गजल
मान्छे पनि रहेछन् ताल तालका
खान लाग्दा रहेछन् थाल थालका
खान लाग्दा रहेछन् थाल थालका
बूढा, बच्चा, तन्नेरी जम्मा भएर
बस्न थाल्दा रहेछन् काल कालका
जुवा खेल्ने जमेर , च्याँखे थापेर
दाउ हेर्दा रहेछन् खाल खालका
अलि कति नमिले अड्डी लिएर
आँखा गर्दा रहेछन् लाल लालका
नेता जम्मै लेक्चरे , कुर्सी पाउन
चेस खेल्दा रहेछन् चाल चालका
वर्ष सक्दा अन्तिम बिदा गरेर
पात्रो फेर्दा रहेछन् साल सालका
लय २+२+३+२+३ जम्मा १२
२०७१ चैत १३
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
बस्न थाल्दा रहेछन् काल कालका
जुवा खेल्ने जमेर , च्याँखे थापेर
दाउ हेर्दा रहेछन् खाल खालका
अलि कति नमिले अड्डी लिएर
आँखा गर्दा रहेछन् लाल लालका
नेता जम्मै लेक्चरे , कुर्सी पाउन
चेस खेल्दा रहेछन् चाल चालका
वर्ष सक्दा अन्तिम बिदा गरेर
पात्रो फेर्दा रहेछन् साल सालका
लय २+२+३+२+३ जम्मा १२
२०७१ चैत १३
विजु सुवेदी ‘विजय’
कुलेश्वर, काठमाडौं
bijusubedi@gmail.com
Comments
Post a Comment