Posts

Showing posts from April, 2012

लघुकथा :- पागलखाना

ऊ समाजमा सुधार गर्न चाहन्छ । समाजलाई परिवर्तन गर्न चाहन्छ । भिन्न-भिन्न धर्म मान्नेहरुका बीचको साँस्कृतिक , बैचारिक मतभेदबाट उत्पन्न बैमनस्यतालाई एकताबद्ध गर्न उसले सबै धर्मको निचोड एउटै हो सबै धर्म एकै हो भनेर समाजलाई सम्झाउन खोज्छ । तर समाजले उसलाई उल्टै पागल सावित गर्दछ । उसलाई समाजले पागलखानामा भर्ना गर्दछ । आफू पागल होइन भन्ने कुरा उसले पागलखानामा सावित गर्दछ । तर समाजमा उसका परिवर्तित स्वरहरु सुपाच्य नभएकोले अर्को फेरि अर्को पागलखानामा उसलाई राखिन्छ । त्यहाँ पनि उसले आफू पागल होइन भन्ने पुष्टि गर्दछ । फेरि समाजमा आइसकेपछि समाजलाई उसको कुरा पच्दैन । यसरी पागलखानामा जाने र आउने क्रममा ऊ उक्त शहरको सबै पागलखानामा आउने जाने भइसकेको हुन्छ र ती सम्पूर्ण पागलखाना बारे राम्ररी जानिसकेको हुन्छ । तर ती प्रत्येक पागलखाना सञ्चालकहरुले उसलाई सद्दे बनाएको भनेर सबभन्दा अगाडि प्रदर्शन गर्न भने चुक्दैनन् । प्रत्येक पागलखानामा उपचार गर्दा ती पागलखानाहरुमा आफूजस्तो कुनै नराम्रो लतमा नलागेको कोही भर्ना गरिएका थिएनन् । त्यसैले उसको उपचार पागलखानाले  कुलतमा लागेका मान्छेलाई उपचार गर्ने जसरीनै उप...

गद्य कविता :–काँडाको आँखामा राम्रै संसार

गद्य कविता :–काँडाको आँखामा राम्रै संसार बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाण्डौं काँडाको पनि छ राम्रो बिचार जसले फूलको रक्षा गर्दछ डाँठमा फुल्दछ सम्पूर्ण बोटकोनै रक्षा गर्दछ जीवनको रक्षा गर्छ काँडाले त्यसैले काँडा एउटा सैनिक हो काँडालाई हेला नगरौं काँडाले आफैआई खोज्दैन प्रकृतिको सौन्दर्य कायम राख्न खोज्छ काँडाले काँडालाई मनन गरौं फूल टिप्न खोज्दा घोच्ने हो सम्पूर्ण बोटको रक्षक हो काँडा त्यसैले काँडाले भनेको मानौं प्रकृतिको सौन्दर्यलाई कायम राखौं काँडाको बिचार राम्रो छ कहिले काहीँ चउरमा पनि काँडा हुन्छ तर काँडाको कुनै दोष छैन पल–पल सचेत भए पल–पल होशियार भए काँडाले कहिल्यै घोच्दैन जीवन होशमा हिड्न काँडाले सिकाउँछ व्रतबन्धमा व्रम्हचर्यको नियमका लागि दुम्सीको काँडा अनिवार्य चाहिन्छ व्रम्हचर्य नियमका लागि काँडालाई बुझ्नु जरुरी छ झोल पोका फुटाउनलाई काँडाले सजिलो हुन्छ घरको सूरक्षाका लागि काँडाको बार वारिन्छ काँडाले खराब काम नगर्नलाई तर्साउन सकिन्छ त्यसैले काँडा रक्षक हो काँडा एउटा परम्परागत ओखति हो पहिले–पहिले इञ्जेक्सन लिएजस्तै काँडाले घोपिन्थ्यो अहिले पनि ...