कविता :– हाइकु कविता
कविता :– हाइकु कविता
छन्द :– हाइकु छन्द ५ , ७ ,५
कवि :– बिजु सुवेदी “विजय”
कुखुरा मात्र , चरे भाइरसमा , मर्दा रहेछन्
पानी चैं पर्यो , बत्ती निभिरहेछ , घटेन निभ्न
नेताको शान , तगडाको भाषण , आयात रैछ
तँ तँ र म म , संविधान बिगार्ने , नौटङ्की चाल
भान्छामा कैद , डाडु पन्यू आफ्नै हो , चाबी बिदेश
मंसीर पाँच , नौटङ्की झैंझगडा , सारिने पक्का
सुनि रहेछु , समाचार अहिले , कान तिखारी
रमजानमा , नमाज पो पढ्दै , एक महीना
पुलिस द्वारा , फोटोृ पत्रकारनी , बलात्कृत भो
टण्टलापुर , पानी चैं छैन , अरबी झील
नेपाली हाम्रा , साठी लाख बिदेशाँ , स्वदेशी युवा
बूढा र बच्चा , पक्का छन् स्वदेशी , देशै बनेन
गाईको जात्रा , साँढे भो बिचरो , नारी प्रधान
पुरानो पुर्ने , नयाँलाई लाउने , बाहुने जनै
भ्रष्ट आचार , खानु सम्मन खाऊ , नभए जाऊ
पार्टीका लागि , मरी मेटेर पनि , केही भएन
जन्माष्टमीमा , हरे कृष्ण गरेर , नाच्छौं हामी त
हरि बंशेले , वर्खदिन नपुगी , बिहे गरेछ
धरावासीले , वर्खदिन नपुगी , बिहे गरेछ
पहिलो स्वास्नी , सम्झेर यी दुबै नै , गोही बनेछन्
तीजको लै लै , एक महीने दर , मोटी भइछे
सालोले पनि , जेठान पो बनेर , नाकै फुलायो
सालीले पनि जेठी सासु बनेर , नाकै फुलाई
श्रीमती पनि , लक्षण पो देख्दैछु ,चोठाल्नी बन्ने
आपूm चैं भने , यी हाइकु लेखी , घोत्ली रहेछु
पढेर हैन , यी हाइकु लेख्या नि , परेर लेख्या
गुनासा सबै , मेरा मात्र हैन यी , सबका हुन्
आउन लाग्यो , बाबुको मुख हेर्ने , पिताभ्यै नमोः
नबसौं सही , गरिबको पक्षमा , आउँछ जुग
शहीद रोए , मार्नेलाई कार्वाही , भएन हेर
डटेर गरौं , मुकाबिला अब , जितेरै छोडौं
गरेमा यत्न , केही पनि छैन , असम्भवता
रात जान्छ नै , अवश्य आउँछ लौ , प्रभात हेर
कस्तोमा लाग्यो , रमाइलो गरेर , भनौं है साथी
मिति २०७०–०५—१० सोमबार
बिजु सुवेदी “विजय”
कुलेश्वर , काठमाण्डौं
bijusubedi@gmail.com

Comments
Post a Comment