Posts

Showing posts from January, 2013

लघुकथा :– निर्दोष काग

लघुकथा :– निर्दोष काग बिजु सुवेदी “विजय” हत्या र हिँसा विरुद्ध बृत्तचित्र बनाउनुपर्ने महसूस गरियो । एउटा कागलाई मारियो । चउरमा खाल्डो खनी गाडियो । गाडेको भिडियो खिचियो । कागलाई गाडेको त्यो दृश्य देखेर आकाशमा  मडारेर कोलाहल , खैलाबैला गरी बिचलित भएर थुँग्नलाई आक्रमणमा उत्रिरहेका  झूण्ड–झूण्ड कागहरुको पनि एकछिन भिडियो खिचियो र  यी माथिका सबै दृश्यहरु देखाइसकेपछि अन्त्यमा ती विचलित कागहरुको कोलाहलको दृश्यमा शन्देश दिइयो पनि भनियो पनि “ हत्या हिँसाका विरुद्ध यसरीनै उत्रौं”। बिजु सुवेदी “विजय” कुलेश्वर काठमाण्डौं bijusubedi@gmail.com