Posts

Showing posts from June, 2012

मोहन बैद्यलाई चीन भ्रमणको निम्तो

समाचार सङ्कलन बिजु सुवेदी “विजय”द्वारा २०६९ असार १६ गते साँझ ८ बजे । चिनीया कम्युनिष्ट पार्टीका प्रतिनीधिमण्डल टोलीका नेतृत्व गर्नुभएका आइ पिङले नवगठीत नेकपा माओवादीका अध्यक्ष मोहन बैद्यलाई चीन भ्रमणको निम्तो दिएको छ । काठमाण्डौंको कमलादी स्थित रोयल सिङ्गे होटेलमा भएको करीब २ घण्टा लामो छलफलमा आइ पिङले चीनमा छिट्टै उपयुक्त समय मिलाएर भ्रमणमा आउन निमन्त्रणा दिनुभएको छ । मोहनबैद्यले पनि अनुकुल वातावरण मिलाएर जाने जानकारी दिनुभएको पार्टी सचिव देव गुरुङले जानकारी दिनु भयो । यसैगरी भेटमा पार्टी फुटेपछिको अवस्थामा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका विषयमा पनि चर्चा भएको थियो । चिनीयाँ टोलीले आफूहरुले पनि माओ बिचारधारा लागू गरिरहेको र नेपालमा पनि नेकपा–माओवादीले यहाँको वस्तुस्थिति अनुसार माओको बिचार लागू गर्न सुझाव दिएको पनि देव गुरुङले बताउनुभयो । यस्तै माओवादी अध्यक्ष बैद्यले नेपालको राष्ट्रिय स्वतन्त्रताको पक्षमा चीनले सधैं साथ र समर्थन दिँदै आएको स्मरण गर्दै आगामी दिनमा पनि त्यस्तो समर्थन जारी रहने विश्वास व्यक्त गर्नुभएको थियो । समाचार सङ्कलन बिजु सुवेदी “विजय”द्वारा २०६९ असार १६ गत...

खुट्टा तात्रे प्रवृत्तिलाई छोडौं

मैले साहित्य र लेखमा कलम चलाउन थालेको ०६२/०६३को जनआन्दोलन देखि हो तर त्योभन्दा अगाडि मलाई यस विषयमा तीब्र इच्छा भएर पनि खुलेर लेख्न नपाउने भएकोले परिवर्तन पछि मात्रै लेख्ने नीधो गरेको थिएँ । अनि परिवर्तनभन्दा अगाडि मैले आफूलाई मन परेका तथा चिनेजानेका लेखक साहित्यकारहरुलाई थुप्रै समालोचना , लाइक , कमेन्ट गरी हौसला दिएको थिएँ । परिवर्तन त खासै भएको छैन तर सरकार भत्रे चलन १८००० शहीदहरुको वलिदानीले गर्दा भएको हो नेताले गर्दा चाहिँ होइन है । किनकी यिनीहरुका सत्ता लिप्साले यिनीहरुको मुहार छर्लङ्गै जनताले देखेर बुझिसकेका छन् ।  तर जब मेरो लेख्ने तीब्र क्रम शुरु भयो ती लेखक , साहित्यकारहरुबाट मैले कुनै प्रोत्साहनको समालोचना , लाइक , कमेन्ट केही पाइन बरु उल्टै उनीहरुले मलाई ब्लक गरे । बल्ल मैले पत्ता लगाएँ उनीहरुले लिन मात्र जानेका रहेछन् दिन जानेका रहेछन् । यसरी मैले नेपाली बौद्धिक भनाउँदा लेखकहरु र साहित्यकारहरुको वास्तवीकता पत्ता लगाएँ । राम्रो लेख्ने हरुलाई त प्रोत्साहन गर्नुपर्छ नि ? त्यत्ति मात्रै कहाँ हो र जब मैले एउटा पुस्तक प्रकाशन गर्ने तयारी गरँ सबैजसो लेखक , सात्यिकारहरुबाट बध...

फेसबुक सम्बन्धी केही तथ्यहरु

Image
बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com # ८ वर्ष पहिलेसम्म कसैले कल्पना पनि गरेका थिएनन् होला हार्वर्डका २० वर्षे विद्यार्थीले फेसबुकका रुपमा शुरु गरेको सामाजिक नेटवर्किङ्ग साइटले केही वर्षभित्रै ८० करोड मानिसहरुलाई समेट्नेछन् भनेर । यत्ति धेरै मानिसहरु यो नेटवर्किङ्गसँग जोडिएकोले गर्दा यो नेटवर्किङ्ग साइट मात्र होइन तेस्रो ठूलो देश जस्तो भैसकेको छ । कम्प्युटरको सञ्जालमा सबैभन्दा ठूलो सञ्जाल फेसबुक हुन सफल भएको छ । # फेसबुकका सँस्थापक र मूख्य कार्यकारी अधिकारी मार्क जुकेरवर्गले आफ्नो वेवसाइटमा एउटा मेसेजमा भनेका छन् कि यो मीलको पत्थर हो किनकी यहाँहरुले फेसबुकले सँसारभरी फैलाउने मद्दत गर्नुभयो । फेसबुकको रुपमा अब जो–कोहीलाई पनि अब यो मौका छ कि उसले फेसबुकका ८० करोड मध्ये कुनै एकसँग सम्बन्ध फैलाओस् । जुकेरवर्गले सन् २००४मा फेसबुक शुरु गरेका थिए त्यत्तिबेला उनी हार्वर्डका छात्र थिए । # फेसबुकका सर्जक मार्क जुकेरवर्गले सेक्युरिटी तथा एक्सजेन्ज कमिशनका अगाडि सन् २०१२ को प्रारम्भमा जुन बयान दिएका छन् त्यसमा उनले भनेका छन् कि फेसबुकको लक्ष्य हो विश्वमा धेरै...

काँग्रेस एमालेले के पछार्छ ? बरु बैद्यलेनै पछार्छ

बाबुरामको तीर बाबुरामलाईनै काँग्रेस एमालेले के पछार्छ ? बरु बैद्यलेनै पछार्छ समाचार सङ्कलन :– बिजु सुवेदी “विजय”द्वारा आज २०६९/०३/१० साँझ ७ बजे । जनयुद्ध शुरु गर्नु अघि ज्ञानेन्द्र शाहीका पालामा तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राखेका प्रस्ताबहरु अहिलेका प्रधानमन्त्री बाबुराम भट्टराई समक्ष राख्ने भएको छ । नेकपा–माओवादीको आज बसेको पोलिटब्युरो बैठकले तत्कालिन सँयुक्त जनमोर्चाका सँयोजक बाबुराम भट्टराईले राखेको मागनै अहिले प्रधानमन्त्री रहनुभएका भट्टराईलाईनै राख्ने निर्णय गरिएको छ । यसका कारण अब राष्ट्रपतिले बाबुरामलाई असक्षम प्रधानमन्त्रीको सँज्ञा दिने पो हो कि ? नेवा राजय समितिको कुपण्डोलमा बसेको बैठकले गोलमेच सम्मेलनका लागि पनि सँघर्षका कार्यक्रम सार्वजनिक भैसकेको एक कार्यकर्ताले जानकारी दिएका छन् । सङ्घर्षका कार्यक्रमहरु भोलि बिहान ११ बजे केन्द्रिय समितिको बैठकले अनुमोदन गरेपछि मात्रै सार्वजनिक गरिने जानकारी गरिने जनाइएको छ । समाचार सङ्कलन :– बिजु सुवेदी “विजय”द्वारा आज २०६९/०३/१० साँझ ७ बजे ।

आत्मा

Image
कविता :– आत्मा बिजु सुवेदी “विजय” यो फोटो रुकुमका १२ वर्षिय जमुना बुढाको फोटो हो जुनसुकै व्यक्तिलाई पनि हृदयविदारक दृश्य देख्दा विह्वलताले छुन्छ यो दृश्यदेख्दा मेरो पनि कवि मन रोएको छ काम कसैले दिएनन् पूर्खाको सम्पत्ति छैन लक्ष्मीको वास मेरो लागि रहेनछ आजसम्म हात फैलाएको छैन पौरखी बत्रे जोश मरेको छैन शरीर ढाक्ने कपडा छैन पञ्छीको जस्तो शरीर मेरो हैन आजसम्म अरु कसैको केही पनि छोएको छैन कङ्काल भएपनि हार खाएको छैन खाना र पानी नखाएको कति भो गत्रे म प्राणी होइन अक्सिजन खाएर कार्वनडाइअक्साइड फाल्दैका बाँचिने होइन आज अरु सबैका लागि म जीवित छैन तर मेरो लागि म मृत छैन किनकी मेरो आत्मा मरेको छैन बिजु सुवेदी “विजय” कुलेश्वर काठमाण्डौं bijusubedi@gmail.com

नेकपा माओवादी नामको नयाँ पार्टीको औपचारीक घोषणा

समाचार सङ्कलन बिजु सुवेदी “विजय” द्वारा आज २०६९ असार ५ गते साँझ ५ बजे राजधानीको प्रज्ञाभवनमा पत्रकार सम्मेलन गरी नेकपा माओवादी नामको नयाँ पार्टीको औपचारीक घोषणा गरेको छ र पार्टी विभाजन भएको पनि घोषणा गरेको छ । पत्रकार सम्मेलनमा नवगठीत नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरणले एकिकृत नेकपा माओवादीको नेतृत्व नव संसोधनवादी भएको कारण नयाँ पार्टी गठन गर्नुपरेको दावी गर्नुभयो । उहाँले नयाँ पार्टीको स्थापना सँगै नयाँ युगको शुरुवात भएको समेत दावी गर्नुभयो ।  बैद्यले कसैको इसारामा नभएर देशको आवश्यकतामा यो भएको भनेर जिकीर गर्नुभयो । उहाँले एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड आपूmहरुको एजेण्डामा सहमत भएमात्र पार्टी एकता हुने स्पष्ट पार्दै आपूmहरुले संसदीय व्यवस्थाको अन्त्य गरेरै छाड्ने दावी गर्नुभयो । पत्रकार सम्मेलनमा महासचिव रामबहादुर थापा वादलले भदौको पहिलोे कार्यनीति राष्ट्रियता बचाउनेमा केन्द्रित हुने पनि बताउनुभयो । राष्ट्रिय कार्यकर्ता भेलाले नयाँ पार्टी गठनको प्रस्ताव सर्वसम्मतबाट पारित गरेपछि हिजो बैद्यले सँस्थापन पक्षसँग सम्बनध विच्छेद भएको घोषणा गर्नुभएको थियो ।  चुनवाङ...

एस.एल.सी.को नतिजा प्रकाशित

परीक्षा नियन्त्रण कार्यालय सानोठीमीले २०६८ सालमा लिएको एस.एल.सी.को नतिजा आज प्रकाशित गरेको छ । परीक्षा नियन्त्रक डिल्लीराम रिमालले जानकारी गराउनु भएको अनुसार नियमित तर्फ ४१९०४९ जना र एक्जेम्टेड तर्फ ७६९७९ जना गरी जम्मा ४४९०२८ जना परीक्षार्थीहरु सामेल भएका थिए । परीक्षामा नियमित तर्फ १९७६३८ जना उत्तीर्ण भएका छन् जुन  ४७ दशमलब १६३४५ प्रतिशत हो । गतवर्ष ५४ प्रतिशत बिद्यार्थी उत्तीर्ण भएका थिए । नियमित तर्फ बिशिष्ट श्रेणीमा १७७६० जना उत्तीर्ण भएका छन् जुन ४ दशमलब २३८ प्रतिशत हो । प्रथम श्रेणीमा ७७२५७ जना उत्तीर्ण भएका छन् जुन १८ दशमलब ४३६ प्रतिशत हो । द्वितीय श्रेणीमा ९३८३० जना उत्तीर्ण भएका छन् जुन २२ दशमलब ३९१ प्रतिशत हो । तृतीय श्रेणीमा ८७९१ जना उत्तीर्ण भएका छन् जुन २ दशमलब ०९७ प्रतिशत हो । एक्जेम्टेडतर्फ १३ दशमलव ७० प्रतिशत १०५४९ जना परीक्षार्थीहरु उत्तीर्ण भएका छन् । एस.एल.सी.को विस्तृत नतिजा यी वेवसाइटहरुमा हेर्न सकिन्छ :— www.moe.gov.np www.doe.gov.np www.slc.ntc.net.np www.slcresult.soce.gov.np साथै नेपाल टेलिकमको स्थानीय तथा सिडिएमए फोनमा १६०० डायल गरेर तथा मोबाइलमा १४०० मा...

आजकाल किन थीस फेसबुक ?

कविता :– आजकाल किन थीस फेसबुक ? बिजु सुवेदी “विजय” एकातिर मार्कको बिहे पक्का भो फेसबुक तिर सेण्डिङ्ग फेल रिसेण्ड लेटर भन्छ यता मार्कको हनिमुन भइराछ फेस बुक राम्रो चल्न गाह«ो हुन थाल्या छ कतिको हनिमुन रोकिराछ फेसबुकको कारणले क्याहो २६ वर्षमै टपटेन धनाध्यज्यू फेसबुक डामाडोल छ नि आजकाल कतिको वालमा पेष्ट गर्दा देखिँदै देखिँदैन अनि फेरि कत्तिको एकै पटकमा २ वटा पेष्ट हुन्छ नामै नसुनेकालाई ज्वाइन गरायो भन्छ कति समय त च्याटै अफ हुन्छ तिम्रो जब बिहे पक्का भो तिम्रोनै पेज ह्याक भो होशियार है होशियार तिम्रो अहिलेको गर्ल प्रेण्डको एकाउण्ट पनि ह्याक भो भत्र सकित्र के को जमाना आउने हो अब मिग को हो कि सिग को हो ट्विटरको हो कि बिङ्गको हो है है राम्ररी हेर जुकेरबर्ग नंबर १मा पुगिसक्या फेसबुक फेरि गुगल नं १ भैसक्यो तैपनि विश्वभरीको अपार माया छ तिमीलाई तिमीले धेरैको गुण लायौ फेसबुकको मूख्य हर्ताकर्ता सिइओ चिफ इक्ज्युकिटिभ डाइरेक्टरज्यू बच्चा पाउनेबेला तिमी तीसवर्ष पुग्छौ फेसबुकको चाहिँ थीसवर्ष नहोस् बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं bijusubedi@gmail.com

रक्तसमूह बारे जान्नैपर्ने कुरा

Image

लघुकथा :– घरसाटी यात्रा टुङ्ग्यो ।

रामको पसलभन्दा श्यामको पसल १० कि.मी. टाढा छ । रामको पसल शहरको पश्चिमतिर छ भने श्यामको पसल शहरको पूर्वतिर छ । रामको घरभन्दा श्यामको घर पनि १० कि.मी. टाढा छ । रामको घर शहरको पूर्वतिर छ भने श्यामको घर शहरको पश्चिमतिर छ । दुबैले आफ्नो घरको पसलको भाडा उठाउने काम श्रीमतीलाई जिम्मा लगाएका हुन्छन् । पसल खोल्न राम र श्याम सधैं घरबाट पसलतिर बिहानै जान्छ र बेलुकी फर्किने गर्दछ । उनीहरु दुबै परिचित नभए पनि पसल खोल्ने समयमा घरबाट पसल जाँदा र पसलबाट घर फर्कदा बीचबाटोमा उनीहरुको सधैं हेराहेर हुन्छ । यस्तो हेराहेर हेराहेरमै करीब ५ वर्ष वितिसकेको हुन्छ । एकदिन बिहान पसल खोल्न गएको बेला रामले श्यामसँग हेराहेर हुने बित्तिक्कै हाम्रो जागिर साट्ने हो ? भनेर भन्छ । श्यामले लौन लौ साटौं न साटौं , हामी दुईले बेकारमा समय खेर फालिराछौं भनेर भन्छ र उनीहरुले आफ्नो फोन नंबर साटासाट गर्दछन् । कति चोटी उनीहरुलाई देश द्वन्द्वले अक्रान्त भएको बेला गुप्तचर जस्तो लाग्थ्यो रे । एकले अर्कालाई छल्न पाए हुन्थ्यो भत्रे लाग्थ्यो रे । तर प्रायः सधैं हेराहेर हुँदा दुबैजना झस्कन्छन् रे । अहिले द्वन्द्वकाल समाप्त भइसकेपछि बोल्न...