Posts

Showing posts from November, 2023

लघु कथा ः उत्तोलक

Image
  लघु कथा ः उत्तोलक ढुङ्गाले अवरोध ग¥यो । एक्साभेटरले हटाउन खोजियो तर डेग चलेन । निरन्तर झरी पर्न थाल्यो । सडकै भास्सियो । उक्त देशकै पुरै प्राविधिक र सम्पुर्ण राज्य संयन्त्र खटिए , हेलिकप्टरबाट बन्दुक हानेर पनि भएन, यो निरङ्कुश ढुङ्गाका कारण दशौँ वर्ष हटाउने कि राख्ने भनी पक्ष विपक्षमा विभाजित भएर काटामार भइरह्यो, ढुङ्गामाथि कैयौँ बम प्रहार भए । बुलेट प्रुफसरि ढुङ्गाबाट एक छिटा पनि हटेन । एकलाखले ज्यान दिए । तरै पनि एक इन्च पनि उक्त विशाल ढुङ्गा सार्न त के हल्लाउन पनि सकेनन् । विशाल ढुङ्गाका कारण ठूलो अवरोध भयो । विश्वको आधि भागको रूसकाे बाटो युक्रेनका कारण रोकिएसरि देश पुरै नाकावन्दी भयो त्यो फगत ढुङ्गाका कारण । अजङ्गको बहुला जङ्गली जनावर देखी अनि गुन्डासँग त्रसित भएसरि बाटो रोकिएर नाकावन्दीले संसारैभर मन्दी हुन थाल्यो । भूतप्रेतले साताएसरि सबै त्रसित भइरहे । झरी रोकियो । टन्टलापुर प्रचण्ड घाम लाग्यो । सडक भास्सिएको हिलोले फेरि बाटोको रूप लियो । दुई कक्षामा पढ्ने नाति पाठ घोक्दै थियो, “पहिलो दर्जाको उत्तोलक ढिकी, कैँची, तराजु । दोस्रो दर्जाको उत्तोलक सरौँतो, एक पाङ्ग्रे ठेलागाडा ...