धर्मको उत्पत्ति र विकास सम्बन्धी मार्क्सवादी धारणा - copied FRom Left Review Online
विश्वमा धर्म सम्बन्धी मार्क्सवादी धारणालाई लिएर निकै ठूलो बहस र बिवाद लामो समयदेखि निरन्तर चल्दै छ । यस क्रममा मूलतः धर्म सम्बन्धी मार्क्सवादी अवधारणालाई जन साधारणको सामान्य धारणा सन्दर्भबाट अलग्याएर प्रस्तुत गर्ने गरिँदै आएको छ । त्यसको एउटा ठोस उदाहरण हो ‘धर्म जनताको अफिम हो’ भन्ने उद्धरण । साँचो र यथार्थ कुरा त के हो भने यस उदाहरणलाई मार्क्सवादका विरुद्ध दुरुपयोग गर्नेहरुले जानिबुझिकनै त्यसको पूरा सन्दर्भ नदिई आंशिकरुपमा त्यसलाई प्रस्तुत गर्दै र ठूलो भ्रम फिजाउँदै आएका छन् । यो भ्रान्त धारणबाट मुक्त हुनु पनि कम्युनिस्ट तथा प्रगतिशील अग्रगामी आन्दोलन र आन्दोलनकारीहरुका निमित्त एकदमै महत्त्वपूर्ण कुरा हो । निश्चय नै अरु दर्शनहरुले जस्तो मार्क्सवादले संसारलाई बुझ्ने र ब्याख्या गर्ने कुरामा मात्र आफूलाई सीमित राख्दैन । यस दर्शनले त संसारलाई आमूल परिवर्तन गरेर अग्रगामी सामाजिक रुपान्तरण गर्ने महत्त्वपूर्ण कुरामा सर्वाधिक जोड दिन्छ । त्यसै कारणले मार्क्सवादका प्रणेता कार्ल मार्क्सले भने – ‘दार्शनिहरुले आजसम्म संसार यस्तो छ उस्तो छ भनेर ब्याख्या मात्र गरे, मूल कुरो...