Posts

Showing posts from September, 2025

त्यहाँ फुट्छ ज्वालामुखी

 जहाँ भोको पेटले दानापानी मागेको हुन्छ अन्याय र अत्याचारले जहाँ सीमा नाघेको हुन्छ त्यहाँ फुट्छ ज्वालामुखी  हा...त्यहाँ फुट्छ ज्वालामुखी  खरानीमा आगोजस्तै भित्रभित्रै पुरिएर आक्रोसको ज्वाला मनमा भित्रभित्रै उर्लिएर भोक र वेदनाको मशाल जहाँ दन्किएको हुन्छ त्यहाँ फुट्छ ज्वालामुखी  अँध्यारोमा साम्राज्यले संसारलाई निलेको हुन्छ तर पनि आन्दोलनले देश सारान हिलेको हुन्छ विद्रोहीको छातिभित्र जहाँ रगत उम्लिएको हुन्छ त्यहाँ फुट्छ ज्वालामुखी  हा...त्यहाँ फुट्छ ज्वालामुखी  सङ्गीनले छेक्दा छेक्दै क्रान्ति अघि बढेको हुन्छ मृत्युसँग खेल्दै जहाँ योद्धा अघि बढेको हुन्छ बारुदको धुवाँभित्र जहाँ देश डुबेको हुन्छ त्यहाँ फुट्छ ज्वालामुखी  हा...त्यहाँ फुट्छ ज्वालामुखी  मलाई जेन्जी आन्दोलनको ५ –२४को दिन जीवन शर्माको स्वर, शब्द र सङ्गीतको यो गीतमात्रै याद आइरहेथ्यो हा...त्यहाँ फुट्छ ज्वालामुखी त्यहाँ फुट्छ ज्वालामुखी  हा...त्यहाँ फुट्छ ज्वालामुखी १. “जहाँ भोका पेटहरूले एक छाक अन्नको लागि भिख माग्छन्.. त्यहाँ ज्वालामुखी फुट्छ ।” यो पङ्क्तिले सामाजिक–आर्थिक विषमताको मूल क...

२४ भदौ: एक रक्तरंजित दिन

  २४ भदौ: एक रक्तरंजित दिन पृष्ठभूमि: २०७७ साल भदौ २३ गते, काठमाडौंको बानेश्वरमा भएको एक प्रदर्शनमा प्रहरीको गोलीप्रहारले १९ युवाको असामयिक मृत्यु भएको थियो। यो घटनाले सम्पूर्ण देशलाई स्तब्ध पार्दै आम जनताको आक्रोशलाई चरमबिन्दुमा पुर्यायो। अर्को दिन, भदौ २४ गते, त्यही आक्रोशले एक भीषण रूप लियो र देशको इतिहासमै एक अभूतपूर्व राजनीतिक उथलपुथलको सुरुवात भयो। बिहान ९:०० बजे – प्रधानमन्त्री ओलीको छलफल: अवसरको अवहेलना बानेश्वर घटनाको अर्को दिन बिहान ९ बजे, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना नजिकका सहयोगीहरूसँग बालुवाटार स्थित आफ्नो निवासमा छलफल सुरु गरे। बैठकमा अर्थमन्त्री विष्णु पौडेल, एमालेको महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली र राजनीतिक सल्लाहकार विष्णु रिमाल उपस्थित थिए। अर्थमन्त्री पौडेलले परिस्थिति गम्भीर रूपमा नियन्त्रणबाट बाहिरिएको संकेत गर्दै विभिन्न राजनीतिक विकल्पहरूबारे सोच्न आग्रह गरे। तर, पोखरेल, ज्ञवाली र रिमालले विरोध जनाए। प्रधानमन्त्री ओली आफूले सुनेको नसुनेजस्तो गरी बसिरहे। उनको यो निष्क्रियताले गर्दा समस्याको समाधान गर्ने एउटा महत्त्वपूर्ण अवसर हातबाट गयो।...

जेन्जीलाई मात्र, मात्रजेन्जीलाई मात्र

Image
  जेन्जीलाई मात्रजेन्जीलाई मात्र एकातिर जनतालाई सुरक्षा दिएको अनि एकमात्र विकल्प भनिएको ज्ञानेको दास सेना अझै पनि सुध्रिएको देखिँदैन । जेन्जीले सुशिलाकार्की, रामचन्द्र पौडेलसमक्ष सेना प्रमुखका अगाडि विज्ञप्ती निकाली एक पृष्ठको माग राखेका बेला एकातिर दुर्गा प्रसाइ अधिसार्ने अनि  त्यसबाट विथोलिएर वार्ता स्थगित हुँदा पारसेको विज्ञप्ती अघि सार्ने सेनालाई के भन्ने ? जहाँसम्म पार्टीको कुरा छ पार्टीले अहिले युवा नेताहरु अघि सारिरहेका छन् । प्रचण्डले आफु अरु पार्टीभन्दा जेन्जीको नजिक भने पनि पहिलेको अवस्था त्यस्तो दखिन्न । युवा नेताहरुले शेरबहादुरलाई समर्थन फिर्ता लिन भन्दा नमानेको भन्दै पानीमाथिको ओभानो बनने प्रयास गरेको देखिन्छ । लाखौँ जनताको बलिदानीले ल्याएको संविधान पानी थिएन । त्यो रगतले लेखिएको संविधानको अपमान हुनु भएन । विधि छ पद्धति कहिलयै भएन । पुरै सांसदहरु भक्तपुरका प्रेम सुवाललाई मात्र कराउन दिएर तमासा हेरि बस्नेलाई जति क्रूर गाली गरे पनि पाप लाग्दैन । पुरै सांसद सधैँ प्रेम सुवालको सुझाव मानदैनथे र उनलाई जोकर बनाएर हाँस्थे अहिले सय सुनारको एक लोहारको भएको छ । प्रेम सुवाल ह...

कथा :– १९ दिने जनआन्दोलन नजिकबाट हेर्दा

 पहिलेका आन्दोलन जस्तो कि प्रतिनिधि आन्दोलनका रुपमा यो आन्दोलनलाई एकपटक र्धैर्यशील भई अध्ययन गरी जेँन्जी भाइबहिनीहरुलाई म विशेष अनि एकदम विषेश आह्वानका साथ अनुरोध गर्दछु । आज २०८२ भदौ २५ जेन्जी आन्दोलनको तेस्रो दिन म विजु सुवेदी विजय । कथा :– १९ दिने जनआन्दोलन नजिकबाट हेर्दा कथाकार :– बिजु सुवेदी “विजय” २०५२साल फागुण १ गतेदेखि राजतन्त्र अन्त्यको लागि नेकपा माओवादीले एक्लैले १० वर्षसम्म जनयुद्धबाट आन्दोलन गरेको थियो । त्यसै दौरानमा २०६३ मंसीर ७ गते दिल्लीमा नेकपा माओवादीसँग ७ दलले शान्तिपूर्ण आन्दोलन गर्ने तय गरेको थियो । सातदलले १२ बुँदे सम्झौता जुन नेकपा माओवादीसँग दिल्लीमा गरेका थिए जसमा तात्कालीन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला र तात्कालिन नेकपा माओवादीका अध्यक्ष प्रचण्डले हस्ताक्षर गरेका थिए । यसरी शान्तिपूर्ण आन्दोलनको सुरुवात भएको थियो तर त्यसैका विरुद्धमा शाहीसत्ताले कफ्र्यु लगाउने सिलसिला सुरु गरेका थिए । आठदल मिलेर कफ्र्युको प्रतिकार गरेका हुनाले जनताले पनि विभाजित नभई कफ्र्युको अवज्ञा गरेका थिए । शाही सत्ताले आन्दोलनकारीहरुको भित्रभित्रै भिजिलान्ते प्रयोग ग...