बैद्य :– “स्वाधिनता सहितको संबिधान दिन नसक्ने”
बैद्य :– “स्वाधिनता सहितको संबिधान दिन नसक्ने”
माओेवादीका अध्यक्ष मोहन वैद्यले नेपालमा संसदवादी पार्टीहरु हुतीहारा भएको टिप्पणी गर्नु भएको छ । देशमा निर्वाचनको नाममा चार दलले युद्ध थोपर्न चाहेको उल्लेख गर्दै उहाँले यस्तो षडयन्त्रलाई आपूmहरुले जनताको बीचमा लगेर छर्लङ्ग बनाउने बताउनुभयो । नेपालमा राष्ट्रियताको सवाल प्रमुख बनेर आएको र वैदेशिक प्रतिक्रियावादले आफ्नो दलाल एजेण्ट मार्फत आफ्नो हितको सुरक्षा गर्ने काम उत्कर्षमा पुगेको उहाँको भनाइ थियो ।
नेकपा माओवादीका केन्द्रीय सदस्य अनिल शर्माद्वारा लिखित “राष्ट्रियता र राप्ती दून” पुस्तकको सार्वजनिक गर्दै उहाँले अहिलेको निर्वाचन बहिस्कार आन्दोलन पनि राष्ट्रिय स्वाधिनतासँग जोडिएकोले यसको ऐतिहासिक महत्व हुने स्पष्ट पार्नुभयो । बैद्यले भन्नुभयो ः– “जनताको संबिधान नबनाउन जुन षडयन्त्र रचिएको छ । यसको बिरोधको जनवादी नेपाली क्रान्तिको आन्दोलनमा विशेष महत्व छ । यो जनतन्त्रको रक्षासँग मात्र होइन राष्ट्रिय स्वाधिनताको रक्षाको अस्तित्वसँग पनि गाँसिएको छ ।
अध्यक्ष वैद्यले “भारतले आफ्नो सत्तामा दलाल राखेर निर्दलीय सरकार बनाएको दाबी गर्दै उहाँले यस प्रक्रियाले देशलाई सिक्किमीकरण गर्ने र अहिलेको संबिधान सभा २ निर्वाचनबाट बनेको संबिधानसभाले कुनै हालतमा पनि राष्ट्रिय स्वाधिनता सहितको संबिधान दिन नसक्ने” भन्ने ठोकुवा गर्नुभयो । अध्यक्ष वैद्यले “हामीले यो चुनावको सक्रिय र सशक्त रुपमा बहिष्कार गरिरहेका छौं । जनताको संबिधान हामी बनाउँछौं । त्यसको निम्ति हाम्रो पार्टी प्रतिबद्ध छ ।” भन्नुभयो ।
रगतको मूल्य यसरी बन्ने संबिधानमा अभिव्यक्त हुन नसक्ने दावी गर्दै गोलमेच सभा र संबिधानको अन्तर्वस्तुको विषयमा छलफल गर्न पनि नदिइएकोले आपूmहरुले मात्र नभई आम जनताले त्यस्तो संबिधान च्यात्ने दाबी गर्नुभयो । विदेशी शक्तिको आड भरोसामा आपूmहरुका विरुद्ध विषबमन गर्न खोजिएको भन्दै उहाँले साम्राज्यवाद र विस्तारवादका भरौटेहरुका सामु कुनै हालतमा पनि नझुक्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा नेकपा एमालेका नेता प्रदिप नेपालले नेपाल झण्डै उपनिवेषको अवस्थामा रहेको वताउनुभयो । भारतले सयौं चोक्ता–चोक्ता बनाएर नेपाल निल्न लागेको बताउँदै उहाँले राष्ट्रियताको सन्दर्भमा निरन्तर सङ्घर्ष जरुरी रहेको उल्लेख गर्नुभयो ।
वरिष्ठ माक्र्सवादी साहित्यकार डाक्टर ऋषिराज वरालले कहिले जनतन्त्र , कहिले राष्ट्रियता र कहिले आफैभित्र लड्दै आएको प्रशङ्ग उल्लेख गर्दै एमाओवादी अध्यक्ष दाहालबाट उम्किनेले अन्य अवसरवादीको कठालो समात्ने हिम्मत गर्नुपर्ने बताउनुभयो । डाक्टर वरालले आपूmहरुलाई दमन गर्ने गरी उत्तेजना बढाउन आपूmहरु भूमिगत भएको भनेर गरिएको प्रायोजित हल्लाहरुका पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
लेखक अनिल शर्मा विरहीले आपूmहरु भारतको जेलबाट छुट्दा लेखेको पुस्तक कहीँपनि चर्चा नभएको र त्यही पुस्तकको कारण धेरै मान्छेहरुले सम्पर्कसमेत गर्न डराएको अनुभूति सुनाउनुभयो ।
२०७० कार्तिक ९ को रिपोर्ट
नोट :– लेखक अनिल शर्मा विरहीद्वारा लिखित “राष्ट्रियता र राप्ती दून” पुस्तकको सार्वजनिकिकरणका अवसरमा तयार पारेको यो समाचार ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments
Post a Comment