा धुमधामको रुप लिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट धुमधामको रुप
लिन्छ । जसरी होलीको बेला नाचगान ढोल , मादर , मञ्जीरा , ध्रुपद , धमार
होस् या खैंजडी आदिबाट मोजमस्ती गरिन्छ , यसै प्रकारको मस्तीको बेफिक्री
व्यञ्जन पनि यसको अभित्र हिस्सा हुन्छ । मध्ययुगमा राधाकृष्णले होली खेलेको
दृश्य राजपूत , मुगल , मिनियेचर शैलिका चित्रहरु काँगडा कलमको मुख्य कथ्य र
प्रेरणा श्रोत हो । हरेक ठाउँमा होलीले गर्दा वीतराग , वीतशोक , वीतमोह
हुन्छ । होली खेल्दा ढोलकको थापका साथ कसैले “जोगिरा सरर” गरेर त कसैले
“होली खेलेँ रधुवीरा अवधमें , किनके हाथ कनक पिचकारी , किनके हाथ अविरा”
भनेर आनन्द र उमङ्गको यो धमाका फाग , फगुवा , होली , वारमासा गीतका साथ
प्रेम बाँडिरहेका हुन्छन् ।
होली रङ्गैरङ्गमा खेलिने भएको
हुनाले रङ्गको महत्वलाई पनि यहाँ जात्रे कोशिस गरिएको छ । हरेक सभ्यताले
रङ्गलाई आफ्नो हेराइले हेरेका छन् , परिभाषित गरेका छन् । तर कसैले पनि
रङ्गको नामाकरण गर्नमा रुची देखाएनन् या रङ्गलाई मूलभूत रङ्गसँग मात्र
जोडेर हेरे । धेरै सभ्यताहरुले रङ्गलाई दुई किसिमले मात्रै विभाजन गरे ।
पहिलो सेतो अर्थात हल्का , अर्को कालो अर्थात गाढा ।
अरस्तुले
ईशापूर्व चौथो शताब्दीमा नीलो र पहेँलो रङ्गलाई पनि प्राथमिकता रङ्गमा
राखे । यी रङ्गहरुलाई प्रकृतिको मूल तत्वसँग दाँज्न थाले , जस्तो
सूर्य–चन्द्र , पुरुष–स्त्री , फैलिनु–सङ्कुचन हुनु , दिन–रात आदि । यसले
लगभग २ हजार वर्षसम्म मान्यता पाए । १७ औं र १८औं शताब्दीमा न्यूटनको
सिद्धान्तले यी रङ्गहरुलाई सामान्य रङ्गहरुमा बदलिदिए । ई.सं.१६७२ मा
न्युटनले रङ्गका निम्ति आफ्नो पहिलो सोध प्रस्तुत गरे जुन विवादमै रह्यो ।
गोथेले न्युटनको सिद्धान्तलाई पूरै नकारेर “थ्यौरी अफ कलर्स” भत्रे पुस्तक
लेखे । गोथेले भनेकी गहिरो अँध्यारोमा सबभन्दा पहिले नीलो रङ्ग निक्लन्छ र
यसले गहिरोपन दर्शाउँदछ । त्यहीँ उदाएको सूर्यमा सबभन्दा पहिले पहेँलो
रङ्ग निक्लन्छ । जुन रङ्गले हल्का रङ्गको प्रतिनीधित्व गर्दछ । १९ औं
शताब्दीमा कलर थेरापीको प्रभाव कम भयो बरु २० औं शताब्दीमा आएर यो नयाँ
रुपमा उत्पन्न भयो ।
रङ्गले मानव जीवनमा व्यापक प्रभाव
पारेको हुन्छ । प्राचीनकालदेखि यो विश्वास रही आएको छ कि रङ्गद्वारा रोगबाट
मुक्त हुनका लागि धेरै ठूलो भूमिका खेलेको हुन्छ । रङ्गले मानवको
मनोविज्ञान र मनस्थितिमा व्यापक प्रभाव पारेको हुन्छ । सूर्यको किरणबाट
मूख्यतः ७ प्रकारका रङ्गहरु रातो , सुन्तला , पहेँलो , हरियो , नीलो , नीर ,
वैजनी रङ्गहरु निस्किएको हामीले स्पष्टसँग इन्द्रेणीमा देख्न सक्छौं । यही
सात रङ्गको मिश्रणबाट दशलाख सम्म रङ्गहरु बनाउन सकिन्छ । हरेक रङ्गको एउटा
न एउटा असर हुन्छ जसद्वारा हामीलाई तरङ्गित पारेको हुन्छ । हरेक रङ्गले
हामीलाई उत्तेजित र शान्त पारेको हुन्छ । हरियो नीलो र वैजनी रङ्गको
वातावरणलाई हे¥यौं भने हामीलाई शान्त बनाइदिन्छ । त्यस्तै अर्कोतिर पहेँलो ,
रातो र यसको मिश्रणबाट बनेको रङ्गहरुको वातावरणले हामीलाई उत्तेजित बनाएको
हुन्छ । त्यसैले पनि होलीको रङ्गसँग खेल्नाले हामीलाई यी सब किसिमका
उल्लास दिलाइदिन्छ । त्यस्तै यस्तै रङ्गको सहायताले वस्तुस्थिति र
प्रभावलाई पनि भ्रामक बनाइदिन्छ , हास्यरस उत्पत्र गराइदिन्छ । दुःख ,
पीडा र निराशाबाट छुटकारा पाउन समझदार समाजले हास्यकलालाई प्रस्तुत गरे ।
यसले गर्दा प्रत्येकलाई उसको हातमा ठूलो चिज आएको भान हुनगयो जस्तो उसलाई
जीवन जिउने सूत्र प्राप्त भएको छ । होलीको रङ्गले रङ्गिएर हास्य झलकमा
तरङ्गित भएर उमङ्गित हुनु पनि यसकै एउटा साकार रुप हो ।
कलर
थेरापीको उपचार पद्धतिमा यी यस्तै कुराहरुलाई जोड दिइएको हुन्छ । यस उपचार
पद्धतिमा मूल आधार चक्रबाट उब्जिएको लक्षणलाई ध्यान दिइन्छ । शारिरीक
सन्तुलनमा केही अनियमितता भएमा चक्रको विकार देखापर्दछ । यसमा हाम्रो
शरीरमा सात चक्र भएको कुरालाई आधार मानेर शरीरलाई हेरिएको हुन्छ । व्यक्ति
स्वस्थ्य हुनका लागि यी सात चक्रहरु घडीजस्तै सुचारु रुपमा चलेको हुन्छ ।
यसमा केही विकार भयो भने केही गडबड छ भनेर जान्नुपर्ने हुन्छ । त्यस्तै
रङ्गलाई आयुर्वेदिक किसिमले हेर्दा वात , पित्त र कफ गरेर यी ३ विकारलाई
सही किसिमले ठम्याएर असन्तुलन हटाउनलाई अलग–अलग किसिमले रङ्गको प्रयाग
गरिएको हुन्छ । त्यस्तै रङ्गलाई शक्तिको हिसाबले पाँच मुलभूत तत्व अर्थात
वायु , जल , अग्नी , पृथ्वी (माटो) , आकाश लाई आधार मानेर यस किसिमको
उपचार पद्धतिमा ध्यान दिइएको हुन्छ ।
रङ्गको प्रभाव र
महत्वलाई जानेर प्रकाश–विज्ञान , दृष्टि–विज्ञान र रङ्ग–विज्ञानको उचित सोध
र प्रयोगद्वारा मानव हितका लागि अनेकौं फाइदाजनक कार्यहरु गर्न सकिन्छ ।
रङ्गको मायाले सारा व्रम्हाण्ड पैmलिएको छ , यसको प्रभावले तपार्इँलाई कहीँ
न कहीँबाट पछ्याइनै रहेको हुन्छ । तपार्इँले मात्र यो तय गर्नु आवश्यक छ
कि कुन रङ्ग तपाईँको व्यक्तित्व , जीवनशैलि र रुचि अनुकूलको छ या कुन रङ्ग
तपार्इँको शारीरिक र मानसिक रुपमा ज्यादा उपयुक्त लाग्दछ । त्यसैले
राम्रोसँग विचार गरेर मन परेको रङ्ग चयन गर्नुस् र त्यही रङ्गको होलीमा
आफूलाई रङ्गाउनुस् । तसर्थ तपाईँले जात्रुभयो भने , हरेक दिन , हरेक समय ,
प्रत्येक पल आपूmलाई होलीको रङ्गमा रङ्गाएर उमङ्गसँग जिउन सक्नुहुन्छ ।
पानी
परिरहेको छ र इन्द्रेणी देखिन्छ भने त अचानक तपाइँको दृष्टि त्यतातिर
पुग्छ र खुशिले उमङ्गले ताजगि ल्याइदिन्छ । हरेक रङ्गमा तरङ्ग र उर्जा
हुन्छ । रङ्गको तरङ्गको आवृत्तिमा निर्भर गर्दछ कि यसले हाम्रो शरीरलाई
कत्ति धेरै असर पारेको हुन्छ । रङ्गको असरले हाम्रो तनमनका साथै बुद्धि र
भावनामा पनि प्रभावित गरेको हुन्छ । विभित्र रङ्गले अलग–अलग भाव र प्रभाव
पारेको हुन्छ । जस्तो रातो रङ्गमा प्रशत्रता , उल्लास , उत्तेजना , क्रोध ,
उष्णता आदि । हामी सोच्दछौं कि एउटै रङ्गले प्रशन्नता र त्यही रङ्गले
क्रोधको भाव कसरी पार्दछ । यसको मूख्य कारण रङ्गको रङ्ग , मान र सघनतामा
निर्भर हुन्छ र साथै वैयक्तिक ग्रहण शक्तिका अनुसार रङ्गहरुको तीव्रताको
सूक्ष्म भेदको आँकण गराइमा अन्तर पर्दछ । प्रकाशको मात्रा , बस्तुको आकार ,
रङ्गको शुद्धता र आफ्नो दृष्टिको दूरीमा पनि निर्भर हुन्छ । रङ्गहरुद्वारा
मानवीय भावनाहरुमा पर्ने प्रभाव अत्यन्तै महत्वपूर्ण हुन्छ । वैज्ञानीक
सोधका अनुसार मानवीय आँखाले ७ करोड प्रकारका रङ्गहरुलाई छुट्याउन समर्थ
हुन्छ र हरेक रङ्गले भित्राभित्रै असर पारेको हुन्छ । जुन रङ्गलाई हामी
नियाल्छौं , जुन रङ्गमा हामी रहन्छौं सबैले हामीलाई प्रभाव पारेकै हुन्छ ।
धार्मिक
आस्थादेखि लिएर वैज्ञानिक आधारले पनि यही भन्दछ कि रङ्गको धारणा बनाएर
हामीले प्रकृतिसँग सम्बन्ध जोडेका हुन्छौं । वसन्तको रङ्गले हामीलाई
वसन्तको पूmलहरुबाट तारतम्य बनाउनमा मद्दत गर्दछ भने , हरियो रङ्गले पातसँग
। नीलो रङ्ग आकाशको ऐना हो भने रातो रङ्ग विहान साँझको लालीमा हो । यसरी
रङ्गसँग हाम्रो भावना जोडिएको हुन्छ र हामी फेरि प्रकृतिको पूmल , पात ,
रुख , जन्तुहरुसँग आफ्नो सम्बन्ध बनाउन लालायित हुन्छौं । त्यसैले रङ्गले
हाम्रो सँस्कृतिलाई प्रकृतिसँग जोडिएको हुन्छ । जहाँ प्रकृतिको रङ्ग
पर्याप्त हुँदैन त्यहाँ रङ्गद्वारा त्यसको पूर्ति गर्न सकिन्छ । होली यसको
उदाहरण हो । त्यस्तै कुनै ठाउँको साँस्कृतिक भेषभुषाले पनि त्यहाँको
दुनियाँलाई रङ्गिन बनाइदिएको हुन्छ ।
कलाकारहरुले पनि
चित्रकला , पेन्टिङ्गकला , नाट्यकला प्रस्तुत गर्दा केवल रङ्गलाई मात्र
प्रयोग गरेर यी सम्पूर्ण रङ्गका विशेषता अनुसार यसको महत्व अनुसार मानवीय
भावनाहरुलाई प्रस्तुत गर्ने कुरामा जोड दिन्छन् । भारतवर्षका आचार्य
भरतमुनिको नाट्यशास्त्रमा प्रमुखरङ्ग रातो , पहेँलो र कालो मानिएको छ ।
वर्णहरुको विवेचना गर्दा भरतमुनिले श्रृङ्गारलाई गाढा हरियो , हास्यलाई
हल्का सेतो , करुणलाई खरानी , रौद्रलाई रगतको जस्तो रातो , वीरलाई गाढा
सेतो , भयानकलाई कालो , वीभत्सलाई नीलो र अद्भूतलाई पहेँलो रङ्ग मानेका छन्
।
जीवनमा ज्ञान , प्रेम , राम्रो काम गर्ने उत्साह , शक्ति , त्याग
ईश्वरभक्ति आदि सबैका लागि रङ्ग अपरिहार्य छ । रङ्गको यो दुनियाँले
हामीलाई यसको मनोविज्ञान जान्नलाई आवश्यकता महसूस गराउँदछ । मानिस तथा
जनावरहरुमा इन्द्रियहरुद्वारा सम्वेदना र धारणालाई मनोविज्ञानमा ज्ञान
प्राप्त गर्ने मुख्य चरण मानिएको छ । हाम्रो जीवनलाई यो रङ्गले कुन
प्रकारले प्रभाव पार्दछ ?
विज्ञानले सेतोलाई रङ्ग
मान्दैन । सेतो रङ्ग परावर्तकको रुपमा मानिन्छ जसमा सबै रङ्ग समाहित भएको
हुन्छ । यो शुद्धता , उज्ज्वलता , सहयोग , विश्ववन्धुत्व , शान्ति , एकता ,
सत्यता र निष्ठाको प्रतीक मानिन्छ । धार्मिक प्रकृति र शान्तिपूर्वक जीवन
यापन गर्ने व्यक्ति सेतो वस्त्र धारण गर्न मन पराउँछन् ताकि मन निर्मल र
शान्त रहोस् । सेतो रङ्ग शुद्धता र आशावादीको प्रतीक मानिन्छ र यसैलाई
ध्यानमा राखेर सेतो वस्त्र धारण गरिन्छ ।
विज्ञानका
अनुसार कालो रङ्ग नभएर अवशोषकको रुपमा लिइन्छ । जसले प्रकृतिमा भएका सबै
रङ्गहरुलाई अवशोषण गरेको हुन्छ । अधिकाँश कालो रङ्ग अन्धकार , निन्द्रा ,
भय , अज्ञान , राक्षशी र हिँसात्मक प्रवृत्तिको सूचक हो । पश्चिमीहरु कालो
रङ्गलाई गम्भिरताका साथै उदासीको प्रतीकको रुपले हेर्दछन् र यिनीहरु
साजसज्जा गर्दा कालो रङ्गलाई परहेज गर्दछन् ।
मूल रुपमा
रातो , नीलो र हरियो रङ्ग आधार रङ्ग हो । बाँकी रङ्गहरु यी ३ वटै रङ्गको
मिश्रण हो । साहित्यिक दृष्टिबाट हेर्ने हो भने रातो रङ्ग प्रेमको प्रतीक
हो । हृदयको धड्कन रातो रङ्गले बढाउने काम गरेका हुन्छ । यो रङ्ग उत्साह ,
साहश र गतिशीलता दर्शाउने किसिमको हुन्छ । रातो रङ्गले उत्तेजना उत्पत्र
गर्दछ र भावनालाई उभार्दछ । क्रोध र खतरा व्यक्त गर्नका लागि पनि रातो
रङ्गनै प्रयोग गरिएको हुन्छ । अझ त्योभन्दा बढी रातोले क्रान्तिलाई मनोनय
गरेको हुन्छ । नीलो रङ्गले आँखालाई आराम दिने काम गरेको हुन्छ । यसको साथै
मनलाई शीत्तल गर्ने र क्रोधलाई समाप्त पार्नका लागि उपयोगि हुन्छ ।
वैज्ञानिकहरुले आफ्नो प्रयोगका आधारमा यो सावित गरिसके कि नीलो रङ्गले
ताजगी र स्पूर्ति प्रदान गर्दछ । हरियो रङ्ग शीतलता , स्पूmर्ति र
पूनर्जीवन उत्पन्न गर्ने किसिमको मान्न सकिन्छ । साथै यो रङ्गले मनलाई
एकाग्र र विश्वास प्राप्त गर्न सहयोग गर्दछ । पहेँलो रङ्ग प्रकाश , ज्योति र
प्रशत्रताको सूचक हो । यो रङ्गले खुशि र उमङ्ग उत्पन्न गर्दछ । यसले
भावलाई प्रेरित गर्दछ र बुद्धिलाई तीक्ष्ण बनाइदिन्छ । त्यसैले त
पूजा–पाठमा पहेँलो रङ्गलाई शुभ मानिन्छ । गुलाफी रङ्ग कोमलता र भावुकताको
प्रतीक हो । वैजनी रङ्ग शान , महत्व र राजसी प्रभावलाई व्यक्त गर्ने
किसिमको हुन्छ । यो रङ्ग जति कलात्मक हुन्छ त्यत्तिनै भावनात्मक हुन्छ ।
सुन्तला रङ्ग जीवनको शक्तिको सञ्चार र वलबुद्धिको सूचक हो । पहेँलो भावको
रातो रङ्ग दृढताको प्रतीक हो । यस्तो रङ्ग मन पराउने व्यक्ति मित्र र
हितैषी स्वभावको हुन्छ ।
धनी होस् या गरिब उँच होस् या
नीच सबै मिलेर उल्लासपूर्वक छुवाछुत , जातिय विभेद नराखी मनाइने अत्यन्तै
महत्वपूर्ण पर्व भनेको एक मात्र होली पर्वनै हो । त्यसैले होली सबैलाई
मिलाउने महोत्सव हो । सबै , जाती , वर्ण , लिङ्गलाई होलीले मिलाइदिएको
हुन्छ । अझ होलीको रङ्गको रङ्गीन दुनियाँले त सबैलाई घुलमिल गराइदिएको
हुन्छ । रङ्गको भाषामा शब्द हुँदैन । नाद हुन्छ । साह«ै मसिनो आवरणबाट
आरपार जाने एउटा ध्वनी हुन्छ । कस्तो राम्रो हुन्छ भाषाको सङ्गीत कस्तो
मधुर हुन्छ सङ्गितको शब्द । त्यो भन्दा पनि होलीको रङ्ग अझ प्रभावकारी
हुन्छ ।
होलीको रङ्गमा पनि सक्कली र नक्कलीको सङ्घर्ष
हुन्छ । रङ्ग महङ्गो भइसकेको छ । तर हाम्रो मुहार सस्तो भइरहेको छ ।
जिन्दगी जिउनका लागि अनेकौं दुःख , कष्ट गर्नु परिरहेको हुन्छ । आजको
युगमा कार्य व्यस्तताले सबैलाई यन्त्रवत वनाइदिएको छ । सारा दुःखको
अँध्यारोपनमा पनि फागू पर्वले हामीलाई एकदम नजिकबाट छोएको हुन्छ । यो सबै
रङ्गकै देन हो भत्र अत्युक्ति हुन्छ । त्यसैले यो एउटा सबैलाई खुशियालीको
उमङ्ग ल्याउने महत्वपूर्ण पर्व हो र यसले सबैको दुःखको रोग हटाएर सुखिपनले
सदा खुशियालीको बहार ल्याइदिन्छ । हामी प्रार्थना त ग¥छौं तर पूरै मनबाट
गरिएको प्रार्थना कहिल्यै खेर जाँदैन । होली यो एकमात्र रङ्ग हो जुन पूरै
रङ्गबाट , पूरै मनबाट गरिने प्रार्थना हो भन्दा दुई मत नहोला ।
मलाई
विश्वास छ यो फागूले उसलाई पनि रङ्गाइ दिनेछ जसले सधैँभरि “केले गरौं
नाना–चाचा , केले गरौं नून तेल” भनेर सास्ती खपिरहेका छन् । जहाँ
गरिबहरुलाई खेतको माटो पनि अबिर भइदिन्छ । अनि सपना सबै रातो भइदिन्छ ।
निधारमा सजिएको यस दिनको अनुराग चिन्हलाई जता–जता उनीहरु लिएर जान्छन् एउटा
महोत्सवमात्र होइन सबैका लागि एकजुट बनाउन एउटा ठूलो महामहोत्सव साकार
भइदिन्छ ।
नोट :– चारवर्ष अगाडिको प्रकाशित मेरो यो “होली
र रङ्ग” शीर्षकको यो लेख पुनर्लेखन गरी आज मेरो ब्लगद्वारा सार्वजनिक
गरिरहेको छु । सबै शुभ–चिन्तक पाठकहरुलाई होली महापर्वको रङ्गीन शुभ–कामना
पनि व्यक्त गर्दछु ।
२०७४ फागुन १६
बिजु सुवेदी “विजय”
bijusubedi@gmail.com
भकतजनमार्ग , काठमाडौं ।

Comments
Post a Comment