कथाः— मतपत्रमा सहभागिताको शक्ति
कथाः— मतपत्रमा सहभागिताको शक्ति मतदानले लोकतन्त्र बलियो हुन्छ र सहभागिता बढ्यो भने अझ सुदृढ हुन्छ । देशले निकास पाउँछ । त्यसैले यो लोकतन्त्र र विकास अनि प्रत्येक जनताले पाउनुपर्ने राहत शान्तिपूर्ण रुपमा प्राप्त गर्न हरेक व्यक्तिले किन मतदान गर्नै पर्छ ? यही पेरिफेरिमा यो आख्यान बढिरहेको छ । अनि लोकतन्त्रले नै हरेक देशका हेरक विकासका कार्यहरु शान्तिपूर्ण अनि सहजरुपमा सुदृढताका साथ अघि बढ्छ । १ चुनावी माहोल थियो । शहरको चोकमा पोस्टरहरू टाँसिएका थिए, भाषणका आवाजहरू गुञ्जिरहेका थिए, तर चोकको एक कुनामा बसेका केही नागरिकहरू असामान्य रूपमा चुप थिए । “मतदान गरेर के नै फरक पर्छ र ?” रमेशले थाकेको स्वरमा भन्यो । उसको छेउमा बसेकी मीरा भने गम्भीर थिइन्, “फरक नपर्ने हो भने नेताहरू किन यति आतुर भएर मत मागिरहेका छन् त ?” रमेश मुस्कुरायो, तर त्यो मुस्कान विश्वासको होइन, निराशाको थियो, “हामीले त वर्षौंदेखि भोट दिँदै आएका छौँ, तर देश त उस्तै छ ।” उसले नैरनस्यता पोख्यो । त्यसै बेला त्यहाँ पुगे वृद्ध शिक्षक अर्जुनले उनीहरूको कुरा सुने । उनले शान्त तर दृढ स्वरमा भने, “देश उस्तै देखिनु र देश नबदल...