Posts

Showing posts from August, 2013

गजल

गजल छन्द :– असारे (झ्याउरे) 3+2, 3+2 , 3+3=16 गजलकार :– बिजु सुवेदी “विजय” गरिब हुनु नपर्ने दिन पनि त आओस् । मुहार हाँस्ने प्रभाती लाली पनि त छाओस् ।। कति उसले दुःखका मात्रै झमेला सहने कहर सब सरर हावा बनी त  भागोस् । सफल हुन माग्या उसका सबै कुराहरु उसमा बर्सी राम्रो आशिक बनी त लागोस् । कति उसका मात्रै दुश्मन ढोंगी समाजमा त्यस्तालाई नै ठोक्न बन्दूक पनि त दागोस् । उसको  कर्म दुःखी भएर जिउने होइन हर्षको सीमा उसको पनि नाघी त जाओस् । २०७० भाद्र १४ शुक्रवार बिजु सुवेदी “विजय” कुलेश्वर, काठमामण्डौं bijusubedi@gmail.com

कविता :– हाइकु कविता

कविता :– हाइकु कविता छन्द :– हाइकु छन्द  ५ , ७ ,५ कवि :– बिजु सुवेदी “विजय” कुखुरा मात्र , चरे भाइरसमा , मर्दा रहेछन् पानी चैं पर्यो , बत्ती निभिरहेछ , घटेन निभ्न नेताको शान , तगडाको भाषण , आयात रैछ तँ तँ र म म , संविधान बिगार्ने , नौटङ्की चाल भान्छामा कैद , डाडु पन्यू आफ्नै हो , चाबी बिदेश मंसीर पाँच , नौटङ्की झैंझगडा , सारिने पक्का सुनि रहेछु , समाचार अहिले , कान तिखारी रमजानमा , नमाज पो पढ्दै , एक महीना पुलिस द्वारा , फोटोृ पत्रकारनी , बलात्कृत भो टण्टलापुर , पानी चैं छैन , अरबी झील नेपाली हाम्रा , साठी लाख बिदेशाँ , स्वदेशी युवा बूढा र बच्चा , पक्का छन् स्वदेशी , देशै बनेन गाईको जात्रा , साँढे भो बिचरो , नारी प्रधान पुरानो पुर्ने , नयाँलाई लाउने , बाहुने जनै भ्रष्ट आचार , खानु सम्मन खाऊ , नभए जाऊ पार्टीका लागि , मरी मेटेर पनि , केही भएन जन्माष्टमीमा , हरे कृष्ण गरेर , नाच्छौं हामी त हरि बंशेले , वर्खदिन नपुगी , बिहे गरेछ धरावासीले , वर्खदिन नपुगी , बिहे गरेछ पहिलो स्वास्नी , सम्झेर यी दुबै नै , गोही बनेछन् तीजको लै लै , एक महीने दर , मोटी भइछे सालोले पनि , जेठान पो बनेर , नाकै...