एकछिन हाँसौं

एकछिन हाँसौं
संकलक ः विजु सुवेदी “विजय”
 
"हजुर प्रोफेसर अँ ! लेक्चर हो कि ?"

"हैन म न लेक्चर हुँ न प्रोफेसर ! मात्र ब्लड प्रेसरको औषधि खान विर्सेको हुँ ।"

चुट्किला १

एकदिन रामले उसको छोरो हरिलाई सोध्यो
राम ः– छोरा तिमी ठूला भएपछि कोसँग बिहे गर्छौ ?
छोरा (हरि) ः– बुबा म त तपाईंको आमा वा मेरी हजुरआमासित बिहे गर्ने हो नि
राम ः– के तिमीलाई लाज छैन मेरी आमासँग बिहे गर्ने ?
छोरा ः– अनि त्यसो भए किन तपाईंले मेरी आमासँग बिहे गर्नु भएको त ?

चुट्किला २

दिपेश ः– यदि म ऊ त्यो नरिवलको रुखमा चढेँ भने इञ्जिनीयरिङ्गका केटीहरु देख्न सक्छु ।
समीर ः– अनि हात छोडिस् भने हस्पिटलका केटीहरु देख्नेछस् ।

चुट्किला– ३

दाइ ः– सुनिल , कुनै यस्तो उपहारको नाम बता न जो सिधै तेरो भाउजूको दिलमा लागोस् ।
भाइ ः– गोली हान्दे ।

चुट्किला ४

पहिलो गफाडी ः– तिमीलाई थाहा छ ? मेरो बुबा त एकतल्लाबाट खसेर हात भाँच्चिएको थियो । के सचिनको हात हालिदिएका त क्रिकेटमा छक्कै–छक्का ल्याउँछ  यार ।
दोस्रो गफाडी ः– तेरो बुबा त जाबो त्यत्ति, मेरो बुबा त झन् दुईतल्लाबाट खसेर खुट्टा भाँचिएको थियो । के कङ्गारुको खुट्टा हालिदिएको त कहाँ–कहाँबाट जम्प हान्छन् यार ।
तेस्रो गफाडी ः– तिमीहरुको बुबा त जाबो त्यत्ति , मेरो बुबा त झन् तिनतल्लाबाट खसेर भुँडी फुटेको थियो । के भैंसीको भुँडी हालिदिएको त दिनको दश लिटर दूध दिन्छन्  यार ।

चुट्किला ५

बुबा ः– ( लेखिरहेकी छोरीसँग ) छोरी तिमीले के लेखेकी ?
छोरी ः– मैले साथीलाई चिठीलेखेकी नि बुबा ।
बुबा ः– तिमीलाई चिठी लेख्न आउँदैन नि हैन र ?
छोरी ः– साथीलाई पनि त पढ्न आउँदैन नि ?

चुट्किला ६

बुबा ः– बाबु भन त तिम्रो कक्षामा सबैभन्दा मेहेनती विद्यार्थी को छ ?
छोरा ः– मै हुँ बुबा ।
बुबा ः– कसरी ?
छोरा ः– सबै विद्यार्थी कमजोर  छन् । त्यसैले आरामसँग बसिरहन्छन् तर ममात्र हरेक घण्टीमा कान समातेर बेञ्चमाथि उभिने गर्छु ।

चुट्किला ७

आमा ः– छोरा ! आज स्कुल जाँदैनस् ।
राम ः– जात्र आमा ।
आमा ः– किन ? के भयो ?
राम ः– हिजो हामीले कुल जोखेका थियौं , आज गयौं भने बेच्छन् होला ।

चुट्किला ८

एकपल्ट रामको विद्यालयमा हेल्थ चेकअप भएछ र डाक्टरले रामसँग कुराकानी गर्नुभएछ ।
डाक्टर ः– बाबु तिमीलाई कहिल्यै चिकेन पक्स भएको छ ?
राम ः– अहँ छैन , किनभने म शाकाहारी हुँ ।

चुट्किला ९

सुनिल ः– अजयदाइ तपाईं सम्झनुहोस् कि बिहान उठ्दा तपाईंलाई थाहा भयो कि तपाई लखपति बत्रुभयो । अब तपाईं के गर्नुहुन्छ ?
अजय ः– म फेरि सुत्नेछु र तबसम्म उठ्दिन जबसम्म म करोडपति बन्दिन ।

चुट्किला १०

बहिरो ः– मलाई माफ गर्नुहोला । मसँग धेरेबेर कुरा गरिरहनु भएको छ , तर म बहिरो भएकोले केही सुत्र सकिरहेको छैन ।
बटुवा ः– मैले तपाईंसँग कुरा गरेको होइन , मैले त चुइँगम पो चपाएको हुँ ।

चुट्किला ११

शिक्षकले शिवलाई सोधे ः– शिव तिम्रो सबै विषयमा नंबर धेरै छ तर अङ्ग्रेजीमा किन थोरै ?
शिवले भन्यो ः–  त्यो दिन जाँचमा किताब लान बिर्सेर सर ।

चुट्किला १२

राम ः– एउटा पोखरीमा ५ जना मानिस हाम फाले र पौडी खेले । सबै पोखरीबाट बाहिर आउँदा एउटाको मात्र कपाल भिजेको थियो किन ?
श्याम ः– यो हुनै सक्दैन । आफै उत्तर बताऊ ।
राम ः–  बाँकी चारजना चिण्डे थिए क्या ।

चुट्किला १३

रामले श्यामलाई गाउँखाने कथामा हराएछ
राम ः अब तिमीले गाउँ दिनु पर्यो
श्याम ः लडगाउँ लैजाऊ
राम ः त्यस्तो गाउँ पनि छ र
श्याम ः बंगलादेशमा चट गाउँ त छ भने । खोजेर लैजाऊ । भेटिहाल्छ नि जहाँ पनि छ लडगाउँ ।

चुट्किला १४

दमन ः– ओइ समीर , तिमी किन सधैं मन्दिर जान्छौ ?
समीर ः– किनकी त्यहाँ पूजा , अर्चना , भावना , वन्दना , र उपासना सबै (केटीहरु) भेटिन्छन् नि त ।

चुट्किला १५

ग्राहक ः साहूजी यो दुई जोर जुत्ताको दाम कति हो ?
साहूजी ः ५०० रुपियाँ ।
ग्राहक ः तुना सित्तैमा ।
ग्राहक ः हेर्नुस् , मेरो तुना नभएर , जुत्ताको हालत । एकजोर तुना दिनोस् त ।
साहूजी ः हँ
ग्राहक ः अँ

चुट्किला १६

तीनजना गफाडीहरु भेट भएछन्
पहिलो गफाडी ः– मेरो बुबाको यत्ति लामो दाह«ी छ कि हामी सधैं त्यसमा झुण्डिएर पिङ खेल्छौं ।
दोस्रो गफाडी ः– मेरो बुबाको यत्ति लामा कपाल छ कि हामी सधैं बुबाको कपालमा पिङ खेल्छौं
तेस्रो गफाडी ः– मेरो बुबाको यस्तो तालु छ कि हामी सधैं त्यो तालुमा तेल लगाएर चिप्लेटी खेल्छौं ।

चुट्किला १७

अन्धोलाई उसको साथी रमेशले एकदिन बजार घुमाउन लगेछ । जाँदाजाँदै बाटोमा रमेशले उसको साथीलाई साह«ै प्यास लाग्यो , यताउता पानी पनि छैन , हिँड ऊ त्यो पसलमा दूध किनेर खाउँ भन्यो ।
अन्धो ः– दूध कस्तो हुन्छ यार ?
रमेश ः सेतो हुन्छ ।
अन्धो ः कस्तो सेतो
रमेश ः बकुल्ला जस्तो सेतो
अन्धो ः बकुल्ला चाहिँ कस्तो हुन्छ ?
रमेश ः यस्तो हुन्छ ( आफ्नो हात बटारेर छाम्न लगायो )
अन्धो ः ए होस् । यस्तो बाङ्गो हुँदो रहेछ । दूध त म खात्र अड्किन्छ ।

चुट्किला १८

एउटी बूढी थिई । ऊ एउटा बसमा चढी । त्यो बसको ड्राइभर बाहिर गएको थियो । त्यो बूढीलाई थकाइ लागिरहेको थियो र जब उनी सिटमा बसी त्यो सिटले उसलाई दुख्यो र ऊ उठेर ड्रइभरको सिटमा गएर बसी । त्यो सिटमा उसलाई आराम भयो । केही छिनपछि त्यहाँ ड्राइभर आयो र त्यो बूढीलाई भन्यो ः– आमा तपाईं उता गएर बस्नुस् त ।
त्यो बूढीले भनी ः– बाबु तिमीले यो बस उता बसेर चलाए हुत्र र ?

चुट्किला १९

एकादेशमा एउटा श्याम र सर थिए । सरले श्यामलाई सोध्नुभयो । श्याम तिमीलाई क ख आउँछ ? आउँदैन सर । तिमीलाई ए बि सी आउँछ ? आउँदैन सर ।  अनि तिमीलाई के आउँछ त श्याम ? तपाईंको लठ्ठी देखेर सू आउँछ सर ।

चुट्किला २०

एकादेशमा दुईजना मानिस थिए । तिनीहरु सिनेमा हेर्न गएका थिए । एकजनासँग धेरै चकलेट थियो । त्यो धेरै लोभी थियो ।
ऊ ट्वाइलेट जाने भनेर गयो र उसले त्यहाँ चकलेट खोलेर खान लागेको बेला चकलेट ट्वाइलेटमा खस्यो । उसले त्यो चकलेट टिपेर खायो र सिनेमा हेर्न आयो । सिनेमामा गीत आयो “ भन्दिन्छु , भन्दिन्छु........... भन्दिन्छु , भन्दिन्छु.......।” त्यो मानिसले भन्यो आफ्नो साथीलाई नभनिदेऊ न ल ! फेरि गीत आयो “ भन्दिन्छु , भन्दिन्छु........... भन्दिन्छु , भन्दिन्छु.......।” त्यो मानिसले भन्यो नभन् भन्या सुनेनस् । सिनेमा हेर्ने सबै मानिसले उसलाई छक्क परेर हेर्यो । “ भन्दिन्छु , भन्दिन्छु...........भन्दे भन्दे मैले जाबो ट्वाइलेटमा खसेको चकलेट खाको त हो नि ।


चुट्किला २१

शिक्षकले विद्यार्थीलाई प्रश्न गरे ः
शिक्षक ः राम हरियो सागपात खाएमा के फाइदा हुन्छ ?
राम ः हरियो सागपात खाएमा आँखा तेजिलो हुन्छ र चश्मा लगाउनु पर्दैन ।
शिक्षक ः जस्तै उदाहरण ।
राम ः जस्तै गाई , भैंसी , भेडा , बाख्रा आदि ।

चुट्किला २२

एकादेशमा एकजना ड्राइभर थियो । मध्य रातको बेलामा एउटी राम्री केटीले हात हल्लाइरहेकि थिइन्
ड्राइभर ः कहाँ जानु हुन्छ  यत्ति राति ?
केटी ः यहाँदेखि १ किलोमीटरमा मेरो घर छ ।
( केटीले चिहानै चिहान भएको ठाउँमा रोक्न लगाइन् )
ड्राइभर ः तपाईं भूत पो हो कि क्या हो ?
केटी  ः हो तनि ?
ड्राइभर ः ल मलाई  तर्साउनुस् त ?
केटी ः हाङ्गुजी , हाङ ।
ड्राइभर ः– छ्या यस्तो पनि तर्साएको हुन्छ ?
केटी ः भर्खर त मरेकी , तर्साउन प्राक्टिस गर्दैछु क्या ?

चुट्किला २३

राम ः ए श्याम एकादेशमा एउटा बाघले एउटा हात्तीलाई मार्ने कोशिश गरिरहेको थियो । हात्ती एकदमै तर्सिएर भाग्यो । हात्ती भाग्दा–भाग्दा एउटा सानो मुसोलाई बाटोमा भेट्यो । हात्तीले मुसालाई सबै कुरा भन्यो र मद्दत माग्यो । मुसाले एउटा कुरा भत्रे वित्तिक्कै हात्ती एकदमै हाँस्यो ।
राम ः त श्याम तिमी भन त । मुसाले हात्तीलाई के भन्यो ?
श्याम ः अहँ थाहा छैन ।
राम ः धत् लाटा मुसाले हात्तीलाई मेरो पछाडि लुक भनयो नि ।


र अन्त्यमा

युवा

ढल्ने गरी मदिरापान
चोकगल्लीमा हानाहान
लामो कपाल डिङ्गो सूज
धनी बाउकी छोरी चुज
नयाँ जुत्ता च्यात्या सट
बाउको पैसा दिनमै चट

बूढा

तात्रुपर्ने गाँजा भाङ
दौरा सुरुवाल किलामा ताङ
जुङ्गा टुपी गोली हान
गाउँकी छोरी बुहारी तान
कन्दनी जनै झोलामा कोच
मःम र रक्सी खोसाखोस

बूढी

सारी चोलो मुर्दाबाद
कुर्ता सुरुवाल जिन्दावाद
छोरीको प्यान्ट लाउन दे
तीजमा पपगीत गाउन दे
हतार हतार मिनिस्कर्ट लाऊ
साठीवर्षमा पोइला जाऊ

संकलक ः–बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

पुस्तागत अध्ययन : एक अध्ययन

विज्ञान कथाः अनन्त यात्रा