Posts

Showing posts from November, 2024

शान्ति सम्झौताप्रति आकर्षण

Image
  शान्ति सम्झौताप्रति आकर्षण शान्ति सम्झौता सेना समायोजनको एउटा आधार हो । त्यो समय माओवादीलाई ३५,००० जनसेनाले समालेर ब्याक फोर्समा लाखौँ जनमिलिसिया अनि त्यसको ब्याक फोर्समा वाइसिएल अनि अर्धसुरक्षा दस्ताले सुसज्जित भएर ८०% भूभागमा जनसरकार गठन गरिसकेका भएर पनि माओवादीले राजधानीमा हिंसात्मक आन्दोलन गरी सेनाबाट सत्ता कब्जा गर्न छोडेर शान्तिमार्गबाट सत्तामा जाने लक्ष्य बोक्नु पनि यो शान्ति सम्झौतासँग सम्बद्ध छ । आफू पछिल्तिर फर्किएर भए पनि शान्तिका निम्ति प्रतिबद्ध हुनु भनेको ठुलो त्याग हो । यो त्यागले सम्पूर्ण नेपालीलाई अर्थात् दुबै पक्षलाई नै जिताइदिएको छ । फेरि त्यसपछि २०६४मा सदनमा पनि बहुमतको माओवादी कै सत्ता थियो, त्योबेला पनि सर्वसम्मतिकै सत्ता चलाए । यत्तिबेला पनि एकलौटी सत्ता कब्जा गर्न सक्ने अवस्था थियो । यो शान्तितिरको यात्रा धेरै ठुलो उदाहरण हो । यो ठुलो अठोट, त्याग एवम् बलिदान अनि शान्तिमार्गतिरको लक्ष्यलाई म नमन गर्दछु कि जसले शान्ति सम्झौताका मापदण्डहरू अनि मूल्यमान्यताहरू शतत पालना गरे । शान्तिमार्गबाटै आज यी विद्रोही पक्षका सशक्त आवाजहरू समाधान भएमा देश द्रुततर विकासको ग...

लघुकथा : लोकाचार

  लघुकथा : लोकाचार दुई पेन्टर दुःख साट्दै थिए। "राम्रो काम गर्छु, तर कसैले कदर गर्दैन," पहिलोले भन्यो। "जस दिनु त कता हो कता, ग्राहकलाई डर लाग्छ, कतै पेन्टरले थप पैसा माग्ला कि!" अर्कोले गुनासो गर्यो। महानगरको मिटिङमा प्रस्ताव आयो—"सुन्दर पेन्टिङ बनाऊँ, जसले महानगर चम्कियोस्!" सर्वसम्मतिले पास भयो। "ठेक्का उपाध्यक्षलाई देऊ, दलाललाई नदेऊ—ऊ त गरीबसँग घुलमिल हुन्छ," निर्णय गरियो। काम सकेपछि फेरी आलोचना सुरु भयो। "यो पेन्टिङमा ड्राइभरको अनुहारले अध्यक्षज्युलाई कटाक्ष गरेजस्तो देखियो!" अब 'मर्मत'को बहानामा फेरि पैसा लुट्ने तयारी भयो। "यही हो लोकाचार–सुन्दर पेन्टिङको नाममा, नखाइकन कसले काम गर्छ!" उपाध्यक्षले सबै देखे, तर बोले जागिर जान्छ। चुपचाप गनगनाउँदै बाहिरिए। २०८१ मङ्सिर २ बिजु सुवेदी विजय

ज्वालाको खेती

Image
  उः त्यो पर सायद त्योभन्दा पर छैनजस्तो समययात्राभन्दा पनि पर जस्तो ब्ल्याक होललाई पनि च्यालेन्ज गरेजस्तो मनपन्छीभन्दा अति टाढा प्रकृतिकै सबभन्दा गुणकारी परे त ती फगत ताराहरू त्यसैले संसारलाई कल्याण गर्न मनभन्दा मनकारी भएर टाढाको टिलपिल गरेको छैटौँ इन्द्रियको मालिकको प्रताप त्रिनेत्रजस्तो पातलिएको बाक्लाइजस्तो तिहारको महामहोत्सव नै जस्तो भूइँचम्पाको चम्पकजस्तो आकाशको निष्पट्टतामा शून्यदेवको चकमन्नतामा ज्वालाको खेती गरिरहेछन् तेत्तीस कोटी नै नाचिरहेछन् ती ताराको जन्तीहरूलाई एक तमासले घोर घमासानले निखूरमा हिसाब गरिरहेछु ती चमक सबै जोड्दा योगाभ्यासको योगवलले देखेँ भेउ पाएँ ती त पृथ्वीकै सहोदरको मेरा मुहारमा टलक परिरहेछन् र मलाई  एकलव्यको निशान लगाइरहेछन् सारा ती वेभहरूले उत्कर्षका आवाज दिइरहेछन् मलाई अभिव्यक्त गरिरहेछन् अवश्य नै तिनको आफ्नो स्वार्थ्य छैन ती त जाज्वल्यमान पुर्णेको जुन पो रहेछन् !!! २०८१ मङ्सिर २ रविवार विजु सुवेदी विजय भकतजन मार्ग—८३ कुलेश्वर, काठमाण्डौँ, नेपाल ।

’नोर’लाई नियाल्दा

Image
  ’नोर’लाई नियाल्दा ’नोर’ उपन्यासमा पात्रहरूको नाममा नोर, मिई, शेह(नोरका बुबा), नोरकी आमा, मान्का, लोह, नोह, नोरका बाजे, बोह, नोरकी बहिनी, श्याह, आक्रमण गर्ने राता आँखेहरू, नोरका छाउराहरू, मेलान, स्यो, बुरुकीआदि छन् । तीमध्ये यहाँ नोर र लोहको चर्चा गर्ने प्रयास गरेको छु । नोर ’नोर’ रोशन पाेखरेलद्वारा रचित ’नोर’ उपन्यासको प्रमुख पात्र हो । उपन्यासको घटनाक्रममा हामी नोर पात्रको जीवन भोगाइमा जोडिन पुग्छौँ । वाल्यकालको समयदेखि तन्नेरी हुँदासम्म नोरमा निकै रूपान्तरणहरु देखापर्छन् । प्रागऐतिहासिक कालमा बाँचेकोले पनि नोरले आफ्नो जीवनमा निकै सङ्घर्ष भोग्नुपर्छ । उपन्यासको सुरुमा नोरका बाजे नोरका निकै मिल्ने हुन्छन् । विस्तारै पाठक पनि बाजेसँग जोडिन्छन् । त्यसैले पनि बाजे स्वर्गीय हुँदा नोर भक्कानिएर रुन पुग्छन् । विस्तारै बालकबाट किशोरावस्थामा पुग्दा नोरको मिईप्रतिको आकर्षण पनि बढ्दै जान्छ । नोर मिईका लागि भए पनि आफुलाई थप सुन्दर बनाउन खोज्छ । समय बढेसँगै हामी नोरको स्वभावमा पनि परिवर्तन देख्दै जान्छौँ र उपन्यासको अन्त्यसम्म एक वाल्यावस्थाका व्यक्तिबाट अत्यन्तै बुद्धिमान युवामा विकसित भएको...

कथा ः कमिला र नेपालमाता

  कथा ः कमिला र नेपालमाता देश र जनताका खातिर धेरैले आहूति दिनुप¥यो । कति अङ्गभङ्ग भए, कति अपाङ्क भए । कति बेपत्ता भए । कति गोली भिरी अधकल्चो बाँचिरहेछन् । दश वर्षसम्म लडे तर निकास निस्किएन । कति पक्षको आरोपमा त कति विपक्षको आरोपमा आफुआफु लड्न विवश भए । दुबैतर्फ क्रूर दमन भयो, त्यो एकले अर्कोलाई अनि अर्कोले अर्कोलाई सताउनसम्मन सताए । सबै ठाउँमा आगोले देशको धाँजा फाटिरहेको थियो । त्यही दर्दको तलाउमा एकदिन फुल फुल्यो । त्यही आगोको फुल नेपालआमाकाे म्याग्माबाट १९ दिनसम्म सम्पुर्ण नेपालभरी ब्वाँसारूपी शाहीसेनाको सङ्गीनबीच कमिलाको गोलो निस्कियो । त्यसको शक्ति अजेय थियो । त्यसलाई कसैले छेक्न सकेन । त्यसको शक्ति सबैभन्दा ठूलो थियो कि त्यसले जे पनि गर्न सक्थ्यो । सिनेमाको पर्दामा जुलुश यस्तै देखिन्थ्यो । हुनत देश र जनता आजाद भइसकेको समय थियो । मलाई यस्तै लागेको थियो तर त्यस्तो पटक्कै लागेन । सायद “कुरो सुन्नु बुढाको, आगो ताप्नु मूढाको” भन्थे । के चर्को आगो त्यो पनि आँखे मूढाको ताप्ने हिम्मत छ कसैसँग ?” मेरो मानसपटल उद्वेलित भइरहेको थियो । त्यही बेला जब १९ दिने जनआन्दोलनले देश परिवर्तन भएको घ...