लेख :– दशैंमा काठमाडौं नियास्रो

लेख :– दशैंमा काठमाडौं नियास्रो
बिजु सुवेदी “विजय”

आजसम्म दशैंका लागि उपत्यकाबाट बाहिर जानेको सँख्या १५ लाख नाघिसकेको छ । काठमाडौंमा अस्थायि रुपमा बसोवासमा रहनेहरु तथा काठमाडौंमै स्थायि बसोवास गर्नेहरु पनि पुख्र्यौली घरमा दशैं मनाउनुपर्ने कारण यत्ति ठूलो सँख्यामा काठमाडौंबाट बाहिरिएका हुन् ।

त्यसो त त्यो बाहेक २–३ लाखका सँख्यामा काठमाडौंमा दशैं मनाउनेहरु पनि बिदेश तथा बाहिर जिल्लाबाट आएका पनि छन् ।

त्यस्तै २० वर्षभन्दा अगाडिका सबै वर्षहरुमा फुलपातीका दिन चङ्गा उडाउनै पर्छ भनेर आकाशै ढकमक्क हुनेगरी रङ्गीचङ्गी हुने काठमाडौंको आकाशमा धेरै वर्षदेखि दशैंमा पनि शून्यता छाउँदै आएको यो नियास्रोता को समाचार पनि छ । शायद यो भिडियो गेमप्रतिको तथा घरबाहिर खेल्ने खेल प्रति भन्दा घरभित्र खेल्ने खेलमा युवाहरु पलायन जस्ता पछिल्ला युवापुस्ताको मोहले पनि भएको हो ।

समग्रमा  अहिलेको समयमा काठमाडौं कर्फ्यु लागेको तथा नेपालबन्द भएको समयभन्दा नियास्रो भइरहेको अवस्था छ ।


२०७०—०६—२६
बिजु सुवेदी “विजय”
कुलेश्वर काठमाडौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा