परमात्मा खोजिरहेको छु
"पटक्कै जान्दैन यसले धेरै जानेको छु मैले !” यो दुनियाँ यस्तै छ यस्तै छ यहाँको चलन धार्मिक सँस्थाको स्लोगनजस्तो अरू जति सबै उदासीन ! सबै बकम्फुस्से ! मेरो जति राम्रो विचार अरू कसैकै छैन ! र हुँदैन पनि ! मैले गरेको धेरै उत्कृष्ट अरू जम्मै निम्छरा ! विचरा ! “अरूलाई दास नबनाउने सिद्धान्त मेरो छ” हात हेरेर हुन्छ कि चिना, टिप्पणी हेरेर हुन्छ कि बसमा पारी सम्मोहित पारी मिस्मेरिजम् गरी अञ्जानहरूलाई कलिला माटाहरूलाई हिप्नोटाइज गरी डमी बनाउन सिपालु तिम्रो यस्तो नखरा बेजोड छ अनि तिमी सबैका कृपालु दास सङ्कलन गर्छौ ए गद्दा स्वाँठ ! कति दास बनाउँदै हिँड्छौ ? सकेसम्म मेहनतै नगरी कमाउने त्यसैको सूत्रमा ऐश नतिजा छ तिम्रो यो तिम्रो लगन कर्म होइन जुक्ति हो निम्छरा जन्माउने सरासर छल हो ! तीकडमीको डंक हो श्रमजीवीलाई मानिस नदेख्ने श्रमको कमाइ खान्छु भन्नेलाई अनेकौँ लान्छना लगाउने अनेकौँ किसिमको प्रसादमा बल्छी हाल्ने ! जालीभन्दा पनि महाजाली उसले उसलाई उसले उसलाई दासको तहतह बनाउँदै जाओ यही हो सिद्धान्तीय पीरामिड तिम्रो ! तर सच्च नागरिकले देख्छ यो त तासको घरजस्तो नै हो त्यसैले ऊ यसरी यस्तरी विचलन हु...