Posts

Showing posts from December, 2016

गीत :– भलो गर्छु

गीत :– भलो गर्छु बिजु सुवेदी “विजय” अडान राख्छु डटेर सधैं सबको भलो गर्दछु यसै कुनै नि पानी भएन सङ्लो पिउने कतै मन यो छैन जो पनि हरे अश्लील बोल्छन् बोल्ने त कुनै मन यो छैन बठ्याँइ कुरो बेपारी चाल ढाँट्ने त कबै मन यो छैन रक्षक हुँ म सजिव पुज्छु काट्ने त कुनै मन यो छैन लय :–३, जोड २ विश्राम ३, जोड २  विश्राम जम्मा १० २०७३ पुस १६ बिजु सुवेदी “विजय” भक्तजनमार्ग, काठमाण्डौँ bijusubedi@gmail.com

लघुकथा :– बन्द

Image
लघुकथा :– बन्द बिजु सुवेदी “विजय” बिहानको समय थियो । धर्मकर्म गर्ने एकहुल मानिस अगाडि नबढी टक्क रोकिए । गाडीवालाले सोधे “किन रोकिनु भएको ? “ हे राम ! बिरालोले बाटो काट्यो ।” गाडीे झ्याप्प ब्रेक लगायो । हे गाडी अगाडी बढा । (पछाडि गाडी चलाउने कुर्लियो) त्यहाँबाट कोही बढेनन् , न त उक्त गाडी नै अगाडि बढाए । सडक जाम भयो । टिँटीँ, प्वाँप्वाँ धेरैबेरसम्म भयो । यो तमासासँग अनभिज्ञ एकजना कड्कियो “फसादै भयो, आतङ्ककारीले बन्द गरिसकेछ ।” त्यसपछि त झन् सबैले गाडी पछाडिबाट फर्काए । सडक शुन्य भयो । विस्तारै चकमन्न सडक भएका कारण सटरहरु, पसलका ढोकाहरु बन्द भए । त्रासैत्रासबाट जोगिन हल्लैहल्लामा एकदिन बन्द भयो । २०७३ पुस ६ बिजु सुवेदी “विजय” भक्तजन मार्ग, काठमाण्डौं bijusubedi@gmail.com 69 You, Tika Kharel Subedi, ßinisha Rajbanshi and 166 others 11 share Comments Tilak Tamang   एक भएको थियो। Unlike  ·  Reply  ·  2  ·  December 21 at 8:30pm Tika Kharel Subedi ...