Posts

Showing posts from September, 2013

कविता :– दशैं

कविता :– दशैं छन्द :– असारे (झ्याउरे) ३ २ , ३ २ , ३ ३ जम्मा १६ कवि :– बिजु सुवेदी “विजय” दशै त हुने खाने का लागि आउने रहेछ दशैं त हुँदा खानेका लागि दशा पो रहेछ काट र मार यो कस्तो थिति देवता पूजने दशैं यो कस्तो वर्षेनी सधैं राक्षश बनिने औकात भन्दा माथिमा गई ऋणले ठेलिने यो कस्तो दशा , भनिन्छ तर दशैं हो रितिको पाकेका धान सिध्याई सबै मस्तीले रमिने बाँकीका अरु एघार मास रोएर बाँचिने दशैंको दशा मेटाऔं अब नफालौं समय पाइका पाइ जुटाई धन जगेर्ना गरौं न हे मेरा नाता , हे मेरा इष्ट नगरौं यो कर्म भविष्य हेरी गरौं है जोहो नगरौं अबेर २०७०—०६—१४ बिजु सुवेदी “विजय” कुलेश्वर , काठमाडौं bijusubedi@gmail.com

कविता :– म कबि हुँ , म कवि होइन

कविता :– म कबि हुँ , म कवि होइन बिजु सुवेदी “विजय” म कवि हुँ म कवि होइन मेरो कविता कविता हो मेरो कविता कविता होइन म कवि यस मानेमा हुँ मलाई पाठकहरु कवि ठान्छन् मलाई माथिसम्म उचाल्छन् । म कवि यस मानेमा होइन मलाई कविहरु कवि ठान्दैनन् मेरो खुट्टा तानिरहन्छन् मेरो कविता कविता हो मेरा पाठकहरु मेरा कविताहरुलाई कविता ठान्छन् मलाई एकदम माथिसम्म पुर्याउँछन् मेरो कविता कविता होइन मेरा कविताहरुलाई कविहरु कविता ठान्दैनन् मलाई उनीहरुभन्दा मुन्तिर पुर्याउँछन् पाठकहरु कविता पढी रस लिन्छन् , मग्न हुन्छन् कविहरु कविता पढी अकविता भन्दै मग्न हुन्छन् म कवि हुँ म कवि होइन मेरो कविता कविता हो मेरो कविता कविता होइन कविहरु कविता आविष्कार गर्छन् उनीहरु कविताका वैज्ञानिक, आविष्कारक, भगवान हुन् पाठकहरु कविता पढ्छन् पाठकहरु कविता मनन गर्छन् कविले अर्का कविका कविता स्वीकार्दैनन् पाठकले सबै कविता स्वीकार्दछन् कविले त्यही कवितालाई कविता भन्दैनन् पाठकले किन भएन भनी सोध्दा कविले प्रयोग भयो भन्छन् पाठकले त्यसलाई पनि मान्दैनन् त्यस्ता मैले धेरै पढिसकेँ भन्छन् पाठकले बारम्बार यही भन्छन् पाठकले कहिल्यै प्रयोग देख्दैनन् त्...

गीत :- चङ्गा बनी उडिदिन्छु

गीत :- चङ्गा बनी उडिदिन्छु । गीतकार :- बिजु सुवेदी "विजय" सम्पूर्ण सृष्टिलाई यसरी उपभोग गरिदिन्छु । आकाशलाई फटाएर चङ्गा बनी उडिदिन्छु । ताराहरु सिँउरिएर फूलदानीमा सजाइदिन्छु । सूर्यलाई टिपील्याई रातो लालटिन बनाइदिन्छु । व्रम्हाण्डका ग्रह सबै गुच्चा बनाई खेलिदिन्छु । आकाशको नीलोसबै मसी बनाई लेखिदिन्छु । बादलुको कपासमा बिछ्यौना सम्झी आराम गर्छु । सुस्केराका बतासहरु सबैतिर फैलाइदिन्छु । २०७० असोज १ ( विश्वकर्मा दिवसको शुभ-कामना सहित ) बिजु सुवेदी "विजय" कुलेश्वर, काठमाडौं bijusubedi@gmail.com

फुटबलबाट केही सिक्नेकी ?

Image
फुटबलबाट केही सिक्नेकी ? अन्तर्राष्ट्रिय फुटबलमा जहाँ सबै मिलेर आफ्नो राष्ट्रका लागि गोल गर्दछन् त्यो सफल गर्नका लागि सम्बन्धित देशका जनताहरु सबैले साथ दिएर ती खेलाडीहरुलाई घच्घचयाइरहेका हुन्छन् । झन् आफ्नै भूमिमा खेल हुँदा त्यसको उर्जा खेलाडीहरुलाई झनै बढी हुन्छ । यदि राजनीति पनि त्यस्तै भएमा मात्र देशले कोल्टे फेर्न सक्दछ । राजनीतिका खेलाडीहरुले पनि देशका लागि राम्रो काम गर्ने लक्ष्यको गोल गर्दा जनताहरु त्यसरी नै रमाउँदछन् जसरी आफ्नो देशका लागि राष्ट्रिय खेलाडीहरुले गोल गर्दा रमाउँदछन् । कोही गोल गर्न नसक्ने खेलाडीले आफू महान् बन्नका लागि अरु कसैलाई पास नै नदिई गोल गर्न तम्सन्छन् भने त्यसले समयको वर्वादी तथा खेलमा राष्ट्र पछि पर्दछ । त्यस्तै राजनीति गर्न नजान्ने नेताहरुले देशका मामिलामा आफू वाहेक कसैले गर्नै सक्दैनन् भनी लिँडेढिपीले आफूमात्रै महान् बन्न खोज्छन् भने त्यसले उक्त खेलमा जस्तै राष्ट्र पछि पर्दछ । आफूले गर्न सक्दैन भन्ने थाहा छ भने स्कोर गर्न सक्ने खेलाडी यानेकी योग्यता पुगेका नेता समक्ष उक्त कार्य गराएमा देश लक्ष्य सम्म पुग्न सक्दछ । फुटबलमा केही त्यस्ता खेलाडीहरु ...