भगवान बुद्ध नेपालमा जन्मनुभएको थियो भनेर गर्व गर्नुपर्ने कारणहरु
भगवान बुद्ध नेपालमा जन्मनुभएको थियो भनेर गर्व गर्नुपर्ने कारणहरु बुद्धको जन्म हाल नेपालभित्रको लुम्बिनीमा इ.पू. ६२३ मा भएको हो । बुद्धको जन्म नेपालमा भयो भनेर प्रायः हामी सबै नेपालीहरु गर्व गर्ने गर्दछौं तर यसको कारण प्रायःजसो हामी नेपालीहरुलाई थाहा छैन । म पनि धेरै पटक यसको कारण जिज्ञासुहरुलाई भन्न अर्समर्थ भएको थिएँ । जब मैले बुद्धका ग्रन्थहरु अध्ययन गर्न थालेँ अनि यसको शार कुरो पत्ता लगाएँ । त्यसैले सारा नेपालीहरुले पनि यसबारे जान्नु आवश्यक भएकाले गर्दा यसपालीको २५५५ औं बुद्ध जयन्तीको सन्दर्भमा यसलाई केलाएर जानकारी गर्ने प्रयास गरेको छु । बुद्धको जन्म नेपालमा भएको थियो भनेर गर्व गर्नका लागि बुद्ध भनेको के हो - र कसरी बुद्ध भए भनेर जान्नु आवश्यक हुन आउँछ । एउटा कठीन साधना गरिसकेपछि जो कोही पनि बुद्ध बन्न सक्दछ । त्यसका लागि प्रत्येक साधनाका तहहरु पार गर्नुपर्ने हुन्छ । अनि बुद्धत्वको अवस्था प्राप्त हुन्छ । बुद्धले यस्तै कठिन साधनाद्वारा बुद्धत्व प्राप्त गरेकालेनै बुद्ध बनेका हुन् । तर्सथ यहाँ यसलाई केलाएर हेर्ने प्रयास गरिन्छ । सिर्द्धार्थ गौतम सबभन्दा पहिले साङ्ख्य दर्शनबाट अ...