मेरो गला कस्तो छ एकचोटी नापिदिन अनुरोधका साथ यो अलि बेसुरा गाएको छु । यो माथिको अडियो बक्समा प्ले गरेर सुनिदिनुहुन अनुरोधका साथ :–। उचित मुल्याङ्कन गरिदिनुहुन पनि अनुरोध गर्दछु । मलाई यो जिन्दगीले चोट दियो गनीगनी कहिले चोट दियो आफ्नो भनी कहिले चोट दियो पराइ बनी मलाई यो जिन्दगीले चोट दियो गनीगनी भन्दथे सुकेको बगरले पनि, बर्खामा मायाको भेल पाउँछ सोचेको थिएँ दुःखमा मेरो, कसैको त आँखा रसाउँछ किनकी एकदिन सोझोको पनि , यो दुनियाँमा पालो आउँछ सोझो रुखलाई सबैले, काट्ने रैछन् छानीछानी परायाले काटे मायै नमानी, आफ्नाले काटे दुख्यो कि भनी मलाई यो जिन्दगीले चोट दियो गनीगनी नबिझ्ने गरी आँखैमा बसी , करौंती बनी रेट्दा रैछन् सुखमा हुन्छन् आफन्त सबै, दुःखमा साथ छोड्दा रैछन् यो दुनियाँको रीति नै यस्तो, बलेको आगो ताप्दा रैछन् दुःखीलाई कहिलेकाहीँ , भुल्दा रैछन् देउता पनि भन्दथे जसले मलाई भाग्यमानी, दिएनन् साथ दुई पाइला पनि मलाई यो जिन्दगीले चोट दियो गनीगनी–२ कहिले चोट दियो आफ्नो भनी कहिले चोट दियो पराइ बनी मलाई यो जिन्दगीले चोट दियो गनीगनी साभार :– हामी तीन भाइ मेरो गला कस्तो छ एकचोटी नापिदिन अनुरोधका साथ...