प्रधानमन्त्री केपी ओलीको आज ६ बजेको सम्बोधन

प्रधानमन्त्री  केपी ओलीको आज ६ बजेको सम्बोधन

प्रधानमन्त्री केपी ओलीले सबैभन्दा पहिले म संबिधान बन्दाको सबैभन्दा पहिलो प्रधानमन्त्री भने । संबिधान बन्नुभन्दा पहिले नै भद्र सहमती यसो भएको बारे पनि खुलाए ।  एकातिर असोज ३को ऐतिहासिक संबिधानले लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्ष संस्थागत गरेर विश्वको लोकतान्त्रिक संविधानमा सर्वोत्कृष्ट संबिधान बनेर सङ्क्रमणकाल समाप्त भएको र राजनीतिक समाधान भएको भने भने अर्कोतिर मधेसी नेताहरुको माग बमोजिम औचित्यका आधारमा संबिधानलाई संसोधन गर्नसक्ने प्रदेश संसोधन गरी प्रादेशिक सिमाङ्कन गर्न सरकार तयार छ पनि भने । यसरी संबिधान बन्न सहादत भएकाहरु तथा मदन भण्डारी, बीपि तथा पुष्पलालप्रति सम्मान तथा श्रद्धाञ्जली अर्पण पनि गरे । त्यस्तै यो बनेको संबिधान प्रगतिशील , जनमुखी संबिधान बनेको भन्न पनि चुकेनन् ।

भूकम्पले गर्दा इतिहासमै चुनौतीपूर्ण नवनिर्माणको अभिारा भएको पनि बताए । अकल्पनीय नाकाबन्दी हाम्रो ठूलो दुईटा चाडमा भयो भने । नेपाली जनताको सुझबुझ प्रशंसनीय तथा समस्यासँग जुझेर सद्भाव देखाएकोमा आभार पनि प्रकट गरे । भूकम्पमा ९हजारभन्दा बढीको ज्यान गएको, २३,००० घाइते भएको लाखौँ घरबार हिहीन भएर ७ खर्बभन्दा बढी क्षती भएको थियो भने नाकाबन्दीले त्योभन्दा बढी नोक्सान भएको दुःखेसो पोखे । 

“दक्षिणी सिमाबाट अघोषित नाकाबन्दीले विभिन्न बहानामा आयात निर्यात भएन । इन्धन, औषधी , खाद्यान्न सीमाषेत्रमा रोकिए । अहिले बिरामीहरु जोखिममा छन् । रगत प्याक गर्ने पोकाको अभाव छ । अस्पतालहरु बन्द हुने अवस्थामा छन् । युद्धका बेला नहुने संकट अहिले छ । संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील तथा सार्कको भावनाहरुको अवमूल्यन र उलंघन भएको  छ । अग्रीम भुक्तानिका सामानहरु समेत आपूर्ति नभएकोले छिमेकी भारतको अपृय भएकोमा कुनै शङ्का छैन । प्रयत्न जारी छ । भारतलाई योगदान गर्न आग्रह गर्दछु । भूकम्पले थिलथिलो भएको देश अझै नराम्रो भएको छ । आफ्नै देशमा दूध, तरकारी आपूर्ति हुन इन्धनले रोकेको छ । स्कूलका गाडीहरु नचलेकाले २०औँ लाख बालबालिकाको भविष्य अन्धकार छ । यो क्षेत्रका जनताहरु ठूलो मारमा परेका छन् । विश्व युद्धका मोर्चादेखि , संयुक्त राष्ट्र संधका शान्तिको मोर्चामा योगदान दिएको देश हो हाम्रो । भूकम्प पीडितलाई पनि यस अघोषित नाबाबन्दीले धेरै असर पारेको छ । सुत्केरी तथा नवजात बालकहरुबा बारेमा सरकार धेरै संवेदनशील छ । निर्माण सामग्रीको अभाव छ । भूकम्पले गर्दा ५लाख मानिस गरिबीको रेखामुनि परिसकेका छन् । तर अहिले  नाकाबन्दीले भूकम्पले भन्दा बढी समस्या निम्त्याएको छ । तराई मधेसको समस्या हाम्रो साझा समस्या हो । राष्ट्रिय हित र देशभक्तिका लागि तराईलाई सम्मान गर्दछु । किसान, दैनिक गुजारागर्नेहरु त्यहाँ बढी समस्यामा परेका छन् । क्रुरपूर्ण टीकापुर घटना, फेरि ४७ जनाको ज्यान जानु तथा मृतक सबैमा समवेदना प्रकट गर्दछु । मृतकलाई १० लाख दिने तथा सबैका मुद्दा फिर्ता लिने प्रकृया भइसकेको छ । त्यसैले आन्दोलनरत दलहरुलाई आन्दोलन स्थगित गरी वार्तामा आउन आव्हान गर्दछु । लोक तन्त्रप्रति प्रतिबद्ध छु । कानुनको पालना र मानबअधिकारप्रति प्रतिबद्ध छु । उद्योग व्यवसायको सुरक्षप्रति प्रतिबद्धद्ध छु । आफ्नो अधिकार प्रयोग गर्दा अरुको अधिकार हनन हुन दिइने छैन । 

एउटै मुलुक र एउटै नाकामा निर्भर भएकोले यो अवस्था आयो । एकतर्फी मात्र ब्यापार भएकोले यसबाट पाठ सिक्नुपर्छ । यसलाई सुध्राएर अवसरमा बदल्नुपर्छ ।  सदियौँ देखिको सम्बन्ध भएको चीनलाई यस संकटमा इन्धनका लागि धन्यवाद । चीनसँगको सडक स्तरोन्नति गरिनेछ । यसो गरिनु भनेको यो कुनै राष्ट्रको विरुद्ध होइन । हाम्रो देशको हितको लागि हो । हामी पारवहनमा हक लिन चाहन्छौँ ।  हुनत यो बार्षिक बजेटको पहिलो चौमासिक अवधि सकिसकेको छ तर पनि प्रयत्न गरिनेछ । एकवर्षमा लोडसेडिङ्ग अन्त्य गरिनेछ । ग्यासमा निर्भर पारिनेछु । साना मझौला जलविद्युतमा लगानी आव्हान गरेर समस्या समाधान गरिनेछ । सेना, प्रहरी, कारागारलाई उपयोग गरी फोहोरलाई ग्यास र अन्य उपयोगी कुराहरुका लागि ठोस कदम चालिनेछ । काठमाडौँमा विद्युतीय मेट्रो रेल बनाइनेछ । स्वदेशी उत्पादन गर्ने सबैलाई इन्धन फारो गर्न अनुरोध गर्दछु । अहिलेसम्म हामी खाद्यान्नमा वाह्य निर्भर रहेछौँ । यो विडम्बना हो । यसका लागि नयाँ योजना बनाइनेछ । हामी छिमेकीहरुसँग संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशील तथा सार्कको भावना अनुरुप सुमधुर सम्बन्ध चाहन्छौँ । हालै पेरिसमा भएको आतंककारी हमलाको निन्दा गर्दछु । हिजै मैले समवेदना पनि प्रकट गरिसकेको छु । दातृराष्ट्रहरु महत्त्वपूर्ण भएको भूकम्पमा भएको सह्राहनीय सहयोगका लागि स्मरणीय छ । 

सार्वभौम सत्ता तथा राष्ट्रिय स्वाभिमान सानो देश भए पनि ठूलो देश भए पनि उत्रैै हुन्छ । आफ्नो नीति निर्माण आफैले गर्न पाउनुपर्छ ,पावहन यो नैसर्गिक अधिकार हो । त्यो भन्दा बढी नेपालले केही चाहेकै छैन । 

विद्यार्थीहरुको पढाइ रोकिरहेको छ । यसले मित्रराष्ट्रप्रति कस्तो नकारात्मक सोचाइ भयो होला । अघोषित नाकाबन्दी अन्त्य गर्न , सदियौँ देखिको मित्रता , सद्भाव कायम गर्न यहीँबाट आव्हान गर्दछु । नेपाल सबै अन्तराष्ट्रिय कानुनप्रति दृढ छ । पुनः एकपटक राष्ट्रिय स्वाभिमानप्रति सबै नेपालीहरुलाई धन्यवाद ! चुनौती सामना गरेका छन् स्वाभिमानीहरुले र गरिहहेका छन् । यस संकटप्रति एक्येबद्धता गर्ने संयुक्त राष्ट्र संघ तथा अन्तर्राष्ट्रिय संस्थाहरुप्रति तथा सञ्चार माध्यमहरुलाई धेरै आभार व्यक्त गर्दछु । सरकारको भविष्यप्रति सिङ्गै देशको भविष्य छ । सँगै मुलुकको विषय पनि । सरकार सम्पूर्ण निष्ठाका साथ अघि बढिरहेको छ । बढिरहनेछ ।

यहि आउँदो छठ तथा ल्होसारको शुभ–कामना ! शान्तिको कामना ! धन्यवाद ।

२०७२ कार्तिक २९
सङ्कलक :– 
विजु सुवेदी विजय
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com

Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा