Posts

Showing posts from April, 2013

रणसङ्ग्राम म एक्लै लड्छु

Image
 रणसङ्ग्राम म एक्लै लड्छु सुत्दा !,  उठ्दा !,  झल्याँस्स ब्युँझँदा !, बिझाउँछ मलाई बैरीका परेडहरूले ! एकदमै असह्य हुन्छ , छटपटी भइरहन्छ सधैंभरी । आजको मेरो स्वदेश ! मेरो धुकधुकी ! मेरो परम् आत्मा ! पूर्खाले स्वाभिमान बनाएको मेरो देश ! भोलि पराधिन हुने क्रम छ ! भोलि पराइ हुने क्रम छ ! आजको मेरो प्यारो आकाश ! किच्चिएर संकुचन हुने क्रम छ ! मेरो प्यारो ज्यान टुक्रिएको छ  मेरो सर्वस्व टुक्रिएको छ ! मेरो घरको आँगन आज यहाँ छैन ! मेरो सधै माछाको स्तब्ध आँखा भइरहेको छ ! लठ्ठक भएर कति बाँचुँ म ? मेरो देश किन परदेश जान्छ ? मेरो देशको शेष किन निःशेष हुन्छ ? अनिँदो बसिरहँदै पनि ! अँध्यारोमै मेरो देश किन गायब हुन्छ ? आज म बसेको स्वर्गतुल्य देश ! किन पराया भूमि हुन्छ ? बिहानीको प्रभातको मिर्मिरेमा हेर्दा ! किन साँझ हुन्छ ? किन हाम्रो बंकर सब छियाछिया भइसकेको हुन्छ ? किन सुरक्षा दिने सुरुङ्गहरू पुरिइसकेको हुन्छ ? किन जङ्गे पिल्लरहरू सारिइसकेको हुन्छ ? वाटुली भावी आफ्ना सन्तान दरसन्तान बोकी, अँध्यारैमा पहाडतिर डेरा सर्छिन् ! उनले गरेको तराईको बिर्ता ! उनको तराईको पूरै उब्जनी ! बाढी...

कथा (अनौठो तरवार)

चिनीया पौराणिक कथा :–अनौठो तरवार कथाकार :– लु श्यून मूल लेखन अक्टूबर सन् १९२६ नेपाली भाषामा अनुवाद मे सन् १९९८ अनुवादक :–गोपीरमण उपाध्याय प्रकाशक :– एशिया पब्लिकेशन , पुतलीसडक चोक , डिल्लीबजार काठमाण्डौंबाट संकलन बिजु सुवेदी “विजय”द्वारा (    जसरी भारतीय पुराण कथाहरुमा देवी देवताका हतियारहरु शंख , चक्र , गदा , धनुवाण , बञ्चरो , तरवार आदिका ठूला ठूला महिमाहरु गाइएका छन् । त्यस्तैगरी चिनीयाँ पुराण कथाहरुमा पनि तरवारको बारेमा बडो महत्वका साथ वर्णन गरिएको छ ) (एक) मेइ चेन छि आफ्नी आमाको छेउमा सुत्नै थालेको थियो , नजिकैको डेहरीलाई मूसाहरुले कुटुर कुटुर काट्न थाले । त्यो आवाजले मेइ चेन छि दिक्क भयो । मूसाहरु भगाउन उसले चार–पाँच पटक सिउँ–सिउँ त गर्यो तर तिनीहरुले टेर्दै टेरेनन् । दिनभरि कामको थकाइले लस्त भएर सुतेकी आमाको निन्द्रा नखल्बलियोस् भनेर ती मूसाहरु भगाउन अलि टाठो आवाज पनि गर्न सकेन । धेरैबेरसम्म तिनीहरुले खलबल मचाउँदै रहे । मेइ चेन यसो निदाउन खोजेको थियो , नजिकै पानी भएको घैंटोमा अर्को मूसाले छपाक् गरेको आवाज सुनियो । मूसाले घैटोंबाट बाहिर आउने निकै कोशिश गर्यो , तर स...

एकछिन हाँसौं

Image
एकछिन हाँसौं संकलक ः विजु सुवेदी “विजय”   "हजुर प्रोफेसर अँ ! लेक्चर हो कि ?" "हैन म न लेक्चर हुँ न प्रोफेसर ! मात्र ब्लड प्रेसरको औषधि खान विर्सेको हुँ ।" चुट्किला १ एकदिन रामले उसको छोरो हरिलाई सोध्यो राम ः– छोरा तिमी ठूला भएपछि कोसँग बिहे गर्छौ ? छोरा (हरि) ः– बुबा म त तपाईंको आमा वा मेरी हजुरआमासित बिहे गर्ने हो नि राम ः– के तिमीलाई लाज छैन मेरी आमासँग बिहे गर्ने ? छोरा ः– अनि त्यसो भए किन तपाईंले मेरी आमासँग बिहे गर्नु भएको त ? चुट्किला २ दिपेश ः– यदि म ऊ त्यो नरिवलको रुखमा चढेँ भने इञ्जिनीयरिङ्गका केटीहरु देख्न सक्छु । समीर ः– अनि हात छोडिस् भने हस्पिटलका केटीहरु देख्नेछस् । चुट्किला– ३ दाइ ः– सुनिल , कुनै यस्तो उपहारको नाम बता न जो सिधै तेरो भाउजूको दिलमा लागोस् । भाइ ः– गोली हान्दे । चुट्किला ४ पहिलो गफाडी ः– तिमीलाई थाहा छ ? मेरो बुबा त एकतल्लाबाट खसेर हात भाँच्चिएको थियो । के सचिनको हात हालिदिएका त क्रिकेटमा छक्कै–छक्का ल्याउँछ  यार । दोस्रो गफाडी ः– तेरो बुबा त जाबो त्यत्ति, मेरो बुबा त झन् दुईतल्लाबाट खसेर खुट्टा भाँचिएको थियो । के कङ्गारुको खुट्टा हा...

प्र.ले.सं.को अध्यक्ष गिरीलाई हार्दिक बधाई

Image
नेपालमा प्रगतिवादी साहित्यको सुरूवात २००८ सालदेखि भएको थियो र प्रगतिशील लेखक संगठन पनि त्यही वेलादेखि नै स्थापना भएको थियो । अनेकौं उतार चढाव पार गर्दै हालै २०७० साल बैशाख १ गते नेपालका वामपन्थी लेखकहरूको साझा संगठन प्रगतिशील लेखक संघले कवि तथा समालोचक अमर गिरीलाई सर्वसम्मत अध्यक्ष चुनेको छ । राजधानीमा शनिवार सम्पत्र नवौं राष्ट्रिय सम्मेलनले ९१ सदस्यीय राष्ट्रिय परिषद र ४५ सदस्यीय केन्द्रिय समितिमा कवि मित्रलाल पंज्ञानी महासचिव चुनिए । संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर,सत्य पहाडी, शशीधर भण्डारी र हीरामणी दुःखी छानिए भने सचिव र कोषाध्यक्षमा क्रमशः आर एम डङ्गोल र विष्णु भण्डारी निर्वाचित भए । गिरी यस अघि महासचिव भइसकेका हुन् भने पंज्ञानी अखिल नेपाल लेखक संघका उपाध्यक्ष र प्रतिभा प्रवाहका अध्यक्ष छन् । ‘ प्रतिभा पहिचान गर्दै गाउँ–गाउँसम्म प्रगतिशील सिर्जनाको अभियानलाई पु¥याउने कोशिश गर्नेछौं ’, नवनिर्वाचित महासचिव पंज्ञानीले भने । उनका अनुसार विभित्र चिरामा बाँडिएका लेखकहरूबीच वैचारिक मन्थन गर्दै सबैलाई समेट्ने कार्यक्रम ल्याइनेछ । अध्यक्ष गिरीले चुनौतीहरूलाई चिरेर साहित्यका...

साहित्यको लाज बचाइदिनुस्

Image
गद्य कविता :– साहित्यको लाज बचाइदिनुस् बिजु सुवेदी “विजय” सम्पूर्ण लेखक , साहित्यकारज्यूहरूलाई सरल रूपमा लेखन गरिदिनुहुन अनुरोधका साथ यो गद्य कविता समर्पण गरेको छु । यसको उदाहरण  स्कूल शिक्षा पूरा नगरेको समयमा सानै उमेरमा लेख्नु भएको “ छापामार युवतीको डायरी” तारा राई तथा  घरमै सङ्घर्ष पूर्ण वातावरणमा स्व अध्ययन गरेर खुट्टाको भरमा सानै उमेरमा लेख्नुहुने  “जीवन काँडा कि पूmल”का झमक घिमिरेहरू सरस्वतीका अवतार हुन्् । शायद अहिलेको ५ वर्षको अवधिमा उहाँहरूको कीर्तिमान कसैले तोड्न सकेका छैनन् । त्यसैले म पनि सरल लेख्नमा प्रोत्साहित भएको छु । आफूले पनि केही गरी पाठकले नबुझ्ने गरी कठीन भाषाहरू प्रयोग गरेर पाठकहरू रणभुल्लमा पर्नुभएको भए म उहाँहरूप्रति माफी माग्दै यहाँहरूले पनि यसै अनुरूप कलम चलाइदिनुहुन विनम्र अनुरोध गर्दै यो गद्य कविता पेश गरेको छु । गद्य कविता :– साहित्यको लाज बचाइदिनुस् बिजु सुवेदी “विजय” हे मेरा बहिनीभाइ, हे मेरा दिदीदाजु तपाईंहरूले धेरै समस्याहरू झेलिसक्नुभो होला आफ्नो अबुझपनका कारण यस्ता धेरै भए होलान् त्यसैले अरु कसैले यस्ता समस्या झेल्न नपरोस् ...

कविता :– भगवानको रोवोट

कविता :– भगवानको रोवोट बिजु सुवेदी “विजय” म एउटा तिम्रोे रोबोट अरूहरू पनि त्यस्तै म जस्तै रोबोटहरू म एउटा रिमोटबाट सञ्चालित किनकी मेरो दिमाग रिमोटबाट सञ्चालित छ मेरो दिमाग कुनै मनुवाले भनेको मान्दैन तर पनि मेरो दिमाग मेरो वशमा छैन कसैले भनेको नमान आफुलाई भित्रबाट जे लाग्यो त्यो गर भन्छ तर आफ्नो दिमाग तिमीबाट सञ्चालित छ हो दिमाग रिमोटबाट सञ्चालित छ त्यो रिमोट दबाउने को हो ? त्यही रिमोटले कसैलाई तिमीले असल बनाइदिन्छौ त्यही रिमोटले कसैलाई तिमीले खराब बनाइदिन्छौ त्यो रिमोट दबाउने तिमी भगवान हो ? भगवान हो भने किन पाप बढेको ? के पाप बढाउने तिमीलाई अधिकार छ ? के पाप बढाउने तिम्रो कर्तब्य हो ? के  सबै दिमागलाई तिमीले पापमुक्त गर्न सक्दैनौ ? कि तिम्रो रिमोटमा पनि भाइरस छ ? बिधिको विधानको कम्प्युटर मर्मत गर भगवान किन राम्रो मात्र गर्छु भत्रेहरू एक्लिरहेका छन् किन पापको बोलवाला छ ? तिम्रो एक दवाइमा बहार आउन सक्छ किन तिमीलाई कञ्जुस्याइँ भइरहेछ शायद यो कलियुग हो तिमी भगवानको पनि सुत्ने समय यो त्यसैले जहीँतहीँ राक्षशी राज छ यत्ति भत्र बाहेक के नै गर्न सक्छु र मैले आफ्नो हातमा रिमोट राखी किन सुत...

अन्तिम परीक्षा

कविता :– अन्तिम परीक्षा बिजु सुवेदी “विजय” चोरेको छैन ढाँटेको छैन लुटेको छैन परिश्रम गर्न छोडेको छैन स्वदेशको माया धेरै लाग्छ परदेशमा काम गरेको छैन सरकारी काम गर्न सोर्स–फोर्स छैन साहूहरुको काम गरिरहेछु साहूहरुले श्रमको मूल्य दिएका हैनन् कत्ति ठाउँमा काम गरिसकेँ कसैले श्रमको मूल्य दिएनन् बरु तालिम भन्छन् उनीहरु जीवन धात्र गाह«ो भएको छ कसरी लालावालालाई खुवाउने ? समस्या जिउँका तिउँ छ पैसा कहिल्यै बचाउन सकेको हैन कुनै लगानी गर्न सकेको छैन व्यापारी पनि बत्र सकेको हैन पढेपछि केही न केही त हुन्छ नि भनेर पढाइ भने टत्र गरेको छु सरस्वतीको वास छ लक्ष्मीको वास छैन सबैले तैंले जेपनि काम जान्छस् भन्छन् सहयोग माग्न आउँछन् दया पलाएर आउँछ तुरुन्तै काम गरिदिन्छु लालावालाका लागि केही हुन्छ कि भन्छु तर काम मात्र टुङ्ग्याउनी गर्ने श्रमको मूल्य कसैबाट पाउँदिन ल दाइ भएर पनि ल दाइले काम जानेको हाम्रै लागि त हो नि ? ल यत्ति सहयोग पनि नगर्ने ? जाबो धन्यवाद दिन नै कञ्जुस्याइँ गर्छन् आशा छैन यिनीहरुसँग पनि यसो आफुले सहयोग गरेजस्तो अरुबाट जहिले भए पनि सहयोग पाए त हुने नि तै...

तिमीले पनि म जस्तै माया दिएर हेर

००००००००००००००००००००००००००० गीत :– तिमीले पनि म जस्तै गीतकार :– भीम विराग ००००००००००००००००००००००००००० तिमीले पनि म जस्तै माया दिएर हेर मायालुको सम्झनामा आफूलाई विर्सि हेर मायालुको सम्झनामा आफूलाई विर्सि हेर तिमीले पनि म जस्तै माया दिएर हेर ००००००००००००००००००००००००००० सुनसान रातसँगै एकान्त भएर हेर सुनसान रातसँगै एकान्त भएर हेर सागरको लहर जस्तै अशान्त भएर हेर आँसुका थोपा जस्तै भुइँमा खसेर हेर मायालुको सम्झनामा आफूलाई विर्सि हेर मायालुको सम्झनामा आफूलाई विर्सि हेर तिमीले पनि म जस्तै माया दिएर हेर ००००००००००००००००००००००००००० पूजाको फूल जस्तै दिनदिन मरेर हेर पूजाको फूल जस्तै दिनदिन मरेर हेर ढुङ्गाको मूर्ति जस्तै दोबाटोमा बाँची हेर छातिमा एउटा घाइते मुटु बोकेर हेर मायालुको सम्झनामा आफूलाई विर्सि हेर मायालुको सम्झनामा आफूलाई विर्सि हेर ००००००००००००००००००००००००००० तिमीले पनि म जस्तै माया दिएर हेर ००००००००००००००००००००००००००० <<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<<...

कविता :– सहकारी नारा

कविता :– सहकारी नारा बिजु सुवेदी “विजय” गुणस्तरीय वित्तिय सँस्था सहकारी सहकारी सहकारी सहकारी नै किन ? हरपल वित्तिय सेवा दिन सहकारीमा धेवा गुणस्तरीय सेवा सहकारीमा आजको वचत भोलिको भविश्य सुनिश्चित सहकारीको सेवा तपाइँको भविश्यको टेवा सहकारीमा वचत हुन्छ भविश्य सुनिश्चित आयो आयो आयो सहकारी आयो बचत गरौं सहकारीमा सचेत बनौं ढुक्क सँगमा सहकारीमा नगद जम्मा ब्याज तपाइँको घर–दैलोमा सहकारीमा नगद राखे पुग्छ भविश्य सुनिश्चित हुन्छ सहकारीमा नगद राखौं साँच्चिकै सचेत बनौं हरपलको वित्तिय साथी एक मात्र छ  सहकारी सहकारीमा बचत गरौं भविश्य सुनिश्चित पारौं सबैलाई एउटै जानकारी बित्तिय सँस्था मात्र सहकारी सचेत नागरीक सधैं भन्दछ बित्तिय सँस्था सहकारी गजब छ वित्तमा तहल्का मच्चायो सहकारी  हामी माझ आयो वित्तिय लगानी तपाइँको ब्याज सुनिश्चित सबैको नगद जम्मा गर्ने कहाँ ? सहकारी छ जहाँ सबैले भन्दछ हाम्रो त्यसैले  सहकारी राम्रो नगद राख्ने एकमात्र ठाउँ त्यसैले सहकारीमै जाऊँ सबैले नगद राख्ने ठाउँ लौ है सहकारीमै जाउँ नगद जम्मा गर्ने कता ? ब...