Posts

Showing posts from July, 2018

“विद्यार्थीका लागि ए टु जेड खुराक” पढिसक्दा आफूलाई भन्न मनलागेका कुराहरु

Image
“विद्यार्थीका लागि ए टु जेड खुराक” पढिसक्दा आफूलाई भन्न मनलागेका कुराहरु —    बिजु सुवेदी“विजय” कोही व्यक्तिमा कत्तिको लेख्ने क्षमता छ भनेर मापन गर्न उसको पढाइले भन्दा ऊ कत्तिको असल छ त्यसमा निर्भर हुन्छ । किनभने असल व्यक्तित्वले समाजलाई पनि असल बाटोतिर डोर्याउने सोच निरन्तर गरेको हुन्छ र गरिरहेको हुन्छ । त्यसैले पढाइको सामान्य–ज्ञान अङ्क , तिथिमितिको सम्झनाले मात्र उक्त व्यक्तित्वको विद्वता राम्रो छ भनेर आँक्न सकिँदैन । त्यसका लागि त ज्ञानको जरुरत पर्दछ । उक्त ज्ञान हासिल गर्न सामान्य–ज्ञानको अङ्क तालिका तथा इतिहासका नामावलीहरु कण्ठस्त जानेर पनि हुँदैन । त्यसका लागि असल व्यक्तित्व हुनुपर्दछ । यस्तै असल व्यक्तित्वको छनक नेपालका राष्ट्रिय दैनिकहरुमा स्वतन्त्ररुपमा लेखन गरिरहनुभएका तथा हालै २०७१ सालदेखि सुरुवात भएको चन्द्रसूर्य डटकमका सह–सम्पादक रामजी बलामीमा पाइन्छ । उनका प्रायःजसो लेख–रचनाहरु मैले पनि अध्ययन गरेको छु । लेख–रचनाहरुमा निरन्तर कलम चलाइरहनुहुने भएकाले बि.सं. २०४५ सालमा जन्मनुभएको तथा व्यवस्थापनमा स्नातक गर्नुभएको भएता पनि उहाँका लेखनीहरु अध्ययन गर्दा...

“मुक्त आकाश” कथा सङ्ग्रह एक मन्थन

Image
(२)विषय प्रवेश सामाजिक मूल्यमान्यतालाई बलात्कार गर्ने हाम्रो समाजमै पुरुष पात्रहरू ब्याप्त छन् । यसबाट बच्न नारीले आफ्नो नारी अधिकार , जुन नारीअधिकारसँग सम्बद्ध छ , त्यसलाई बुझ्नु जरुरी छ । हुनत सबै पुरुषहरू यस्ता नहोलान् तर हाम्रो समाज यसरी पतनतर्फ गएको आभाष भइरहेको छ । यसको साक्षी यही कथा सङ्ग्रह हो । पुरुषले पनि यसरी नारी अधिकार बारे कुरा गरेमा, आवाज उठाएमा उसलाई पनि कस्तो केटीजस्तो ? भन्ने अहिलेको समाज छ । यसैबाट स्पष्ट छ , नारीले अहिले जहाँ पनि यौन शोषण भोग्नु परिरहेको छ  । यस्ता समस्या समाधानका लागि अहिले सभामुख, प्रधानन्यायाधीश तथा राष्ट्रपतिसमेत नारी नै भइसकेर पनि समस्या ज्यूँकात्यूँ भइरहेको छ । मलाई लाग्छ यसका लागि  सरकारका हरेक नारीसँग संबद्ध मन्त्रालयहरू नारीलाई नै चलाउनु दिनुपर्छ । पुरुषले जतिसुकै नारी सम्बेदनामा आधारित भावहरू व्यक्त गरे पनि एक नारीको लेखनका अगाडि फितलो नै हुन्छ । स्रष्टाले यसरी यस कृतिमा भावहरू पोख्नुभएको छ जुन पीडा व्यथा प्रसव पीडा सरह छ । कथाहरू बडो कारुणिक छ । नारीका यस्ता पीडाहरूले मथिङ्गल खल्बलयाउँछ । नारीका यस्ता नीशा कालरात्रिहरू...