आज कालरात्रिमा गर्नुपर्ने उपासना

बाममार्ग–आगमनिगम–तान्त्रिक पद्धति जे भने पनि त्यो विधि अनुसारको आराधना, शक्तिको उपासनामा पाठ पुजा जप तप अनि वलिप्रथा पनि छ । तर अहिले वलिप्रथा मात्र जोगिएको छ । यसले कदापि पनि उपासना पुर्ण हँदैन । जप, तप, पुजा, पाठ आदि गरेर विधिपुर्वक त्यो जीवको उद्धार गर्नु वलिप्रथा अन्तर्गत पर्दंछ । यस विधि अन्तर्गत पनि वलिको पुजापाठ सकिसेकपछि जीवलाई जीवनदान दिई जङ्गलमा छोड्ने चलन हो किनकी वलिको मासु त खानु हुँदैन भन्ने शास्त्रमा पनि उल्लेख छ । खालि हत्या मात्र गरेर पुजा गरेकाले यी बाममार्ग–आगमनिगम तान्त्रिक पद्धति लोप भइसकेको छ, विकृत भएको छ । अष्टमीको वलिदिने प्रथा स्वादसँग गाँसिन पुग्यो । नवरात्रको साधनासँग कसैको मन गएन । कलिको धर्म हुन्छ धर्म, न्याय, सत्य कमजोर बनाउनु तथा गलत, पाप, अत्याचार बढाउनु । यसैको दुष्प्रभावले साधना हत्याद्वारा भइरहेको छ  । पाठ, पुजा, जपतप गौण हुन थाल्यो । यसरी साधना कदापि पुर्ण हुँैदैन । झन् आजको महाअष्टमी त झनै विकृत बलिप्रथा गर्नैपर्ने हावि भएर देखावटी मासुको रवाफको चाड भइरहेको छ । त्यसैले यो खाने चाड कदापि होइन । आराधना नै गर्ने नै हो भने यसका लागि शरीरका लागि आवश्यक थोरै खाने, सादा खाने तथा चोखो खाने गर्नु पर्दछ । यसले हाम्रो शरीर र आत्मा शुद्ध हुन्छ ।

अर्को पद्धति हो, सनातन वैदिक पद्धति । यसका लागि सात्त्विक हुनु जरुरी हुन्छ । वेद अनुसार, वैदिक षोदषोपचार विधिहरु जानेर बुझेर गर्नु उपयुक्त हुन्छ । नवरात्रको महिमा भनेको ९ दिनसम्म शुद्ध पारेर बस्नु हो । गर्मी गएर जाडो आउन खोज्ने शरद ऋतु हो । यो अति सम्बेदनशील समय शरद हो । सानो कुराको प्रभावले हाम्रो शरीरमा रोगव्याधीले छुन सक्छ । गर्मी अनुसारको शरीरलाई जाडो अनुसारको शरीर बनाउन शरीरले सम्बेदनशील हुने समय हो । मन मस्तिष्क एकाग्र भयो भने ध्यान, साधना, योगले राम्रो बनाउँछ । ब्रह्मा, विष्णु महेश्वर अर्थात सृष्टि, स्थिति तथा संहारकर्ता का स्वामि शक्तिमाताको सहाराले हाम्रो तपको वल, हाम्रो आत्मा उल्लास हुने समय  आजको महाअष्टमी महापर्व हो ।

दुर्गामाता , शक्ति पीठको आज जुन कालरात्रिको पुजा हुन्छ त्यो शक्तिको उपासना नै हो । दुर्गामाता जुन कालिको स्वरुप हुनुहुन्छ । कालले समय जनाउँछ । काल भनेको न मृत्यु हो, न नै कालो हो । काल भनेको कृष्ण अनि समय हो । वास्तबमा उहाँलाई जुन स्वरुपमा साधना गरेपनि हुन्छ । मुख्यतः माथि बताएअनुसार विकृत भने कदापि हुनु हुँदैन । शक्ति एउटै हो नाम, रुप, अवतार भलै फरक भए तापनि ।

वर्षभरि गरेका पापहरु, जानअञ्जानमा गरेका गल्तीहरुको भागिदार हामी हुनैपर्छ । नवरात्र यस्तो समय हो कि वर्षको एकचोटी अनिष्ट हटाउनका लागि यो उपयुक्त समय हो । दुर्गामाता दयालु हुनुहुन्छ । उहँलाई सम्झिने वित्तिक्कै पनि दुःख कष्ट निवारण हुन्छ । यसरी स्मरण गर्न सात्विक बनेपछि मात्र उहाँको स्वरुपको समझ आउँछ । उहाँले सद्बुद्धि दिनुहुन्छ । सद्बुद्धिविना ज्ञान हुँदैन । ज्ञानविना म को हुँ भन्ने भेउ पाइँदैन । म भनेको शरीर शक्ति माताको अंश नै हो । उहाँको मार्गदर्शन विना हाम्रो जन्म पुर्ण तथा सफल हुन सक्दैन । कुनै कुरा पढेर मात्र हुँदैन । पढेर त घोकन्ती विद्या मात्रै हुन्छ । त्यसैले जसले यसलाई मनन गरेर, बुझेर व्यवहारमा लागु गर्दछ ऊ नै सफल हुन्छ र उसको जीवन सार्थक हुन्छ । लाखौं करौडौं वर्षपछि पाएको ज्ञान विवेक शीललले भरिपुर्ण यो मानव चोलाको सदुपयोग गरौं । यसरी अनेक जन्म जनमान्तरपछि यस्तै सिद्धिका लागि हामीले यो मावनचोलाबाट सम्पुर्णको हितका लागि नवरात्रमा सम्पुर्ण जीवका माता शक्तिको यसरी आराधना गरौ ं ।

त्यसैले आजको रात्रि महाअष्टमीको कालरात्रि महासाधना गर्ने ठूलो महापर्व आत्मा शुद्ध गरेर बलिविना कर्म, जप, तप, तन्त्र, योगद्वारा सम्पुर्णको भलाईका लागि गरौं ।

असतो मा सद्गमय
तमसोमा ज्योतिर्गमय
मृत्योर्मां अमृतंगमय
ॐ शान्ति ! शान्ति !! शान्ति !!!

२०१८ अक्टोबर १७ बुधवार असोज महाअष्टमी
विजु सुवेदी विजय
कुलेश्वर, भकतजन मार्ग
bijusubedi@gmail.com


Comments

Popular posts from this blog

गजलमा प्रयोग हुने बहरहरुको बिस्तृत जानकारी

कथाः माटोको स्मृति आकाशको सपना

विज्ञान कथाः अनन्त यात्रा