होलिका दहन
होलिका दहन
भक्त प्रह्लादलाई जलाउने कुचेष्टाले उनलाई काखमा राखेर होलिका नामकी राक्षसिनी आगोमा बसेकी थिइन्, तर आफैँ जलिन्, प्रह्लाद जलेनन् । यही ऐतिहासिक घटना होली पर्वको धार्मिक पृष्ठभूमि बनेको छ ।
प्राचीन समयमा असुरराज हिरण्यकशिपुले भगवान् विष्णुलाई घोर विरोध गर्थे । उनी आफूलाई नै भगवान् मान्थे र आफ्ना प्रजाहरूलाई आफूलाई मात्र पूजा गर्न बाध्य पार्थे तर, उनको आफ्नै छोरा प्रह्लाद भगवान् विष्णुको परम भक्त थिए । हिरण्यकशिपु छोरा प्रह्लादलाई विष्णु भक्ति छोड्न अनेक उपाय अपनाए । उनलाई अनेक यातनाहरू दिए, तर प्रह्लादको भक्ति अटल रह्यो । अन्ततः हिरण्यकशिपुले आफ्नी बहिनी होलिकासँग मिलेर प्रह्लादलाई जलाउने योजना बनाए ।
होलिका आगोबाट नजल्ने बरदान प्राप्त राक्षसिनी थिइन् । उनी प्रह्लादलाई काखमा लिएर अग्निमा बसिन् तर, भगवान् विष्णुको कृपाले प्रह्लादलाई केही भएन, उल्टै होलिका नै जलेर भष्म भइन् । यो घटनाले सत्यमाथि असत्यको विजय, भक्ति र निष्ठाको महत्त्व दर्शाउँछ ।
यसरी होली पर्वलाई असत्य, अहंकार र अन्यायको अन्त्य तथा सत्य, प्रेम र भक्ति विजयको प्रतीकका रूपमा मनाइन्छ । यस दिन विशेष रूपमा होलिका दहन गरिन्छ, जसले नराम्रा कुराहरू जलाएर जीवनमा सकारात्मक ऊर्जा ल्याउने सन्देश दिन्छ ।
२०८१ फागुन २९मा परेको फागु पुर्णिमाको तथा मधेशको फागुन ३०को फगु पर्वके बुभकामनासहित
२०८१ फागुन २२
बिजु सुवेदी विजय
Comments
Post a Comment