गजल
गजल
छन्द :– असारे (झ्याउरे) 3+2, 3+2 , 3+3=16
गजलकार :– बिजु सुवेदी “विजय”
गरिब हुनु नपर्ने दिन पनि त आओस् ।
मुहार हाँस्ने प्रभाती लाली पनि त छाओस् ।।
कति उसले दुःखका मात्रै झमेला सहने
कहर सब सरर हावा बनी त भागोस् ।
सफल हुन माग्या उसका सबै कुराहरु
उसमा बर्सी राम्रो आशिक बनी त लागोस् ।
कति उसका मात्रै दुश्मन ढोंगी समाजमा
त्यस्तालाई नै ठोक्न बन्दूक पनि त दागोस् ।
उसको कर्म दुःखी भएर जिउने होइन
हर्षको सीमा उसको पनि नाघी त जाओस् ।
२०७० भाद्र १४ शुक्रवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमामण्डौं
bijusubedi@gmail.com
छन्द :– असारे (झ्याउरे) 3+2, 3+2 , 3+3=16
गजलकार :– बिजु सुवेदी “विजय”
गरिब हुनु नपर्ने दिन पनि त आओस् ।
मुहार हाँस्ने प्रभाती लाली पनि त छाओस् ।।
कति उसले दुःखका मात्रै झमेला सहने
कहर सब सरर हावा बनी त भागोस् ।
सफल हुन माग्या उसका सबै कुराहरु
उसमा बर्सी राम्रो आशिक बनी त लागोस् ।
कति उसका मात्रै दुश्मन ढोंगी समाजमा
त्यस्तालाई नै ठोक्न बन्दूक पनि त दागोस् ।
उसको कर्म दुःखी भएर जिउने होइन
हर्षको सीमा उसको पनि नाघी त जाओस् ।
२०७० भाद्र १४ शुक्रवार
बिजु सुवेदी “विजय”
कुलेश्वर, काठमामण्डौं
bijusubedi@gmail.com
Comments
Post a Comment