Posts

Showing posts from October, 2018

आज कालरात्रिमा गर्नुपर्ने उपासना

बाममार्ग–आगमनिगम–तान्त्रिक पद्धति जे भने पनि त्यो विधि अनुसारको आराधना, शक्तिको उपासनामा पाठ पुजा जप तप अनि वलिप्रथा पनि छ । तर अहिले वलिप्रथा मात्र जोगिएको छ । यसले कदापि पनि उपासना पुर्ण हँदैन । जप, तप, पुजा, पाठ आदि गरेर विधिपुर्वक त्यो जीवको उद्धार गर्नु वलिप्रथा अन्तर्गत पर्दंछ । यस विधि अन्तर्गत पनि वलिको पुजापाठ सकिसेकपछि जीवलाई जीवनदान दिई जङ्गलमा छोड्ने चलन हो किनकी वलिको मासु त खानु हुँदैन भन्ने शास्त्रमा पनि उल्लेख छ । खालि हत्या मात्र गरेर पुजा गरेकाले यी बाममार्ग–आगमनिगम तान्त्रिक पद्धति लोप भइसकेको छ, विकृत भएको छ । अष्टमीको वलिदिने प्रथा स्वादसँग गाँसिन पुग्यो । नवरात्रको साधनासँग कसैको मन गएन । कलिको धर्म हुन्छ धर्म, न्याय, सत्य कमजोर बनाउनु तथा गलत, पाप, अत्याचार बढाउनु । यसैको दुष्प्रभावले साधना हत्याद्वारा भइरहेको छ  । पाठ, पुजा, जपतप गौण हुन थाल्यो । यसरी साधना कदापि पुर्ण हुँैदैन । झन् आजको महाअष्टमी त झनै विकृत बलिप्रथा गर्नैपर्ने हावि भएर देखावटी मासुको रवाफको चाड भइरहेको छ । त्यसैले यो खाने चाड कदापि होइन । आराधना नै गर्ने नै हो भने यसका लागि शरीरका लागि आ...