दीपावलीमा लक्ष्मीपूजा गर्नुपर्ने कारण
दीपावलीमा लक्ष्मीपूजा गर्नुपर्ने कारण
आजको युग तीब्र बिकास भइरहेको छ र यस विकासको एक मात्र कारण हो सम्पत्रता । आज हरेक व्यक्तिले धनी बत्रे इच्छा व्याप्त राखेको हुन्छ र इच्छाले मात्र कोही धनी बत्र सक्दैन । नीतिशास्त्रमा लेखिएको छ “सर्वे गुणाः काञ्चन माश्रयन्ती ” अर्थात जहाँ धन छ त्यहाँ सबै गुण पनि बास गर्दछ । यसकारण संसारमा धननै त्यो प्रधान साधन हो जसद्वारा मानव भौतिक जगतको सारा सुख प्राप्त गर्न समर्थ हुन्छ । आजको युगमा धनको अभावमा धर्मको साधना पनि हुन सक्दैन । धनको अभावमा दरिद्रता आउँछ जो दुःखको जननी हुन्छ र यसको फलस्वरुप मानव कुमार्गमा गएर आफ्नो मानवीय गुणलाई नष्ट पार्दछ । भत्राको तात्पर्य यो हो कि धन एक यस्तो माध्यम हो जसले व्यक्तिको कष्टलाई टाढा भगाउँछ ।
धन प्राप्त गर्न सहज छैन । पूर्वजन्मको कर्म , वर्तमान जन्मको सौभाग्य र पारिवारिक वातावरण तथा साधन यी सब व्यक्तिलाई धनी वा निर्धन बनाउनुको प्रमुख कारण हो । धनको प्राप्ती माता लक्ष्मीको कृपा विना सम्भव छैन । माता लक्ष्मी धनको उत्पत्ति , उपयोग , उपभोग , बृद्धिको वरदान प्रदान गर्ने देवी हुनुहुन्छ । उहाँको कृपाबाट सुख–शान्ति , संबृद्धि , उत्रतिको प्राप्ती हुन्छ । सांसारिक सुखहरुको कुँजी लक्ष्मीनारायणको हातबाट मात्र प्राप्ती हुन सक्दछ । माता लक्ष्मीको स्वरुपनै व्यक्तिलाई धनवान बनाउन सहायक हुन्छ । उहाँको स्वरुपबाट धनी हुनुको रहस्य जान्दछौं ।
माता लक्ष्मी कमलमा विराजमान हुनुहुन्छ । कमलको नाल पृथ्वीतर्फ सङ्केत गरेर बताउँदछ कि यो सृष्टिको सम्पूर्ण सम्पदा पृथ्वीको गर्भमा लुकेका छन् । धनसम्पत्ती उसलाई मिल्दछ जो लगनबाट परिश्रम गरेर पृथ्वीबाट अर्थात सम्पदा प्राप्तीको चेष्टा गर्दछ । कमल हिलोमा उत्पत्र हुन्छ तर त्यो फोहोरबाट बिलकुलै अलग हुन्छ । यानेकी धनी हुँदा अनैतीकताबाट टाढा रहनु पर्दछ । लक्ष्मीजीले मुक्तहस्तबाट धन प्रदान गर्नु यो कुराको सङ्केत गर्दछ कि समृद्धिको बृद्धि चाहने व्यक्तिलाई मुक्तहस्तद्वारा सत्कार्यका लागि धन दिइनु पर्दछ ।
शास्त्रका अनुसार दानबाट सदा लक्ष्मी प्रशत्र र सन्तुष्टि हुनुहुन्छ र व्यक्तिको पूण्य र सम्मानमा बृद्धि गर्नुहुन्छ , यस्तो धन उपार्जन सार्थक हुन्छ । हामी देख्छौं कि अधिकांश तस्वीरमा लक्ष्मीजीले भगवान श्रीहरिको चरण दबाइरहेको पाउँछौं । यसको अर्थ यो हो कि लक्ष्मीजीको कृपा प्राप्त गर्नका लागि श्री नारायणको चरणको आश्रय लिइनु जरुरी छ किनकी उहाँ नारायणको चरणमा निवास गर्नुहुन्छ ।
लक्ष्मीजीको बाहन उल्लु हो जो उदास र अशुभ मानिन्छ यानेकी समृद्धिको चाहना गर्ने जो कोही व्यक्ति यदि विष्णुजीलाई भुलेर केवल लक्ष्मीको उपासना गर्दछन् तब लक्ष्मीमाता उसकहाँ जरुर आउनुहुन्छ तर उल्लुमा सवार भएर एक्लै आउनुहुन्छ र आफ्नो साथमा नराम्रो प्रबृत्ति , व्यसन र कुविचार पनि ल्याउनुहुन्छ । यसको विपरीत लक्ष्मीजीको आराधना श्रीहरि विष्ण्ुाको साथ गरियो भने मातालक्ष्मी श्रीहरिसँग गरुडमा सवार भएर आउनुहुन्छ । गरुड मङ्गलकारी , सौभाग्यदायक र सबै शुभ गुणले युक्त प्राणी हो । माताको हातमा विल्वफल व्रम्हाण्डको प्रतीक हो । यसलाई हातमा राख्नुको कारण यो हो कि जो प्राणी उहाँको शरणमा जान्छ ऊ सुरक्षित बनिरहन्छ । तस्वीरहरुमा दुईटा हात्ती लक्ष्मीजीको दायाँ र बायाँ स्वर्णकलशले भरिएको जलले स्नान गराइरहेको पाउँछौं । यसको तात्पर्य यो हो कि बुद्धिमान मानव धन तथा ऐश्वर्य प्राप्त गरेर त्यसलाई भगवतीको श्रीचरणमा समर्पित गर्दछ अर्थात शुभ कार्यमा व्यय गर्दछ ।
लक्ष्मीजीसँग श्रीहरिको आराधना गर्नुसँग सम्बन्धित एउटा कथा छ — एक पटक लक्ष्मीजी र श्रीहरि बीच को ठूलो भत्रे ठूलो बहस भएछ । तर्क–वितर्क भइरह्यो तर निर्णय हुन सकेन । तब दुबैले आफ्नो कुरा सिद्ध गर्नका लागि पृथ्वीमा परिक्षण गर्ने निधो गरे । पृथ्वीमा केही मानिसहरुले लाश लिएर गइरहेको देखे । तब लक्ष्मीजीले त्यहाँ स्वर्णमुद्राको वर्षा गरिदिनुभएछ । सबै मानिसहरु शवलाई छोडेर स्वर्ण मुद्रा टिप्नपट्टि लागे । लक्ष्मीजीले यो चामत्कारिक जीतको निमित्त श्रीबिष्णुजीलाई हेर्नुभयो । विष्णुजी आफ्नो चिरपरिचित मुद्रामा उभिनुभएको थियो । लक्ष्मीजीले भत्रुभयो देख्नुभयो प्रभु ! भगवान विष्णुले भत्रुभयो –“ मैले त देखेँ तिमी पनि हेर । तिमीलाई त उसैले उठायो जसमा म पहिलेदेखि विद्यमान छु र जसमा म छैन , यदि त्यसले उठाएको भए म मान्थेँ कि तिमी ठूलो छौ ।” यो कथाबाट यो सिक्न सकिन्छ कि “जसलाई भगवान विष्णुले कृपा गर्नुहुन्छ लक्ष्मीजी उसैलाई प्राप्त हुन्छ ।”
दीपावलीमा मातालक्ष्मीलाई पूजा गरिन्छ । दीपावलीको रात्रिलाई कालरात्रि मानिन्छ । कालरात्रिलाई जहाँ शत्रु विनाशिनी मानिएको छ त्यहीँ सुख , सौभाग्य , वैभव दिने भनी पनि मानिएको छ । मन्त्रहरुमा मातालक्ष्मीलाई गणेश्वरी भनिएको छ । जुन ऋद्धि–सिद्धि दिनेवाला छ ।
दीपावलीको रातको आधिरातपछि दुई मुहूर्तको समयलाई “महानिशा ” भनिन्छ । यस वेलामा लक्ष्मीनारायणको साधनाको विशेष महत्व हुन्छ । ज्योतिषशास्त्र अनुसार दीपावलीको रात्रिमा सूर्य र चन्द्रमा दुबै तुला राशिमा हुन्छ । तुला राशिको स्वामी शुक्र हो जो धनधान्य र वैभव प्रदान गर्ने ग्रह हो । रुद्रमालय तन्त्रका अनुसार यस वेलामा आराधना गर्नाले अक्षय धनधान्य प्राप्त हुन्छ । यो लक्ष्मी वैभव इत्यादि प्राप्तीको दृष्टिले अतिनै महत्वपूर्ण समय हो ।
यस्तो मान्यता छ कि यो राशिकालमा मातालक्ष्मी विष्णु भगवानसँग भ्रमण गर्न निस्कनुहुन्छ र जहाँजहाँ उहाँको पूजा आराधना भइरहेको हुन्छ त्यहाँ त्यसघर र स्थानमा उहाँ आफ्नो निवास बनाउनुहुन्छ । तसर्थ यो वेलाको लक्ष्मीपूजाले विशेष महत्व राखेको हुन्छ ।
नोट :– यो लेख आज २०७० कार्तिक १४ गते नागरिक राष्ट्रिय दैनिकमा प्रकाशित भइसकेको छ । यसका लागि नागरिक राष्ट्रिय दैनिकप्रति धेरै–धेरै आभारी छु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाडौं
bijusubedi@gmail.com
Some face-book commentd for this article are as follows :-
ं

- Yasoda Ghimire, Amir Barkati, Shailendra Thapa र अरु 6 जना लाई यो मनपर्यो।
- Abhaya Raj Upadhaya Dhannyabad Biju bhai, aaja ko bhautik jamanama sabai yasheri dharmik ra adhayatmik gyan sath parampara ra chad manauna prarna dayak lekh ko lagi mero biju bhai ko kalam sadhai nirantar rupe ma chali rahos .. Subha Deepawali 2070 ko mero pani dherai dherai SUBHAKAMANA..
- Bijay Subedi Allareequal sagar sir , Mahadev sir , Abhaya dai , shailendra sir tatha like garidinuhune sabailai lekh padhidinubhayekoma dherai dherai dhanyabad byakta garda6u sathai dipawali 2070 ko pani shuvakamana byakta garda6u.
ं

Comments
Post a Comment