Posts

Showing posts from March, 2015

गजल

मान्छे पनि रहेछन् ताल तालका खान लाग्दा रहेछन् थाल थालका बूढा, बच्चा, तन्नेरी जम्मा भएर बस्न थाल्दा रहेछन् काल कालका जुवा खेल्ने जमेर , च्याँखे थापेर दाउ हेर्दा रहेछन् खाल खालका अलि कति नमिले अड्डी लिएर आँखा गर्दा रहेछन् लाल लालका नेता जम्मै लेक्चरे , कुर्सी  पाउन चेस खेल्दा रहेछन् चाल चालका वर्ष सक्दा अन्तिम बिदा गरेर पात्रो फेर्दा रहेछन् साल सालका लय २+२+३+२+३ जम्मा १२ २०७१ चैत १३ विजु सुवेदी ‘विजय’ कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com