प्र.ले.सं.को अध्यक्ष गिरीलाई हार्दिक बधाई
नेपालमा प्रगतिवादी साहित्यको सुरूवात २००८ सालदेखि भएको थियो र प्रगतिशील लेखक संगठन पनि त्यही वेलादेखि नै स्थापना भएको थियो । अनेकौं उतार चढाव पार गर्दै हालै २०७० साल बैशाख १ गते नेपालका वामपन्थी लेखकहरूको साझा संगठन प्रगतिशील लेखक संघले कवि तथा समालोचक अमर गिरीलाई सर्वसम्मत अध्यक्ष चुनेको छ । राजधानीमा शनिवार सम्पत्र नवौं राष्ट्रिय सम्मेलनले ९१ सदस्यीय राष्ट्रिय परिषद र ४५ सदस्यीय केन्द्रिय समितिमा कवि मित्रलाल पंज्ञानी महासचिव चुनिए ।
संघका उपाध्यक्षमा मातृका पोखरेल, गोपाल ठाकुर,सत्य पहाडी, शशीधर भण्डारी र हीरामणी दुःखी छानिए भने सचिव र कोषाध्यक्षमा क्रमशः आर एम डङ्गोल र विष्णु भण्डारी निर्वाचित भए ।
गिरी यस अघि महासचिव भइसकेका हुन् भने पंज्ञानी अखिल नेपाल लेखक संघका उपाध्यक्ष र प्रतिभा प्रवाहका अध्यक्ष छन् ।
‘ प्रतिभा पहिचान गर्दै गाउँ–गाउँसम्म प्रगतिशील सिर्जनाको अभियानलाई पु¥याउने कोशिश गर्नेछौं ’, नवनिर्वाचित महासचिव पंज्ञानीले भने । उनका अनुसार विभित्र चिरामा बाँडिएका लेखकहरूबीच वैचारिक मन्थन गर्दै सबैलाई समेट्ने कार्यक्रम ल्याइनेछ । अध्यक्ष गिरीले चुनौतीहरूलाई चिरेर साहित्यका क्षेत्रमा हस्तक्षेपकारी भूमिका खेल्न उनको नेतृत्वले पहल गर्ने बताए ।
केन्द्रिय सदस्यहरूमा केशव सिलवाल, यज्ञबहादुर डाँगी , पदमप्रसाद शर्मा, नेत्र एटम, रविलाल अधिकारी, कृष्णराज अधिकारी, अर्जुन खालिङ, निमेश निखिल, तेजविलास अधिकारी, लक्ष्मी माली, विन्दा मैनाली, मोदनाथ मरहठ्ठा, अनिल श्रेष्ठ लगायत चुनिएका छन् । त्यसैगरी राष्ट्रिय परिषद सदस्यमा राजकुमार राई , चिरन पुन, डिडी अधिकारी, डा. यदुनन्दन उपाध्याय, वन्दना ढकाल, विभूति भट्टराई, मुरारी पराजुली, प्रमोद धिताल, विष्णु ज्ञवाली, लगायत चुनिए । संघले गठन गरेको १५ सदस्यीय सचिवालयमा पदाधिकारीसहित चन्द्रा थानी, जयन्ती स्पन्दन, सङ्गीत श्रोता, पूण्य गौतम विश्वास, विजयराज आचार्य छन् ।
निवार्चित सबै सदस्यहरूलाई सफलतापूर्वक कार्य सञ्चालन गर्न सकोस् भत्रे शुभ–कामनासमेत व्यक्त गर्दछु ।
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमाण्डौं
bijusubedi@gmail.com

Comments
Post a Comment