म न डिप्रेसनी न ब्लडप्रेसरको पेसेन्ट !!!
म न डिप्रेसनी न ब्लडप्रेसरको पेसेन्ट !!! दुनियाँ गजबको छ । त्यो पनि नकारात्मक गजब ! यस मानेमा कि जो सेवा भावमा समर्पित देखिएका छन् ती छेपाराका रङ्गमात्र रहेछन् । तपाईंहरु जो कोही पनि यस फन्दामा पर्नुभएको हुनुपर्छ । मेरो इन्भेस्टिगेशन भनुँ या शोध ! कि मैले धेरै हन्डर र धोका खाएपछि कसैलाई विश्वास गर्नै छोडिदिएँ तर यसको परिणाम सकारात्मक निस्कियो कि अबबाट तपाईंहरुले पनि यसरी नै सोच्ने चेत आउन करै लाग्नेछ । म यस्तो व्यक्ति हुँ समाजमा परिवर्तन गर्छु भनी प्रगतीवादीपथमा लाग्न प्रगतीशील भइरहेको थिएँ । तर समाजले मलाई पागल बनाई उपचार गरिदिए । ल सावित गरेछन् भने म मानुँला भन्नु नै मेरो गल्ती भइगयो । मैले आफुले चालै नपाइकन कडा डोजको डिप्रेसनको औषधि मलाई समाजले दिइरहे, जब कि मलाई जाँच गर्न लग्ने ठाउँमा ब्लड प्रेसर चेक गरिन्थ्यो र ब्लड प्रेसरको औषधीको प्रेस्कृप्सन भनी मलाई झुक्याइरहेका थिए । जब मैले कसो कसो गरी मलाई डिप्रेसनी बनाइएको चाल पाएँ । मैले ज्यानै गए पनि त्यो औषधि सेवनै गरिन । वर्षौ भयो मैले डिप्रेसनी औषधी सेवन गर्नु परेन भनी फ्रेस भएर समाजमा मैले यसरी परिवारबाट विद्रोह नगरेको भए ...