प्रभात तिमी आऊ न

प्रभात तिमी आऊ न यहाँ अँध्यारो छ साह्रो
सदियौँ भयो प्रकाश यहाँ छिरेको होइन

गरिब, दुःखी, निमुखा सबै आँसुको दहमा
उजेली बनी बेजोड आऊ देखाऊ चकमा
समीप अझै आएमा तिमी कहर मेट्नेछ
जीवन ज्योति झलल्ल गरी सहारा हुनेछ

साङलोले युक्त यी हात दुबै पीडा यो असह्य
तिमीले गर यो मुक्ती लाई उठाऊ सगर
सदाका लागि आएर तिमी सन्ताप मेटाऊ
साँझ यो ढाल्ने कुनै नि मेसो कतै नै नल्याऊ

२०७२ मङ्सिर १ मङ्गलबार
बिजु सुवेदी “विजय”
कुलेश्वर,काठमाडौँ
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा