Posts

Showing posts from March, 2024

होली तथा रङ्गका बारेमा केही प्रतिनिधि अध्ययन

होली तथा रङ्गका बारेमा केही प्रतिनिधि अध्ययन धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूर्णिमाको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रूपमा होली सप्ताह शुरु हुन्छ । आज हामी होलीको प्रत्यक्ष–अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होली पूर्णिमाका दिन यसले पहाडका ५४ जिल्लाहरूमा धुमधामको रूप लिन्छ भने तराईका २२ जिल्लाहरूमा पूर्णिमाको भोलिपल्ट धुमधामको रूप लिन्छ , यद्यपि यी दुई  दिन नै प्रर्णिमा नै मानिन्छ । जसरी होलीको बेला नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट मोजमस्ती गरिन्छ , यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभित्र हिस्सा हुन्छ । मध्ययुगमा राधाकृष्णले होली खेलेको दृश्य राजपूत, मुगल, मिनियेचर शैलिका चित्रहरू काँगडा कलमको मुख्य कथ्य र प्रेरणा स्रोत हो । हरेक ठाउँमा होलीले गर्दा वीतराग, वीतशोक, वीतमोह हुन्छ । होली खेल्दा ढोलकको थापका साथ कसैले “जोगिरा सरर” गरेर त कसैले “होली खेलेँ रधुवीरा अवधमें, किनके हाथ कनक पिचकारी, किनके हाथ अविरा” भनेर आनन्द र उमङ्गको यो धमाका फाग, फगुवा, ...

छापे अडिटर

 छापे अडिटर “हजुर ! आज त इमर्जेन्सी प¥यो । मेरो हिसाब चाहियो अडिटर महाशय !” “किन नि ! आज महाशयको मान् ?” “यो मलाई आपत परेर केही सहयोग पाइन्छ कि भनेर नि ।” “कति निस्कियो मेरो हिसाब खै हेरुँ ?” “ल हेर्नुस् । यही हो हजुरको हिसाब ।” “जम्मा कति भयो हेर्नुुुस् त ?” “जम्मा १३ हजार ९ सय नब्बे रुपियाँ निस्कियो ।” “कसरी नि ?” “यहाँ हजुरले नै लेख्नुभएको थियो । हेर्नुस् त । जम्मा १०९० पेजको छ यो हिसाब । यसमा स्यालरी सिट बनाएको १३० पेज । १२ महिनाको २ पेज एनुअल २ पेज । अनि यो रिसिप्ट २००० वटा टाइप अनि प्रिन्टको ४० पेजको २ सेट । फेरि रिसिप्टको आम्दानी लेजरहरु सम्पुर्णको १५० पेजको २ सेट ३०० पेज जम्मा । खर्चको पनि यी हेर्नुस् १०० पेजको २ सेट गरी २०० पेज । खर्चको लेजरको पनि १०० पेजको २ सेट गरी २०० पेज । अडिट रिपोर्टको ३६ पेजको ५ सेट जम्मा १८० पेज गरी भएको हो । अनि ।” “अनि के नि ?” “अनि ! त्यसको भ्यालुयसन गर्नुस् त जम्माजम्मी ४५२ पेज भइसक्यो । जुन स्यालरी सिट २६ पेज, रिसिप्ट ४० पेज, रिसिप्ट लेजर १५० पेज, खर्चको डे बुक १०० पेज, खर्चका लेजरहरु १०० पेज, अनि अडिट रिपोर्ट ३६ पेजको हो । जम्मा प्रति पेज २५क...

परमात्मा

Image
१ भगवान ! तिमी र म मात्र रहेछौँ यो संसारमा अरू कोही रहेनछ असत्यले जति पीडा छ मलाई त्यत्ति नै पीडा छ तिमीलाई भगवानको कुरा सुन्नु ध्यान हो भन्छ ध्यानबाट सबै आत्माको कुरा सुन्छु म  ध्यानबाट सबै आत्माको कुरा सुन्छौ तिमी यहाँ म र केवल तिमी मात्रै छु यहाँ तिम्रो कुरा म मात्र बुझ्छु मेरो कुरा तिमी मात्र बुझ्छौ न तिमीलाई ठूलो हुनु छ  न मलाई ठूलो हुनु छ  केवल धर्म–परायण हुनु छ  सायद यी आत्म–ज्ञानका कुरा हुन् आत्म सबैमा छ सबैमा आत्म छ केवल खोल फरक छ खोल यानेकी लुगा कसैको लुगा दुषित छ कसैको लुगा लुगै छ त्यो खोललाई पनि शुद्ध पार्नु छ आत्मा आफैमा शुद्ध हो आत्मा कहिल्यै दुषित हुँदैन दुषित त केवल खोल हुन्छ आचरणको खोल हुन्छ भौतीक खोल पनि हुन्छ आचरण पनि धर्म परायण हुनु पर्छ केवल केही छैन यो संसारमा एउटा पढाइ छ अनुभवले शिक्ष लिँदै जानु छ भोगाइले खारिँदै जानु छ  बुजुर्ग बन्दै जानु छ  तर घमण्ड कहिल्यै गर्नु नपरोस् त्यो जस्तै संसारमा पनि कायम रहिरहन्छ  धेरै के बोलुँ सबै भगवानलाई थाहा छ प्रत्येक शब्दको बोलाइ प्रत्येक चिन्तनको घुमाइ प्रत्येक ब्यक्तिको लेखाइ प्रत्येक व्यक्त...