ओशोः अचम्म जो मैले देखेँ...वोधीसत्त्व स्वामी आनन्द अरुण...पुस्तक पढ्दा जे देखेँ यस समालोचनात्मक लेखमा स्वामीजी भनेर अरुण स्वामीजीलाई र आचार्यजी भनेर भगवान रजनीश ओशोलाई भनेको छु । उहाँहरु दुबैलाई सादर नमन गर्दै सुरु गरौँ यी भावनाहरुबाट । स्वामीजी देख्दा आफुलाई अनुभूति भएका कुराहरुबाट । स्वामीजीका मुग्ध, मन्द, लालित्ययुक्त निःस्वार्थ मुस्कानमा धेरै गहन रहस्यहरु छन् । त्यसले मलाई लोभ्याइरहनेछ । लठ्ठ्याइरहनेछ । यति परम आनन्दरूपी उहाँको सामिप्यमताले मजस्तो व्यक्ति कायल नहुने त कुरै भएन । यस्ता मधुर अनि मर्मस्पर्शीता उहाँको तस्विरमा समेत झल्किन्छ । यति सम्म कि उहाँले बोलेका प्रवचनहरु एफ. एम.को रेडियोमा सुन्दा पनि, युट्युबमा हेरी अनुभूति गर्दा पनि यी माथि मैले आभास गरिएका कुराहरुको झल्को पाउँछु , अझ त्योभन्दा बढी उहाँका अभिव्यक्तिहरुले कुँदिएको “ओशोः अचम्म जो मैले देखेँ ” पुस्तक पढ्न पाउँदा खुसीले आँसु बगाइरहेको छु । जिन्दगीमा मैले पनि धेरै भूल गरेको छु । त्यसलाई मैले हिँड्न नजानेर लडेको रुपमा कतिपय ठाउँमा अभिव्यक्त गरेको छु । नलड्ने प्रण गरेको छु । उहाँले पनि धेरै भूल गर्नुभ...