Posts

Showing posts from March, 2025

सफलताका लागि पाँच रुपियाँ अभियान

 सफलताका लागि पाँच रुपियाँ अभियान १ विराटनगरको साँघुरा गल्ली हुँदै एउटा वृद्ध पुरुष सुस्तरी हिंड्दै थिए । अग्लो कद, सेतै फुलेको कपाल, अनुहारभरि अनुभवका चाउरीहरू । उनी थिए— जगतप्रसाद , एक अवकाशप्राप्त कर्मठ शिक्षक । एकदिन उनी सडक छेउको चिया पसलमा उभिएर चिया पिइरहेका थिए । छेउमै केही वृद्धवृद्धा भोकले चिच्याइरहेका थिए । कसैले वास्ता गरेन । उनी भित्रैदेखि छटपटाए । जगतप्रसादः (आफैंसँग बर्बराउँदै) “यी वृद्धहरू आज सडकमा छन्, भोलि म पनि त यस्तै अवस्थामा हुन सक्छु ! के साँचै हाम्रो समाजमा बुढेसकालको कुनै सुरक्षा छैन ?” त्यही रात उनी निदाउन सकेनन् । विचारै विचारले भरिएर आयो । (अर्को दिन) विद्यालयमा भेटिएका उनका पुराना विद्यार्थीहरूले उनलाई सम्मान गर्न खोजे । शिवः (हर्षित हुँदै) “गुरुजी, तपाईं हाम्रो प्रेरणा हुनुहुन्छ ! हामीले तपाईंलाई कसरी धन्यवाद दिन सक्छौं ?” जगतप्रसाद केही सोचमग्न भए । त्यसपछि मुस्कुराउँदै भने—ः “यदि साँच्चै मलाई सम्मान गर्न चाहन्छौ भने, मेरो एउटा सानो अभियानमा सघाऊ ।” रमेशः “कस्तो अभियान, गुरुजी ?” जगतप्रसादः “पाँच रुपियाँको अभियान ।” सबै अचम्मित भए । अनिताः (चिन्तित हु...

कथा ः— अन्तरिक्ष यात्रा

 कथा ः— अन्तरिक्ष यात्रा १ नासाको प्रशिक्षण केन्द्रको विशाल हलभित्र सुनीता विलियम्स र बुच विल्मोर अन्य अन्तरिक्षयात्रीहरूसँग बसेका थिए । उनीहरूको अगाडि प्रशिक्षक जेम्स स्टोन उभिएका थिए । उनले बोर्डमा ठूलो अक्षरमा लेखे – “अन्तरिक्षमा बाँच्ने कला ।” “तपाईंहरूलाई स्वागत छ,“ जेम्सले गम्भीर स्वरमा भने, “तपाईंहरूलाई थाहा छ, अन्तरिक्ष केवल रोमाञ्चक यात्रा मात्र होइन, त्यहाँ जीवनको प्रत्येक क्षण चुनौतीपूर्ण हुन्छ । यदि तपाईंहरू यहाँबाट अन्तरिक्ष जान तयार हुनुहुन्छ भने, पहिलो कुरा बुझ्नुपर्छ – अनुशासन !” सुनीताले टाउको हल्लाइन् । उनले बच्चादेखि नै अनुशासन सिकेकी थिइन्, तर अन्तरिक्ष यात्राको लागि चाहिने अनुशासन भिन्न खालको थियो । “आज हामी शून्य गुरुत्वाकर्षण वातावरणमा रहने प्रशिक्षण गर्छौं,” जेम्सले भने । “सबै जना आफ्नो स्थानमा जानुहोस् !” समूहका सबै जना “वेटलेसनेस ट्रेनर” नामक विशेष विमानमा प्रवेश गरे । यो विमान पृथ्वीको गुरुत्वाकर्षणबाट मुक्त हुने गरी उडान भर्न सक्थ्यो, जसले गर्दा अन्तरिक्षमा जस्तै तैरिन सकिन्थ्यो । विमान उड्न थालेपछि, केही मिनेटमै सबै जना हावामा तैरन थाले । बुच हाँस्दै सु...

नेता बन्ने सपना

 लघुकथा ः—“नेता बन्ने सपना” कलेजको प्राङ्गणमा उभिएका दुई विद्यार्थी—अमृत र शंकर— सरस्वतीको अपमान भएकाबारे नैराश्यतामा गम्भीर कुराकानी गर्दै थिए । अमृतः “यार, यो स्वतन्त्र विद्यार्थी युनियनमा यस्तो गुन्डागर्दी कहिलेसम्म सहनुपर्ने हो ? आज फेरि चुनावको नाममा ढुंगा हानाहान, सिसा फुटफुटाइ । पढ्न आउने ठाउँमा तर्सिएर हिँड्नुपर्ने ?” शंकरः “यो देख्दैछस् नि, अमृत ! पार्टीहरू आफ्ना युवाहरूलाई यहाँ पठाउँछन्, शक्ति प्रदर्शन गर्न । कलेज अब शिक्षा दिने थलो नभएर सानो मोर्चा बनेको छ ।” अमृतः “अनि हाम्रा नेताजीहरू ? केही भन्दैनन् ? यिनीहरूकै छत्रछायामा त हुर्किराखेका हुन् नि यस्ता दादा, डन भनाउँदा विद्यार्थीहरू ।” शंकरः “हो त ! नेतृत्त्व सिकाउने भनेको नै त हिँसा र आक्रमण पो रहेछ ! तिमीलाई थाहा छ, हाम्रो सिनियर वाल्मिकी दाइ युनियनको अध्यक्ष भएपछि कसरी फेरिए ? सुरुमा शान्त स्वभावका थिए, तर जब उनी संगठनको ’मुखिया’ भए, उनले पनि हातपात गर्न थाले ।” अमृतः “यस्तो देख्दा त नेता बन्ने सपना नै मरिहाल्छ । पढाइमा राम्रो गर्ने विद्यार्थीलाई तिनीहरूले कहिल्यै अघि बढ्नै दिँदैनन् । कलेजको चुनाव पनि गुन्डागर्दीबाट ...

नेपाल छोडेर होइन, नेपालमै केही गर्ने अभियान थालौं !

 नेपाल छोडेर होइन, नेपालमै केही गर्ने अभियान थालौं ! आज नेपाल छोडेर विदेशमा श्रमिक बनेकाहरु ५० लाख नाघिसक्यो । उसले पनि आफ्नी श्रीमतीलाई स्वदेशमै केही गराउन अनेकौँ खर्च गर्यो तर बुढी विदेशको कुरा गरी थुक निल्ने मात्रै । स्वदेशमा व्यापार गराउन उसले रु ५०लाख खर्च गरिसक्यो । श्रीमतीले कहिल्यै कोरोनाको लकडाउन त कहिल्यै २०७२को महाभूकम्पको बहानामा सबै सम्पत्ति नाश पारी । फेरि विदेश जान २० लाख लिएर दलाललाई बुझाएको १ वर्षपछि ऋणैऋण भएर डामाडोल भएको विजयको हालत अहिले धेरै खराब छ । विजयले यही मेसोमा हिसाब गर्यो कि यसरी म एक जनाको १ करोड जति स्वाहा भइसक्यो । त्यही पैसाले स्वदेशमै केही गर्ने जमर्को गरेका भए सुन फल्नेमा दुईमत छैन तर यति सारो किन सबै युवाहरुलाई पश्चिमा समाज अनि खाडीको मोह ? उसले बुझ्नै सकेन । यो त विजयको प्रतिनिधि घटना मात्रै हो । माथिका कुरालाई आधार बनाई प्रति व्यक्ति विदेश जान गरिने खर्चको आधारमा ५० लाख व्यक्तिले यसरी कति स्वदेशी पैसा खत्तम पार्यो ? स्टाटिस्टिकल डाटा प्रस्तुत गरेको छु । त्यसको हिसाब खुल्स्त हेर्नुहोला, तथ्याङ्कले यही भन्छ । र त्यो खर्बोँको पैसा स्वदेशमा मात्र ल...

होलिका दहन

 होलिका दहन भक्त प्रह्लादलाई जलाउने कुचेष्टाले उनलाई काखमा राखेर होलिका नामकी राक्षसिनी आगोमा बसेकी थिइन्, तर आफैँ जलिन्, प्रह्लाद जलेनन् । यही ऐतिहासिक घटना होली पर्वको धार्मिक पृष्ठभूमि बनेको छ । प्राचीन समयमा असुरराज हिरण्यकशिपुले भगवान् विष्णुलाई घोर विरोध गर्थे । उनी आफूलाई नै भगवान् मान्थे र आफ्ना प्रजाहरूलाई आफूलाई मात्र पूजा गर्न बाध्य पार्थे तर, उनको आफ्नै छोरा प्रह्लाद भगवान् विष्णुको परम भक्त थिए । हिरण्यकशिपु छोरा प्रह्लादलाई विष्णु भक्ति छोड्न अनेक उपाय अपनाए । उनलाई अनेक यातनाहरू दिए, तर प्रह्लादको भक्ति अटल रह्यो । अन्ततः हिरण्यकशिपुले आफ्नी बहिनी होलिकासँग मिलेर प्रह्लादलाई जलाउने योजना बनाए । होलिका आगोबाट नजल्ने बरदान प्राप्त राक्षसिनी थिइन् । उनी प्रह्लादलाई काखमा लिएर अग्निमा बसिन् तर, भगवान् विष्णुको कृपाले प्रह्लादलाई केही भएन, उल्टै होलिका नै जलेर भष्म भइन् । यो घटनाले सत्यमाथि असत्यको विजय, भक्ति र निष्ठाको महत्त्व दर्शाउँछ । यसरी होली पर्वलाई असत्य, अहंकार र अन्यायको अन्त्य तथा सत्य, प्रेम र भक्ति विजयको प्रतीकका रूपमा मनाइन्छ । यस दिन विशेष रूपमा होलिका दह...

श्रमिक नारी दिवस ८ मार्च

 श्रमिक नारी दिवस ८ मार्च ठूलो सहरको एक कारखानामा, जहाँ दिनरात श्रमिक नारीहरू पसिना बगाउँदै काम गर्थे, त्यहाँकी एक महिला थिइन्—राधा । उनी केवल एक कामदार मात्र थिइनन्, उनी एक क्रान्तिकारी थिइन् । एक सय वर्षभन्दा अगाडि, जब नारी श्रमिकहरू न्यूनतम तलब, लामो कार्यसमय र शोषणका चपेटामा परेका थिए, त्यही बेलामा अमेरिकाको कपडा उद्योगमा काम गर्ने महिलाहरूले आफ्ना अधिकारका लागि आवाज उठाए । उनीहरूलाई दबाउने प्रयास गरियो, तर उनीहरू झुकेनन् । राधाले बाल्यकालदेखि नै श्रमको मूल्य चुकाएकी थिइन् । उनका बुबा बितेपछि उनले सानो उमेरमै आफ्नो परिवार धान्न सिलाइ–बुनाइको काम गर्न थालिन् तर, जब उनले महिला श्रमिकहरूको संघर्षबारे सुनेकी थिइन्, उनको मनमा जागरुकताको ज्योति बल्यो । एकदिन, कारखानाको मालिकले तलब घटाउने निर्णय गर्यो । राधाले यसलाई स्वीकार्न सकिनन् । उनले अन्य महिलाहरूसँग मिलेर विरोध गर्ने निर्णय गरिन् । उनीहरूले एउटै स्वरमा भनिन्—“हामी शोषण सहँदैनौँ, हाम्रो अधिकार सुनिश्चित गर ।” उनको आव्हानमा सयौं महिला एकजुट भए । यो आन्दोलन त्यति सजिलो थिएन । मालिक पक्षले उनीहरूलाई धम्क्यायो, कतिलाई जागिरबाट हटायो...

कथाः समाजको जित

 कथाः समाजको जित साँझ पर्न लागेको थियो । सहरको एउटा कुनामा पर्ने एउटा पुरानो घरको ढोका ढकढकाइयो । भित्रबाट एक वृद्ध निस्के । उनी थिए रमेशकाका, जो केही वर्षअघिसम्म गाउँका धनीमानीमध्ये गनिन्थे तर समयको खेल, आज उनीसँग केही पनि थिएन । “हजुरलाई को खोज्दै आउनु भएको?“ वृद्धले ढोका खोल्दै भने । “काका, म विजय । बिर्सनु भयो ? पहिले तपाईंको घरमा आउँदा तपाईंले सधैं मिठा परिकार खुवाउनुहुन्थ्यो । आज तपाईंसँग केही कुरा गर्न मन लाग्यो ।“ विजयले भन्यो । रमेशकाका विजयलाई देखेर मुस्कुराए । “बुहार्तन !!! म कसरी बिर्सिन सक्छु ? भित्र आऊ, बस । चिया ल्याइदिन्छु ।” विजय लजाउँदै भन्यो, “होइन काका, तपाईंलाई दुःख दिन आउनु भएको होइन । म चाहन्छु कि तपाईंको हालखबर बुझूँ ।” रमेशकाका गहभरी आँसु पार्दै भने, “बेटा, जब मसँग धन थियो, यो आँगन सधैं भरिभराउ हुन्थ्यो । आफन्त, साथीभाइ हरेक दिन आउँथे । मैले सबैलाई खानपिन गराएँ, सत्कार गरेँ तर जब मेरो व्यापार डुब्यो, सबै एक–एक गरी हराए ।” विजय गम्भीर भयो । “काका, समाज साँच्चै स्वार्थी रहेछ । तपाईंलाई पहिले चिनेका ती आफन्त अहिले खोइ त ?” रमेशकाका निराश हाँसे, “छोरा, जब मसँग ...

दीव्य वाणी

 दीव्य वाणी विवेक आफ्नो पुरानो गाउँ घर फर्किएको थियो । करिब दस वर्षपछि पहिलो पटक ऊ त्यहाँ गएको थियो । घर उस्तै थियो, आँगनको रुख उस्तै थियो, तर एउटा चीज भने फेरिएको थियो— हजूरबुबा अब त्यो आँगनमा थिएनन् । आँगनमा उभिएर विवेकले सम्झ्यो, त्यही ठाउँ जहाँ हजूरबुबा कुर्सीमा बस्नुहुन्थ्यो, हातमा एउटा पुरानो किताब समातेर उसलाई असल वाणी सुनाउनुहुन्थ्यो । “सम्पत्ति कमाउने भए जोखिम मोल, शिक्षा चाहिएको छ भने पुस्तक पढ । अझ परेर जानेका कुरा मनमा गढ !” हजूरबुबाको त्यही आवाज सम्झँदा उसको आँखामा आँसु टिलपिलायो । त्यही बेला, भित्रबाट आमा आइन् । “कति समयपछि आयौ बाबु ! हजूरबुबाले त तिमीलाई धेरै सम्झिनुहुन्थ्यो । तिमीलाई भेट्न पाइएन भनेर कति निराश हुनुभएको थियो !” विवेकले टाउको झुकायो, मन भारी भयो । उसले त शहरको दौडधुपमा, करियरको अत्तो नपत्तो खोज्दा हजूरबुबालाई एकपटक भेट्न पनि सकेनछ । त्यसपछि, आँगनको कुर्सीमा बस्दै विवेकले फेरि सम्झना ग¥यो । बच्चा बेलाको त्यो दिन ऊ सानो छँदा, एकदिन ऊ किताबभन्दा बाहिर खेल्न जान खोज्दै थियो । हजूरबुबाले मुस्कुराउँदै भने, “पढ्न त मन लाग्दैन, नि है ?” विवेक अलिकति हिचकिचायो...