Posts

Showing posts from October, 2013

दीपावलीमा लक्ष्मीपूजा गर्नुपर्ने कारण

Image
दीपावलीमा लक्ष्मीपूजा गर्नुपर्ने कारण आजको युग तीब्र बिकास भइरहेको छ र यस विकासको एक मात्र कारण हो सम्पत्रता । आज हरेक व्यक्तिले धनी बत्रे इच्छा व्याप्त राखेको हुन्छ र इच्छाले मात्र कोही धनी बत्र सक्दैन । नीतिशास्त्रमा लेखिएको छ “सर्वे गुणाः काञ्चन माश्रयन्ती ” अर्थात जहाँ धन छ त्यहाँ सबै गुण पनि बास गर्दछ । यसकारण संसारमा धननै त्यो प्रधान साधन हो जसद्वारा मानव भौतिक जगतको सारा सुख प्राप्त गर्न समर्थ हुन्छ । आजको युगमा धनको अभावमा धर्मको साधना पनि हुन सक्दैन । धनको अभावमा दरिद्रता आउँछ जो दुःखको जननी हुन्छ र यसको फलस्वरुप मानव कुमार्गमा गएर आफ्नो मानवीय गुणलाई नष्ट पार्दछ । भत्राको तात्पर्य यो हो कि धन एक यस्तो माध्यम हो जसले व्यक्तिको कष्टलाई टाढा भगाउँछ । धन प्राप्त गर्न सहज छैन । पूर्वजन्मको कर्म , वर्तमान जन्मको सौभाग्य र पारिवारिक वातावरण तथा साधन यी सब व्यक्तिलाई धनी वा निर्धन बनाउनुको प्रमुख कारण हो । धनको प्राप्ती माता लक्ष्मीको कृपा विना सम्भव छैन । माता लक्ष्मी धनको उत्पत्ति , उपयोग , उपभोग , बृद्धिको वरदान प्रदान गर्ने देवी हुनुहुन्छ । उहाँको कृपाबाट सुख–शान्ति , संब...

कविता :– दिदीको पुकार

Image
कविता :– दिदीको पुकार कवि :– बिजु सुवेदी “विजय” छन्द :– झ्याउरे (असारे) (३+२)+(३+२)+(३+३) =जम्मा १६ खराब कुरा गरेका सबै बिर्सिमा देऊ न असल कुरा गरेका सबै शिलामा कुँद न हे मेरा भाइ हे मेरो काले पढीमा देऊ न नजान्या कुरा जान्या छु भनी नगर पाइन सफल हुन्छौ अवश्य तिमी कम्मर कस न कसैले कुल्चे खुट्टामा तिम्रो तनाव नगर पानीमा डुबी खोलाले लगे जसले बचाए यस्तामा कुरा गर्नेका लागि ज्याननै देऊ न यसरी तिमी खराब सबै पञ्छाइ देऊ न मित्रता गरी मिलाई हात आफ्ना नै सम्झ न समय जान्छ सलल गरी फर्केर आउन्न गरेका सबै कर्मको फल धननै सम्झ न विकास हुन्छ धरती हाम्रो सिँचाइ गरेमा विदेश मात्र पोसने धर्म छोड है अब त हाम्रो त शिर सगर–माथा उँचाइ भएको हाम्रो त मन बुद्धको तन जन्मेको धरती युवा हो तिमी वलिष्ठ खम्बा टेकामा देऊ न नेपाल हाम्रो प्रख्यात हुन्छ उँचोमा राख न भाइको पूजा गरेकी आज तिहार दिनैमा ओखर फोडी बिकार तोडी आशिक दिएकी फूलको तन मख्मली भए ओइली जाँदैन यसरी तिमी  जीवन जिऊ मेरो यो आशिष कालले पनि सक्दैन लान त्यसैले पुजेकी जे गरी पनि तिम्रो त्यो साथ दिनेछु भनेकी संस्कृति ह...