न कि कुर्सीको अभिसप्त
आजले नाकाबन्दी भएको २ महिना र मधेसमा आन्दोलन भएको १०० दिन पूरा भइसकेको छ । तर यत्तिबेलासम्म पनि सत्तापक्ष र आन्दोलनरत पक्ष बीच निष्कर्ष सहितको सम्झौता हुन सकेको छैन । एकातिर मधेसी दलहरू सबैको साझा धारणा बनेको छैन भने सत्ताधारीहरूको पनि एकमत भएको छैन । यो पनि जनतालाई अनिर्णयको बन्दी बनाइनुको प्रमुख कारक हो । आन्दोलनरत दल पनि उत्तेजक रुपमा आन्दोलनबाट सबै माग पूरा गराउन तल्लिन देखिएका छन् भने सत्तापक्षहरू पनि मागको सम्बोधन नगरी त्यसै आलटालमा व्यस्त भए झैँ देखिन्छन् । यस नाकाबन्दी सहितको आन्दोलनले बजारभाउ आकास्सिएको छ । काला बजारियाहरूलाई अकुत सम्पत्ति कुम्ल्याउने साधन प्राप्त भएको छ । यस्तोमा यो आन्दोलनमा घुसपैठहरूले आन्दोलनलाई अँझ हिँस्रक बनाई लम्ब्याउन एम्बुलेन्स तोडफोड गर्ने, ड्राइभरहरूको टाउकोमा प्रहार गर्ने, आयात गरिएका औषधीको गाडी नष्ट गरिरहेका छन् । त्यसमाथि भारतले नाकाबन्दी गरेकाले गर्दा बिरामीहरूलाई उपचार गर्न ठूलो सकस भइरहेको अवस्था छ । त्यस्तै प्रहरीले पनि संयमित नभई अन्तर्राष्ट्रिय कानूनको बेवास्ता गरी आन्दोलनकारीको टाउको ताकीताकी गोली हान्ने, घरकामे माथिल्लो तल्लामा झ्यालमा...