होली तथा रङ्गका बारेमा केही प्रतिनिधि अध्ययन

होली तथा रङ्गका बारेमा केही प्रतिनिधि अध्ययन


धेरैलाई यो थाहा नहुन सक्छ कि होली हाम्रो देशको सबैभन्दा पुरानो चाड मध्ये एक हो भनेर । काठमाण्डौंको वसन्तपुरमा होलीपूर्णिमाको एक हप्ता अगाडि चीर ठड्याइसकेपछि औपचारिक रूपमा होली सप्ताह शुरु हुन्छ । आज हामी होलीको प्रत्यक्ष–अप्रत्यक्ष रङ्गाइमा व्यस्त छौं र होली पूर्णिमाका दिन यसले पहाडका ५४ जिल्लाहरूमा धुमधामको रूप लिन्छ भने तराईका २२ जिल्लाहरूमा पूर्णिमाको भोलिपल्ट धुमधामको रूप लिन्छ , यद्यपि यी दुई  दिन नै प्रर्णिमा नै मानिन्छ । जसरी होलीको बेला नाचगान ढोल, मादर, मञ्जीरा, ध्रुपद, धमार होस् या खैंजडी आदिबाट मोजमस्ती गरिन्छ , यसै प्रकारको मस्तीको बेफिक्री व्यञ्जन पनि यसको अभित्र हिस्सा हुन्छ । मध्ययुगमा राधाकृष्णले होली खेलेको दृश्य राजपूत, मुगल, मिनियेचर शैलिका चित्रहरू काँगडा कलमको मुख्य कथ्य र प्रेरणा स्रोत हो । हरेक ठाउँमा होलीले गर्दा वीतराग, वीतशोक, वीतमोह हुन्छ । होली खेल्दा ढोलकको थापका साथ कसैले “जोगिरा सरर” गरेर त कसैले “होली खेलेँ रधुवीरा अवधमें, किनके हाथ कनक पिचकारी, किनके हाथ अविरा” भनेर आनन्द र उमङ्गको यो धमाका फाग, फगुवा, होली, वारमासा गीतका साथ पूरै रमझमका साथ प्रेम बाँडिरहेका हुन्छन् । मधेसी समाजमा त झन् यस बेला व्यङ्ग्यको फौहार नै हुन्छ । त्योभन्दा बढी सबभन्दा असल व्यक्तिलाईसमेत महामूर्खको उपाधि दिइन्छ ।


होली रङ्गैरङ्गमा खेलिने भएको हुनाले रङ्गको महत्त्वलाई पनि यहाँ जान्ने कोशिस गरिएको छ । हरेक सभ्यताले रङ्गलाई आफ्नो हेराइले हेरेका छन्, परिभाषित गरेका छन् तर कसैले पनि रङ्गको नामाकरण गर्नमा रुची देखाएनन् या रङ्गलाई मूलभूत रङ्गसँग मात्र जोडेर हेरे । धेरै सभ्यताहरूले रङ्गलाई दुई किसिमले मात्रै विभाजन गरे । पहिलो सेतो अर्थात् हल्का, अर्को कालो अर्थात् गाढा ।


अरस्तुले ईशापूर्व चौथो शताब्दीमा नीलो र पहेँलो रङ्गलाई पनि प्राथमिकता रङ्गमा राखे । यी रङ्गहरूलाई प्रकृतिको मूल तत्त्वसँग दाँज्न थाले, जस्तो सूर्य–चन्द्र, पुरुष–स्त्री, फैलिनु–सङ्कुचन हुनु, सकारात्मक–नकारात्मक, प्रेम–घृणा, कोमलता–कठोरता, दिन–रात आदि । यसले लगभग २ हजार वर्षसम्म मान्यता पाए । १७औं र १८औं शताब्दीमा न्यूटनको सिद्धान्तले यी रङ्गहरूलाई सामान्य रङ्गहरूमा बदलिदिए । ई.सं.१६७२ मा न्यूटनले रङ्गका निम्ति आफ्नो पहिलो शोध प्रस्तुत गरे जुन विवादमै रह्यो । गोथेले न्यूटनको सिद्धान्तलाई पूरै नकारेर “थ्यौरी अफ कलर्स” भत्रे पुस्तक लेखे । गोथेले भने कि गहिरो अँध्यारोमा सबभन्दा पहिले नीलो रङ्ग निक्लन्छ र यसले गहिरोपन दर्साउँदछ । त्यहीँ उदाएको सूर्यमा सबभन्दा पहिले पहेँलो रङ्ग निक्लन्छ । जुन रङ्गले हल्का रङ्गको प्रतिनिधित्व गर्दछ । १९औं शताब्दीमा कलर थेरापीको प्रभाव कम भयो बरु २०औं शताब्दीमा आएर यो नयाँ रूपमा उत्पन्न भयो ।


रङ्गले मानव जीवनमा व्यापक प्रभाव पारेको हुन्छ । प्राचीनकालदेखि यो विश्वास रही आएको छ कि रङ्गद्वारा रोगबाट मुक्त हुनका लागि धेरै ठूलो भूमिका खेलेको हुन्छ । रङ्गले मानवको मनोविज्ञान र मनस्थितिमा व्यापक प्रभाव पारेको हुन्छ । सूर्यको किरणबाट मुख्यतः ७ प्रकारका रङ्गहरू रातो, सुन्तला, पहेँलो, हरियो, नीलो, नीर, वैजनी रङ्गहरू निस्किएको हामीले स्पष्टसँग इन्द्रेणीमा देख्न सक्छौं । यही सात रङ्गको मिश्रणबाट दसलाखसम्म रङ्गहरू बनाउन सकिन्छ । हरेक रङ्गको एउटा न एउटा असर हुन्छ जसद्वारा हामीलाई तरङ्गीत पारेको हुन्छ । हरेक रङ्गले हामीलाई उत्तेजित र शान्त पारेको हुन्छ । हरियो नीलो र वैजनी रङ्गको वातावरणलाई हे¥यौं भने हामीलाई शान्त बनाइदिन्छ । त्यस्तै अर्कोतिर पहेँलो, रातो र यसको मिश्रणबाट बनेको रङ्गहरूको वातावरणले हामीलाई उत्तेजित बनाएको हुन्छ । त्यसैले पनि होलीको रङ्गसँग खेल्नाले हामीलाई यी सब किसिमका उल्लास दिलाइदिन्छ । त्यस्तै यस्तै रङ्गको सहायताले वस्तुस्थिति र प्रभावलाई पनि भ्रामक बनाइदिन्छ , हास्यरस उत्पन्न गराइदिन्छ । दुःख, पीडा र निराशाबाट छुटकारा पाउन समझदार समाजले हास्य कलालाई प्रस्तुत गरे । यसले गर्दा प्रत्येकलाई उसको हातमा ठूलो चिज आएको भान हुनगयो जस्तो उसलाई जीवन जिउने सूत्र प्राप्त भएको छ । होलीको रङ्गले रङ्गीएर हास्य झलकमा तरङ्गीत भएर उमङ्गीत हुनु पनि यसकै एउटा साकार रूप हो ।


कलर थेरापीको उपचार पद्धतिमा यी यस्तै कुराहरूलाई जोड दिइएको हुन्छ । यस उपचार पद्धतिमा मूल आधार चक्रबाट उब्जिएको लक्षणलाई ध्यान दिइन्छ । शरीरको सन्तुलनमा केही अनियमितता भएमा चक्रको विकार देखापर्दछ । यसमा हाम्रो शरीरमा सात चक्र भएको कुरालाई आधार मानेर शरीरलाई हेरिएको हुन्छ । व्यक्ति स्वस्थ्य हुनका लागि यी सात चक्रहरू घडीजस्तै सुचारू रूपमा चलेको हुन्छ । यसमा केही विकार भयो भने केही गडबड छ भनेर जान्नुपर्ने हुन्छ । त्यस्तै रङ्गलाई आयुर्वेदिक किसिमले हेर्दा वात, पित्त र कफ गरेर यी ३ विकारलाई सही किसिमले ठम्याएर असन्तुलन हटाउनलाई अलग–अलग किसिमले रङ्गको प्रयोग गरिएको हुन्छ । त्यस्तै रङ्गलाई शक्तिको हिसाबले पाँच मुलभूत तत्त्व अर्थात् वायु, जल, अग्नी, पृथ्वी (माटो), आकाशलाई आधार मानेर यस किसिमको उपचार पद्धतिमा ध्यान दिइएको हुन्छ । 


रङ्गको प्रभाव र महत्त्वलाई जानेर प्रकाश–विज्ञान, दृष्टि–विज्ञान र रङ्ग–विज्ञानको उचित शोध र प्रयोगद्वारा मानव हितका लागि अनेकौं फाइदाजनक कार्यहरू गर्न सकिन्छ । रङ्गको मायाले सारा व्रह्माण्ड पैmलिएको छ , यसको प्रभावले तपार्इँलाई कहीँ न कहीँबाट पछ्याइनै रहेको हुन्छ । तपार्इँले मात्र यो तय गर्नु आवश्यक छ कि कुन रङ्ग तपाईँको व्यक्तित्त्व, जीवनशैलि र रुचि अनुकूलको छ या कुन रङ्ग तपार्इँको शारीरिक र मानसिक रूपमा ज्यादा उपयुक्त लाग्दछ । त्यसैले राम्रोसँग विचार गरेर मन परेको रङ्ग चयन गर्नुस् र त्यही रङ्गको होलीमा आफूलाई रङ्गाउनुस् । तसर्थ तपाईँले जान्नुभयो भने हरेक दिन, हरेक समय, प्रत्येक पल आपूmलाई होलीको रङ्गमा रङ्गाएर उमङ्गसँग जिउन सक्नुहुन्छ ।


पानी परिरहेको छ र इन्द्रेणी देखिन्छ भने त अचानक तपाइँको दृष्टि त्यतातिर पुग्छ र खुसीले उमङ्गले ताजगी ल्याइदिन्छ । हरेक रङ्गमा तरङ्ग र ऊर्जा हुन्छ । रङ्गको तरङ्गको आवृत्तिमा निर्भर गर्दछ कि यसले हाम्रो शरीरलाई कत्ति धेरै असर पारेको हुन्छ । रङ्गको असरले हाम्रो तनमनका साथै बुद्धि, विवेक, भावना र प्रज्ञामा पनि प्रभावित गरेको हुन्छ । विभित्र रङ्गले अलग–अलग भाव र प्रभाव पारेको हुन्छ । जस्तो रातो रङ्गमा प्रसन्नता, उल्लास, उत्तेजना, क्रोध, उष्णता, क्रान्ति आदि । हामी सोच्दछौं कि एउटै रङ्गले प्रसन्नता र त्यही रङ्गले क्रोधको भाव कसरी पार्दछ । यसको मुख्य कारण रङ्गको रङ्ग, मान र सघनतामा निर्भर हुन्छ , वास्तुले हर्ने पनि यसरी नै गहिरिएर नै हो । र साथै वैयक्तिक ग्रहण शक्तिका अनुसार रङ्गहरूको तीव्रताको सूक्ष्म भेदको आँकण गराइमा अन्तर पर्दछ । प्रकाशको मात्रा, बस्तुको आकार, रङ्गको शुद्धता र आफ्नो दृष्टिको दूरीमा पनि निर्भर हुन्छ । रङ्गहरूद्वारा मानवीय भावनाहरूमा पर्ने प्रभाव अत्यन्तै महत्त्वपूर्ण हुन्छ । वैज्ञानिक शोधका अनुसार मानवीय आँखाले ७ करोड प्रकारका रङ्गहरूलाई छुट्याउन समर्थ हुन्छ तथा बैज्ञानिक प्रविधिले त त्योभन्दा अत्यन्तै धेरै ! र हरेक रङ्गले भित्राभित्रै असर पारेको हुन्छ । जुन रङ्गलाई हामी नियाल्छौं, जुन रङ्गमा हामी रहन्छौं सबैले हामीलाई प्रभाव पारेकै हुन्छ ।


धार्मिक आस्थादेखि लिएर वैज्ञानिक आधारले पनि यही भन्दछ कि रङ्गको धारणा बनाएर हामीले प्रकृतिसँग सम्बन्ध जोडेका हुन्छौं । वसन्तको रङ्गले हामीलाई वसन्तको पूmलहरूबाट तारतम्य बनाउनमा मद्दत गर्दछ भने हरियो रङ्गले पातसँग । नीलो रङ्ग आकाशको ऐना हो भने रातो रङ्ग विहान साँझको लालीमा हो । यसरी रङ्गसँग हाम्रो भावना जोडिएको हुन्छ र हामी फेरि प्रकृतिको पूmल, पात, रुख, जन्तु, हरेक वस्तुहरूसँग आफ्नो सम्बन्ध बनाउन लालायित हुन्छौं । त्यसैले रङ्गले हाम्रो संस्कृतिलाई प्रकृतिसँग जोडिएको हुन्छ । जहाँ प्रकृतिको रङ्ग पर्याप्त हुँदैन त्यहाँ रङ्गद्वारा त्यसको पूर्ति गर्न सकिन्छ । होली यसको उदाहरण हो । त्यस्तै कुनै ठाउँको सांस्कृतिक भेषभुषाले पनि त्यहाँको दुनियाँलाई रङ्गीन बनाइदिएको हुन्छ ।


कलाकारहरूले पनि चित्रकला, पेन्टिङ्गकला, नाट्यकला प्रस्तुत गर्दा केवल रङ्गलाई मात्र प्रयोग गरेर यी सम्पूर्ण रङ्गका विशेषता अनुसार यसको महत्त्वअनुसार मानवीय भावनाहरूलाई प्रस्तुत गर्ने कुरामा जोड दिन्छन् । भारतवर्षका आचार्य भरतमुनिको नाट्यशास्त्रमा प्रमुख रङ्ग रातो, पहेँलो र कालो मानिएको छ । वर्णहरूको विवेचना गर्दा भरतमुनिले शृङ्गारलाई गाढा हरियो, हास्यलाई हल्का सेतो, करुणलाई खरानी, रौद्रलाई रगतको जस्तो रातो, वीरलाई गाढा सेतो, भयानकलाई कालो, वीभत्सलाई नीलो र अद्भूतलाई पहेँलो रङ्ग मानेका छन् । 


जीवनमा ज्ञान , प्रेम, राम्रो काम गर्ने उत्साह, शक्ति, त्याग ईश्वरभक्ति आदि सबैका लागि रङ्ग अपरिहार्य छ । रङ्गको यो दुनियाँले हामीलाई यसको मनोविज्ञान जान्नलाई आवश्यकता महसूस गराउँदछ । मानिस तथा जनावरहरूमा इन्द्रियहरूद्वारा समवेदना र धारणालाई मनोविज्ञानमा ज्ञान प्राप्त गर्ने मुख्य चरण मानिएको छ । हाम्रो जीवनलाई यो रङ्गले कुन प्रकारले प्रभाव पार्दछ ? 


विज्ञानले सेतोलाई रङ्ग मान्दैन । अमन, चैनका पर्यायरूपी सेतो रङ्ग परावर्तकको रूपमा मानिन्छ जसमा सबै रङ्ग समाहित भएको हुन्छ । यो शुद्धता, उज्ज्वलता, सहयोग, विश्ववन्धुत्व, शान्ति, एकता, सत्यता र निष्ठाको प्रतीक मानिन्छ । धार्मिक प्रकृति र शान्तिपूर्वक जीवनयापन गर्ने व्यक्ति सेतो वस्त्र धारण गर्न मन पराउँछन् ता कि मन पवित्र र शान्त रहोस् । सेतो रङ्ग शुद्धता र आशावादीको प्रतीक मानिन्छ र यसैलाई ध्यानमा राखेर सेतो वस्त्र धारण गरिन्छ । हामी सेतोलाई सफा, स्पष्ट र सरलको पयार्य गरी हेर्छौँ भने कालोलाई विरोध । हामी अध्यात्ममा पहेँलो रङ्ग प्रयोग गरेर परमात्मासँग लीन हुन्छौँ भने विजयोत्सवमा आस्तिकनास्तिक सबै रातो रङ्ग प्रयोग गरी हर्षित हुन्छन् । ट्राफिकको बत्तीमा रातो, हरियो तथा पहेँलो रङ्ग तथा सङ्केतमा कालो, सेतो तथा रातो हुन्छ भने सडकमा कालो र सेतो रङ्ग प्रधान हुन्छ । लेखापरीक्षक हरियो रङ्ग, कर्मचारी कालो रङ्ग तथा अधिकृतले प्रमाणित गर्न अनि मूल्याङ्कन गर्न रातो रङ्ग प्रयोग गर्छन् । जीवनका हरेक उतारचढाव, उकालीओरालीहरूमा हामीले चालै नपाइकन रङ्गका प्रयोग गरिरहेका हुन्छौँ । यी त प्रतिनिधि अध्ययन तथा खोजमात्र हुन् । जस्तो विद्यार्थीले चकको सेतोबाट सुरु भएर, सीसाकलमको मधुरो छविमा हात बसाइसकेपछि कलम प्रयोग गर्ने वरिष्ठता हासिल गर्छन् । त्यस्तै कुची तथा कलमको रङ्गमा खेल्ने कलाकारले पनि सिसाकलमपछि, श्वेतश्यामबाट बढेर पूरै रङ्गहरूमा खेल्ने वरिष्ठतातर्फ लम्किरहेका हुन्छन् । त्यसैले त जीवनका हरेक पहलुमा रङ्गको अत्यन्तै महत्त्वपूर्ण देन छ ।


विज्ञानका अनुसार कालो रङ्ग नभएर अवशोषकको रूपमा लिइन्छ । जसले प्रकृतिमा भएका सबै रङ्गहरूलाई अवशोषण गरेको हुन्छ । अधिकांश कालो रङ्ग अन्धकार, निन्द्रा, भय, अज्ञान, राक्षशी र हिँसात्मक प्रवृत्तिको सूचक हो । पश्चिमीहरू कालो रङ्गलाई गम्भिरताका साथै उदासीको प्रतीकको रूपले हेर्दछन् र यिनीहरू साजसज्जा गर्दा कालो रङ्गलाई परहेज गर्दछन् ।


मूल रूपमा रातो, नीलो र हरियो रङ्ग आधार रङ्ग हो । बाँकी रङ्गहरू यी ३ वटै रङ्गका मिश्रण हुन् । साहित्यिक दृष्टिबाट हेर्ने हो भने रातो रङ्ग प्रेमको प्रतीक हो । मुटुको धड्कन रातो रङ्गले बढाउने काम गरेका हुन्छ । यो रङ्ग उत्साह, साहस र गतिशीलता दर्साउने किसिमको हुन्छ । रातो रङ्गले उत्तेजना उत्पत्र गर्दछ र भावनालाई उभार्दछ । क्रोध र खतरा व्यक्त गर्नका लागि पनि रातो रङ्गनै प्रयोग गरिएको हुन्छ । अझ त्योभन्दा बढी रातोले क्रान्ति तथा विप्लवलाई मनोनय गरेको हुन्छ । नीलो रङ्गले आँखालाई आराम दिने काम गरेको हुन्छ । यसको साथै मनलाई शीत्तल गर्ने र क्रोधलाई समाप्त पार्नका लागि उपयोगि हुन्छ । नीलो रङ्ग होलीमा लगाइदिनाले धर्मयुद्धप्रति लालायित गरेको अर्थ लाग्दछ । त्यस्तै वैज्ञानिकहरूले आफ्नो प्रयोगका आधारमा यो सावित गरिसके कि नीलो रङ्गले ताजगी र स्पूmर्ति प्रदान गर्दछ । प्रकृतिको बहारिलो हरियो रङ्ग शीतलता, स्पूmर्ति र पूनर्जीवन उत्पन्न गर्ने किसिमको मान्न सकिन्छ । साथै यो रङ्गले मनलाई एकाग्र र विश्वास प्राप्त गर्न सहयोग गर्दछ । पहेँलो रङ्ग प्रकाश, ज्योति र प्रसन्नताको सूचक हो । यो रङ्गले खुसी र उमङ्ग उत्पन्न गर्दछ । यसले भावलाई प्रेरित गर्दछ र बुद्धिलाई तीक्ष्ण बनाइदिन्छ । त्यसैले त पूजा–पाठमा पहेँलो रङ्गलाई शुभ तथा शुद्ध मानिन्छ । गुलाफी रङ्ग कोमलता र भावुकताको प्रतीक हो । वैजनी रङ्ग शान, महत्त्व र राजसी प्रभावलाई व्यक्त गर्ने किसिमको हुन्छ । यो रङ्ग जति कलात्मक हुन्छ त्यत्तिनै भावनात्मक हुन्छ । सुन्तला रङ्ग जीवनको शक्तिको सञ्चार र वलबुद्धिको सूचक हो । पहेँलो भावको रातो रङ्ग दृढताको प्रतीक हो । यस्तो रङ्ग मन पराउने व्यक्ति मित्र र हितैषी स्वभावको हुन्छ । 


धनी होस् या गरिब उँच होस् या नीच सबै मिलेर उल्लासपूर्वक छुवाछुत, जातीय विभेद नराखी मनाइने अत्यन्तै महत्त्वपूर्ण पर्व भनेको एक मात्र होली पर्वनै हो । त्यसैले होली सबैलाई मिलाउने महोत्सव हो । सबै जाति, वर्ण, लिङ्गलाई होलीले मिलाइदिएको हुन्छ । अझ होलीको रङ्गको रङ्गीन दुनियाँले त सबैलाई घुलमिल गराइदिएको हुन्छ । रङ्गको भाषामा शब्द हुँदैन, नाद हुन्छ । साह«ै मसिनो आवरणबाट आरपार जाने एउटा ध्वनी हुन्छ । कस्तो राम्रो हुन्छ भाषाको सङ्गीत ! कस्तो मधुर हुन्छ सङ्गितको शब्द !! त्यो भन्दा पनि होलीको रङ्ग अझ प्रभावकारी हुन्छ । अर्बौंका अनेकौँ रङ्गहरू मिहीनसँग छ्ुट्याएर पहिचान गर्ने वैज्ञानिक परीक्षणले अनेकौँ आविष्कार पहिल्याएका अनेकौँ उदाहरणहरू हाम्रा सामु साक्षी छन् ।


यद्यपि सृष्टिको अमृतरूपी सुरुवात गर्ने पहिलो प्रकाशको रङ्ग लालीमायुक्त रातो प्रभातको कुञ्जनै हुन्छ । यसको अत्यन्तै ऊर्जा हुन्छ । सूर्योदयको प्रभातको अवलोकन गर्न हरेक टाकुरामा आन्तरिक एवम् वाह्य पर्यटकको ताँती नै लाग्छन् । होली रूपको यो क्रान्तिको उमङ्गका साथ ऊर्जा नै लिन्छन् । प्रत्येक क्रान्तिबाट आएको संबिधान शहीदको रातै रगतको हुन्छ । योभन्दा ठूलो देन अरू हुनै सक्दैन । तैपनि शासकहरू बहिरा भइदिन्छन्, देखेजस्तो पनि गर्दैनन् । सुनाउन होलीका फोहोरायुक्त क्रान्ति ध्वनी गर्जाउनु पर्छ । देखाउन होलीका रङ्गीन क्रान्तिरङ्गले भ्रष्टाचारी शत्रुतालाई मृत्युलोकमा पु¥याउनुपर्छ । दुनियाँमा रातो रङ्गलाई परहेज गरी खेलान्ची गर्नेहरूको पनि कमी देखिँदैन । साशकहरू रातो रङ्गलाई आतङ्क बनाई परहेज गर्छन् । सोझा जनतालाई अनेकौँ दुःख दिन्छन् । त्यही शासक प्रतिपक्षमा गएपछि विद्रोहको अधिकार ठानी रातो भएकामा गर्व गर्छन् । हाम्रो नसानसामा रातो रङ्क छ , हरेक देशको झण्डामा रातो रङ्ग छ । रातो रङ्ग सिम्रिकको रङ्ग हाम्रो देशको राष्ट्रिय रङ्ग हो । यसको महिमा अनन्त आकाशझैँ विशाल छ । यसरी यो रातो आत्मसम्मान अनि पहिचानको रङ्गै हो । फागूले यस विपरीतका सबै रङ्गलाई रताम्मे बनाई सबैलाई रौनक, उल्लास, उमङ्गले रन्काइदिन्छ र सर्वत्र विनाभेदभावको रङ्गीन फौहारले सबैमा साथीत्त्वपनको उर्जाशील महामनोरमताको रौनक ल्याइदिन्छ ।


होलीको रङ्गमा पनि सकली र नकलीको सङ्घर्ष हुन्छ । रङ्ग महङ्गो भइसकेको छ । तर हाम्रो मुहार सस्तो भइरहेको छ । जिन्दगी जिउनका लागि अनेकौं दुःख, कष्ट गर्नु परिरहेको हुन्छ । आजको युगमा कार्यव्यस्तताले सबैलाई यन्त्रवत वनाइदिएको छ । सारा दुःखको अँध्यारोपनमा पनि फागू पर्वले हामीलाई एकदम नजिकबाट छोएको हुन्छ , रौनक ल्याइदिएको हुन्छ । यो सबै रङ्गकै देन हो । त्यसैले यो एउटा सबैलाई खुसियालीको उमङ्ग ल्याउने महत्वपूर्ण पर्व हो र यसले सबैको दुःखको रोग हटाएर सुखिपनले सदा खुसियालीको बहार ल्याइदिन्छ । हामी प्रार्थना त ग¥छौं तर पूरै मनबाट गरिएको प्रार्थना कहिल्यै खेर जाँदैन । होली यो एकमात्र रङ्ग हो जुन पूरै रङ्गबाट, पूरै उल्लाससाथ, पूरै भावनाबाट, पूरै मनबाट गरिने प्रार्थना हो । मलाई विश्वास छ यो फागूले उसलाई पनि रङ्गाइ दिनेछ जसले सधैँभरि “केले गरौं नाना–चाचा !? केले गरौं नून तेल !?” भनेर अति नै सास्ती खपिरहेका छन् । जहाँ गरिबहरूलाई खेतको माटो पनि अबिर भइदिन्छ । अनि सपना सबै रातो भइदिन्छ । निधारमा सजिएको यस दिनको अनुराग चिन्हलाई जता–जता उनीहरू लिएर जान्छन् एउटा महोत्सवमात्र होइन सबैका लागि एकजुट बनाउन एउटा ठूलै अरू पर्वभन्दा रौनकिलो रङ्गीन महामहोत्सव साकार भइदिन्छ ।


२०८०       चैत्र ११ = चैत्र १२ 


बिजु सुवेदी “विजय”

bijusubedi@gmail.com

कुलेश्वर, भक्तजन मार्ग, काठमाण्डौं ।


नोटः मेरो बारेमा छोटो जानकारी

हालै मेरो २०८० जेठ ७मा रत्न पुस्तक भण्डार, बागवजारबाट शान्ति सम्झौता पुस्तक प्रकाशित भएको छ ।




Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा