Posts

Showing posts from February, 2023

भ्रष्टाचारी भमराको घार पत्ता लगाउन सके जनतालाई सञ्जीवनी हुने ।

 भ्रष्टाचारी भमराको घार पत्ता लगाउन सके जनतालाई सञ्जीवनी हुने । जनताको अजेय शक्तिको जनयुद्धलगायत जनआन्दोलनहरुका पराकाष्ठासम्मका बलिदानी, अनुभव, कहरका भट्टीबाट खारिएर आएको सशक्त एवम् बुलन्द आवाजहरुको एकमुष्ट समाधानको अभिव्यक्ति हो शान्ति सम्झौता ! कोरोनाको लकडाउनले थिलथिलो पारिएको काल समयमा लेखिएको यस शान्ति सम्झौता कथा सङ्ग्रहमा कोरोनाका कहरहरू छताछुल्ल पोखिएका छन् । यसमा कोरोनाको लकडाउनको सकारात्मक अनि नकारात्मक पाटाहरू पनि केलाइएका छन् ।  त्यस्तै यस शान्ति सम्झौता कथा सङ्ग्रहमा सोझा, सिधा, निमुखा, निम्न वर्गमाथि भएको व्यापक शोषण, दमन, उत्पीडन, अन्याय, थिचोमिचो, गैरन्यायिक विभेद सत्यतथ्यमूलक किसिमले आलोचनात्मक यथार्थका रूपमा चित्रण गरिएको पाइन्छ । शान्ति सम्झौता मा यस्ता यी सबै प्रकारका असहाय वर्गप्रति सहानुभूति प्रकट भएको पाइन्छ । प्रायः समग्र कथाहरू निम्न वर्ग, निम्न मध्यम वर्ग तथा मध्यम वर्गको सेरोफेरोमा रहेर कथिएका पाइन्छन् र ती वर्गप्रति नै पक्षपोषण गरिएको पाइन्छ । भाषा शैली सरल किसिमको छ । थोरै कथाहरूमा स्वैर कल्पनात्मक उडान, मनोविश्लेषणात्मक तथा कल्पनात्मक किसिमले पन...
Image
  अवस्था हाेइन !!! दुरावस्था बदलौँ ।   २८औँ जनयुद्ध दिवसको शुभकामनासहित मेरो शीघ्र प्रकशन हुन लागेको “शान्ति सम्झौता” कथा सङ्ग्रहमा सवावेश “शहीद” कथाको, कथाको सार तथा समीक्षा लगायत समस्या र समाधान यहाँ पाठकसमक्ष प्रस्तुत गरेको छु । ६४. शहीद कथाको सार तथा समीक्षा कथाको सुरुको खण्डमा शहीदको गुणगान गर्दै एउटा शहीद शीर्षकको निबन्ध जसरी कथा अघि बढेको पाइन्छ । यसमा भनिएको छ कि शहीदले पराकाष्ठासम्मको कहर खपेको, हरेक आदर्शवादी भनाउँदाहरूको विचलनले शहीदलाई धेरै पीर परेको, वर्ग रूपान्तरण नभएको यस्ता थुप्रै अप्ठ्याराहरू हटाउन जनसागरले जनआन्दोलनको रूप लिएको र धेरै व्यक्तिहरूको धरपकड भएर अति यातनामय कष्ट सहन वाध्य भएको त्यसैले सबैजना पाइन भएकाहरू शहीद बन्नुपरेका कुराहरू यस पहिलो खण्डमा उल्लेख छन् । यस कथाको दोस्रो खण्डमा चिया बेच्नेलाई नछोडेर पराकाष्ठासम्मको यातना दिइएका बारे छ । चिया बेचिरहेको समयमा उनलाई “बाबुराम र प्रचण्ड कहाँ छ बता ?” भनी घिसारेर अमानवीय यातना दिईदिई लानु । बेहोस हुने गरी पिट्नु, अनेकौँ कष्ट सहेर हेर्न आएकी आमाछोरीलाई पनि बलात्कार गर्नु, खानेकुरा खुवाउँदा पनि दाना छर्क...