पाप के हो ? पुण्य के हो ?
प्रवचन :– पाप के हो ? पुण्य के हो ?
विजु सुवेदी “विजय”
कुनै पनि धातुलाई हामीले हरेक आकारमा देख्छौँ तर त्यसलाई त्यही धातुको भनेर मान्छौँ । आकारसँग त्यो धातुको नाम परिवर्तन हुँदैन । एक ठाउँमा ठीक लागेको कुनै पनि कुरा अर्को ठाउँमा बेठीक हुन्छ भने कुनै पनि कुरा एक ठाउँमा बेठीक लागेको कुरा अर्को ठाउँमा ठीक हुन्छ । त्यस्तै एउटा युगमा ठीक लागेको कुरा अर्को युगमा बेठीक हुन्छ भने अर्को युगमा बेठीक लागेको कुरा त्योभन्दा अर्को युगमा ठीक हुन्छ । भन्न खोजेको कुरो के भने त्यसैले आकारलाई पकडेर सधैँका लागि परिभाषा कुनै वस्तु अथवा कुनै पनि कुराको गर्यौँ भने विभ्रम मात्रै हुन्छ । आभूषण, पुण्य, पाप आदिको परिभाषा पनि यस्तै छ युगअनुसार, आकारअनुसार फरकफरक हुन्छ । परिभाषा बन्नु अगाडि नै आभुषण, पुण्य, पाप अघिअघि मात्तिएर दौडिरहेको हुन्छ । किनकी अनुभवले परिभाषा बन्छ र त्यो नयाँ आभुषण, पुण्य, पापको निक्र्यौल हुन्छ । आजकाल त यस्तरी पाप दौडिरहेको छ कि आजको द्रुततर कम्प्युटरित २१औँ शताब्दीमा पनि पापलाई पकड्न मुस्किल नै छ कि कुनै पनि प्रविधिले यस्ता पापको परिभाषित गरोस् । अर्को हजारौँ पाप पैदा भैसकेको हुन्छ ।
एउटा उदाहरण हेरौँ । एकजना श्रीमान् पत्नीको लुगा सिलाउन सुचिकारकहाँ दौडेर गइरहेको थियो अनि अरुले नमस्कार गरेको पनि फर्काउन उसलाई फुर्सद छैन किनकी अलि ढिलो भएमा अर्कै फेशन समाजमा चल्न सक्थ्यो । त्यसरी नै पापको पनि फेशन बदलिरहेको हुन्छ त्यसलाई पकड्न कुनै माइकालालले सकिरहेको छैन । चाहे कुनै पनि व्यवस्थालाई हेर्नुहोस् माओवाद, चाहे माक्र्सवाद, चाहे लेनिनवाद, चाहे तानाशाही वाद, चाहे पञ्चतन्त्रवाद । हाम्रैदेशको सन्दर्भमा पनि चाहे प्रचन्डवाद, चाहे वैद्यवाद, चाहे कांग्रेसवाद, चाहे काँग्रेसवाद, चाहे राप्रपावाद, चाहे जुनसुकै पार्टीवाद । धर्ममा पनि चाहे हिन्दुवाद, चाहे, वौद्धवाद, चाहे त्रिश्चियनवाद सबै धर्मका वाद सबै पार्टीकावाद सबैलाई यो पापको फेशनले नै विभ्रम उत्पन्न गरिरहेको छ हरदम । माछो माछो भ्यागुतो गर्दा पनि सधैँ भ्यागुतो । टस गर्दा पनि टेढो । विभ्रम ! विभ्रम !! विभ्रम !!! घुस खाने घुस्याहाको हजार दाउ भनेजस्तै ।
पहिले पहिले दान लाई पुण्य मानिन्थ्यो तर विनापाप दान गर्छ र कसैले ? त्यसैले दानी पापी छन् आजकाल । किनकी पाप नगरी धनी हुँदैन । पहिलेको परिभाषामा धनीको घरमा जन्मनु पुण्यको फल हुन्थ्यो तर अहिले त्यो पापको धनमा जन्मनु जन्मने वित्तिक्कै अलक्षिण लागेजस्तो भावना उत्पन्न गराउँछ ।
यो कुरो जत्ति मिलाउनु खोजे पनि मिल्दैन मिल्ने तरिका एउटै मात्र छ विश्वका सबैको धनको मूल्याङ्कन गरेर त्यसको सबैलाई बराबरी भाग लगाएमा मात्र सबै पुण्य हुन्छ अनि कसैले पापको भागी हुनु पर्दैन ।
२०७१ मङ्सिर २७
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Comments
Post a Comment