Posts

Showing posts from March, 2020

कोरोनाबाट सचेत बनौँ ।

कोरोनाबाट सचेत बनौँ । बिजु सुवेदी विजय अहिले विश्वमा कोरोना सबैभन्दा बोलिने शब्द अनि भाइरल भएको छ । कोरोनाले विश्वलाई गाँजेको छ । कोरोनालाई नोभेल कारोना कोभिड १९ नाम दिइयो । कोरोनाको सङ्क्रमणबारे सकेसम्म छोटो र प्रभावकारी रुपमा चेतना फैलाउने उद्देश्यले अभिप्रेरित भएर यो लेख तयार गर्दा सम्मन १लाख नाघिसकेको छ । १४ दिनपछि पनि भाइरस देखा पर्ने भएकाले चाइनाबाट आएका नेपाली विद्यार्थीहरुलाई १४ दिन अलग्गै राखेर परीक्षण गर्दा कसैलाई पनि सङ्क्रमण देखिएन । उनीहरुलाई ठुलै युद्ध जितेसरि खुसी तुल्यायो । भारतको भनाइमा उनीहरु असल छिमेकी चिढ्याउन चाहन्नन् त्यसैले कोरोना देखाउँदैनन् । तर नेपाल सरकारले तथा नेपाली जनताले उच्च सतर्कता अपनाएकोमा दुईमत छैन । अर्को कुरा नेपाल एकाध जीवजन्तुको मासुमा आश्रित भएता पनि अन्य विश्वका सबै देशहरुजस्तो भएभरका पशुपञ्छीहरुलाई हत्या नगर्ने धर्मको आस्था राख्ने देश भएर पनि हो । यसको उच्च सतर्कता शाकाहारी हुनमा पनि छ , यसमा दुईमत छैन । एकतिर विश्वका वैज्ञानिकहरु भरमग्दूर प्रयासरत रहेता पनि कोरोना भाइरसको अहिलेसम्मन् औषधि पत्ता लागेको छैन । यसको डरलाग्द...