Posts

Showing posts from April, 2020

कथाको कथा (कथा सम्बन्धी सोधमूलक ग्रन्थ)

२०७७ बैशाख ११ संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको लोकतन्त्र दिवसको शुभकामनासहित सोधकर्ता :— बिजु सुवेदी विजय कलेश्वर आवास क्षेत्र, भकतजनमार्ग घर नं ८३ काठमाण्डौँ नेपाल । bijusubedi@ gmail.com तयार पार्न लागेको समय २०७६ चैत ११ गतेदेखि २०७७ बैशख १० गतेसम्ममा लकडाउनको समयभित्र एकान्तवासको पुरै समयबाट । नोट :— लकडाउनले जस्तो पनि मानिसलाई उदासीन बनाउने समयमा योभन्दा पहिले मैले वर्षौ एकान्तवास बसिसकेको हुनाले यो सोधकार्य सहजताका साथ सम्पन्न भएकोमा अत्यन्त खुसीपन आएको छ । एकदम आनन्दका साथ लेखनमा लाग्न पाएँ । कथाप्रेमीहरु तथा कथाका विश्वविद्यालयमा अध्ययन अध्यापन गर्नुहुने सबैलाई ई पढाइ गर्न पनि अनि कथा अध्ययनको गन्तब्यमा पुग्न यसले कोशेढुङ्गाको कार्य गर्नेछ भन्नेमा आशा एवम् विश्वास लिएको छु । सबै पाठकवृन्दहरुलाई धेरैधेरै धन्यवाद !!! कथालाई धेरैधेरै मायागरौँ ।https://bijusubedi.wordpress.com/2020/04/22/%e0%a4%95%e0%a4%a5%e0%a4%be%e0%a4%95%e0%a5%8b-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%95%e0%a4%a5%e0%a4%be-%e0%a4%b8%e0%a4%ae%e0%a5%8d%e0%a4%ac%e0%a4%a8%e0%a5%8d%e0%a4%a7%e0%a5%80-...

लकडाउन एक अवसर

लकडाउनका राम्रा पक्षहरु थुप्रै छन् । यसलाई मैले धेरै राम्रो अवसरको रुपमा पाएको छु । हामीले यसलाई सकारात्मक रुपमा लिनुपर्छ । बाहिर जाँदा चुरोटको धुवाँ, गाडीको धुवाँ, धुलोमुलोले गाल पाथ्र्यो, अब त स्वच्छ हावा सित्तैमा महसुस पाइएको छ । पशुपञ्छी, बोटविरुवा पहिलेभन्दा आनन्दित छन् । यसले गर्दा जीवजन्तुहरु अरु समयभन्दा हलक्क बढ्न पाएको छ । सबै बालबालिका प्रफुल्लित मुद्रामा छन् । वातावरण प्रदुषण मुक्त देश भएको छ । शरीरलाई स्वच्छ वातावरणमा आरामतुल्य पार्दा एक किसिमको मीठासपुर्ण जीवनको सुरुवात भएको छ । कोही व्यक्ति जस्तोसुकै विरामी भए पनि यस्तो वातावरणमा स्वच्छ हुन सक्छन् । श्रमिक वर्गहरुले पनि कत्ति अर्काका लागि काम गरी मरिहत्ते गर्ने ? आफ्नो घरपरिवारमा बसी आत्मीयता बढाउने सुअवसर हो । देश विदेशका समाचार सुन्ने पनि यो मौका हो । पढ्नेहरुका लागि किताबहरु पढ्न जत्ति पनि समय छ । “आहा ! कत्ति राम्रो लकडाउन” भन्ने मनन गरी वौद्धिक विकासका हरेक क्रियाकलाप गर्ने अवसर जुरेको छ । घरमा एक नजर लगाउँ त ? खेतवारीमा, बगैँचामा काम गरी केही न केही रोपाईं गरी बाँझो धर्ति लाई उपयोग गर्न पाइन्छ । खेतवारी नभएकाहरुक...

नूतन वर्षको प्रतीक्षामा

एउटै हाम्रो संसार जस्तो नापोको कागज, वर्षीय पात्रो फाटियो हाम्रो समय घर्कियो । महिना पनि वर्षको जस्तो वितेको हा ! क्षण, एघार पन्ना धुजाका धुजा मक्किई च्यातियो । बोकेको भारी बोझीलो ज्यादै कुप्रियो शरीर, पात्रोमा हेर्दा पन्ना नि छैन मौलायो कोरोना । माछाको कीरा टल्केको हेर जाली छ बाह्रको, आशाको नयाँ लिएर पन्ना बैशाख आउँला । लाशको थुप्रो परेको हेर जाँदैनन् मलामी, कसैको केही हक नि छैन निभेको तन छ । कहिले होला उदय जीवन जीवन्त प्रभात, आकाश जता चियाए पनि सुर्यको ग्रहण । घरको वास वासको घर सन्त्रासै सन्त्रास, गिद्धको जित सिनोका भोज थुप्रियो कङ्काल । के तेस्रो हो र ? विश्वको युद्ध, जैवीक युद्ध यो ? वन्धुत्त्व हेर ! लुक्या छ यहाँ विश्वको मेल छ । मडार्यो हेर ! बादल सबै कालोको कालै छ , सुर्यको आँखा भरिलो आँसु धपक्क भिजेछ । धुनु छ यस्ले बन्झर सुख्खा, बाँझिलो धरति, बहार दिन्छ कहर जान्छ सन्ताप हट्नेछ । धेरैमा तीतो खाँदामा त्यो त औषधि हुन्छ नै, एकता जाग्छ रोग यो भाग्छ नतिजा निदान । नबनुन् क्रुर, अशान्ति दूर, जित्नुछ समर, एकान्त वास बुद्धमा अब बुद्धत्त्व ल्याउन । वुढ्यौलो कत्ति बोझिलो भारी बोकेर कुप्रन्...

कोरोना कहर

Image
हे ! श्रेष्ठ जीव मानव तिमी चुक्यौ कि चुकिनौ मृत्युको डङ्क बजेको हेर चाख्यौ कि चाखिनौ तिम्रो त्यो दर्द कत्तिको हुन्छ मलाई थाहा छ मेरो त्यो पीडा जत्ति नै भए तिमीले बुझिनौ फुलले भन्थे नटिप अब मलाई दुख्दछ बोटले पनि त्यसैनै भन्थे भोअब नकाट देवको नाम लिएर तिमी आतङ्क फैलायौ बलि र भोग भनेर तिमी सुगन्ध मनायौ हाम्रो त्यो पीडा कहिल्यै पनि कसैले बुझेन बाँचने हक हाम्रो नि हुन्छ तिम्रो नि जसरी मानेनौ कोही टेरेनौ कोही प्रकृति रुवायौ भैसक्यो धेरै खत्तम सबै दुश्चक्र फैलियो अब त चेत भएको छैन केही नि खराबी आफु नै मात्र बाँचने ध्येय छोडन अब त विश्वका सबै मानव तिमी घमण्ड छोड त सम्पुर्ण सँग मिलेर अब दुश्चक्र तोड न लगायौ आगो क्षेप्यास्त्र हान्यौ हाम्रो भो विचल्ली हामीले पनि बसाँइ खोज्या कतैनि पाएनौ हामीले जस्तै अरुले पनि गरेको यो आश सबैको पनि मानव जस्तो चाहियो आकाश गरिब देश भएर पनि कोरोना लागेन धनीमा जति फुर्तिलो देश भएछ सोत्तर हाम्रो त्यो त्यस्तो सान्त्वना बुझ समय नफाल केही नि केही गरेर बस सान्त्वना सबैमा मानव श्रेष्ठ विश्वमा भनी पाइन नगर भलाइ अब सबैको गर घमण्ड छोडेर पृथ्बीमा सबै जीवको पनि उत्तिकै हक छ आ...